"योसिप ब्रोज तितो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎राष्ट्रपतिकाल: असाअ हटाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७२:
 
== राष्ट्रपतिकाल ==
 
=== टिटो-स्टालिन मतभेद ===
{{Main|टिटो-स्टालिन मतभेद}}
[[File:Eleanor Roosevelt and Josip Broz Tito 1953.jpg|thumb|जोसिप ब्रोज टिटो अमेरिकी पूर्व प्रथम महिला एलियानर रुजबेल्ट सँग उनको जुलाई १९५३ को युगोस्लाभियाको भ्रमणको क्रममा भेटवार्ता गर्दै |alt=|left]]
[[File:Resolucija VII. kongresa o prihodnjih nalogah ZKJ.jpg|thumb|Kardelj, Ranković and Tito in १९५८]]
[[File:Tito in Kumrovec, 1961.jpg|thumb|जोसिप ब्रोह टिटो आफ्नो जन्मस्थल कुम्रोभेक भ्रