"बङ्गाली भाषा आन्दोलन" का संशोधनहरू बिचको अन्तर

सुधार
सुधार
पङ्क्ति १:
[[चित्र:1952 Bengali Language movement.jpg|thumb|250px| सन् १९५२ फेब्रुअरी २१ का दिन ढाकामा आयोजित एक जुलुस]]
'''बङ्गाली भाषा आन्दोलन''' ({{भाषा-बाङ्ला|ভাষা আন্দোলন}}) सन् १९४७ देखि सन् १९५६ सम्म चलेको तत्कालीन पूर्वी बङ्गालमा (वर्तमान बङ्गलादेश) घटेको एक साँस्कृतिक तथा राजनीतिक आन्दोलन थियो। मौलिक अधिकारको सुरक्षाका तथा राष्ट्रिय भाषाको दर्जा हासिल गर्नका लागि यसले चारै तर्फबाट एक आन्दोलन रूप लिएको थियो जुन पाकिस्तानको तत्कालीन राज्यको भाषाहरू मध्ये एक थियो। यसयो आन्दोलन २१ फेब्रुअरी १९५२ का दिन चरम विन्दुमा पुगेको थियो भने वास्तव यस्ता खाले आन्दोलनको सुरुवाती चरण निकै पहिलेदेखि नै सुरु भैसकेको थियो जसको प्रतिक्रिया तथा परिणाम दूरगामी रहेका थिए।
 
सन् १९४७ मा बेलायत शासित भारतको जातीय सिद्धान्तको आधारमा भारतलाई विभाजित गरिएको थियो जसकारण [[पाकिस्तान]][[भारत]] गरी दुई स्वतन्त्र राज्यको उदय भएको थियो। यस विभाजन अन्तर्गत पाकिस्तानलाई दुई भागमा विभाजित गरिएको थियो जसमा पश्चिम पाकिस्तान र पूर्व बङ्गाल (सन् १९५५ मा पूर्व बङ्गालको नाम परिवर्तन गरी पूर्व पाकिस्तान राखिएको) थिए। पाकिस्तानका यी दुई राज्यहरूहरू बीच कयौँ मौलिक साँस्कृतिक, भौगोलिक तथा भाषाभाषामा असमानता रहेका थिए जुन दुई हजार किलोमिटर भन्दा बढीको दूरीमा अवस्थित थिए। सन् १९४८ मा पाकिस्तानी सरकारले [[उर्दु भाषा]]लाई एक मात्र राष्ट्रिय भाषाको रूपमा घोषणा गरेको थियो। यस घोषणाको सन्दर्भमा पूर्व बङ्गालमा बङ्गाली भाषी मानिसहरूका बीच निरासा छाएको थियो भने उनीहरूले विरुपविरोधी प्रतिक्रिया दिन सुरु गरेका थिए। यस घोषणालाई पूर्व बङ्गालका बङ्गाली भाषी मानिसहरूले अचानक र अन्यायपूर्ण निर्णय भएको ठान्दै यसलाई अस्वीकार गर्दै आएका थिए भने उनीहरू यस्तो घोषणा प्रति मानसिक रूपबाट तयार थिएनन्। जसको फलस्वरूप पूर्व बङ्गालमा बङ्गाली भाषालाई समान स्थितिमा र राष्ट्रिय दर्जाको भाषाको रूपमा ल्याउनका लागि भाषा आन्दोलनले निकै चाँडो गति लिएको थियो। यस आन्दोलनलाई दबाउनका लागि तत्कालीन पाकिस्तानी सरकारले ढाका सहरमा धारा १४४ घोषित गर्दै नारा जुलुस र विरोध प्रदर्शनलाई अवैध घोषित गरिदिएको थियो।
 
यस सरकारी आदेशलाई अवहेलना गर्दै सन् १९५२ फेब्रुअरी २१ का दिन [[ढाका विश्वविद्यालय]]का केही विद्यार्थी तथा प्रगतिशील राजनीतिक कार्यकर्ताहरूले सरकार विरुद्ध विरोध जुलुस सुरु गरेका थिए। जुलुस ढाका मेडिकल कलेज नजिक पुगेपछि प्रहरीले धारा १४४ को अवहेलना र पालन नगरेको भन्दै प्रदर्शनकारीहरू माथि गोली चलाउन सुरु गरेका थिए। यस घटनामा बादामतली व्यावसायिक प्रेसका मालिकका छोरा रफिक, सालाम, एमए कक्षाका विद्यार्थी बरकत र आब्दुल जब्बार सहित अन्य प्रदर्शनकारीहरूको मृत्यु भएको थियो भने यस घटनामा १७ विद्यार्थी तथा राजनैतिक कार्यकर्ताहरू घाइते भएका थिए।<ref name="rafiq-death"/> यस घटनामा सहिदहरूको रगतले राजपथ रङ्गीत भएको थियो।
यस दुःखद घटनाबाट पुरै पूर्व बङ्गालमा भारी निरासा र बदलाको भावना जागृत भएको थियो।
२१ फेब्रुअरीमा घटेको दुःखद घटना पश्चात् विद्यार्थीहरूको हत्याको विरुद्धमा पुरै मुलिकमुलुक भरी विरोध प्रदर्शन हुन सुरु भएका थिए। २२ र २३ फेब्रुअरीका दिन विद्यार्थी, श्रमिक, लेखक, बुद्धिजीवी, शिक्षक तथा सर्वसाधारणहरूले देशव्यापी रूपमा पाकिस्तानी सरकार हडताल र विरोध जुलुस गर्दै धारा १४४ को उल्लङ्घन गरेका थिए। २२ फेब्रुअरीका दिन प्रहरीद्वारा चलाइएको गोलीबाट शफिउर रहमान शफिक, रेक्सा चालक अउवाल एक किशोर सहिद भएका थिए। प्रहरीले फेब्रुअरी २३ का दिन फुलबाडिया नामक एक स्थानमा गरिएको जुलुसको विरुद्ध विद्यार्थी र सर्वसाधारणहरूलाई यातना दिएका थिए।<ref name="ref-banglapedia"/><ref name="azad-news"/> यस निर्लज्ज, क्रूर र प्रहरीको ज्याददीको विरोधमा मुस्लिम लिगले सोही दिन संसदीय दलबाट राजीनामा दिएका थिए। भाषा आन्दोलनका सहिदहरूको स्मृतिलाई कायम राख्न विद्यार्थीहरूले ढाका मेडिकल कलेजको छात्रावास परिसरमा रातारात सहिद मिनारको स्थापना गरेका थिए जसलाई सशिद शफिउर रहमानका बुबाले उद्घाटन गरेका थिए। दैनिक आजादका सम्पादक श्री आबुल कालाम शमसुद्दीनले २६ फेब्रुअरीमा आधिकारिक रूपमा सहिद मिनारको उद्घाटन गरेका थिए।<ref>{{Cite web |archiveurl=http://bdlaws.minlaw.gov.bd/bangla_pdf_part.php?id=705 |title=বাংলা ভাষা প্রচলন আইন, १९८७ |trans-title=बङ्गाली भाषा परिचय ऐन, १९८७ |url=https://web.archive.org/web/20190520103121/http://bdlaws.minlaw.gov.bd/bangla_pdf_part.php?id=705|archivedate=2019-05-20 |website=web.archive.org |accessdate=2021-01-08}}</ref>
 
बढ्दो जनआन्दोलन गर्दा पाकिस्तानको केन्द्र सरकाराले अन्ततः आफ्नो निर्णयलाई फेरबदल गर्दै सन् १९५४ मे ७ का दिन पाकिस्तानको संविधानसभामा बङ्गाली भाषालाई राज्य भाषाको रूपमा स्वीकृति दिएको थियो। सन् १९५६ मा पाकिस्तानको पहिलो संविधान निर्माण गर्ने क्रममा अनुच्छेद २१४ मा बङ्गाली र उर्दुलाई पाकिस्तानको राज्य भाषाको रूपमा घोषित गरेको थियो। सन् १९७१ को बङ्गलादेशको स्वतन्त्रता युद्ध पश्चात् बङ्गलादेश पाकिस्तानबाट छुट्टिई एक स्वतन्त्रता राज्य बनेको थियो भने यस राज्यको राष्ट्रभाषा मात्र बङ्गाली भाषालाई बनाइएको थियो।<ref>Glassie, Henry and Mahmud, Feroz.2008.Living Traditions. Cultural Survey of Bangladesh Series-II. এশিয়াটিক সোসাইটি বাংলাদেশ. Dhaka. p.578</ref> बङ्गलादेशको सबै तहमा प्रयोग सुनिश्चित गर्न बङ्गलादेश सरकारले सन् १९८७ मा बङ्गाली भाषा ऐन लागु गरेको थियो। सन् १९९९ नोभेम्बर २१ का दिन युनेस्कोले २१ फेब्रुअरीको दिनलाई मानव भाषा र साँस्कृतिक अधिकारको सम्मानमा अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा घोषणा गरेको थियो।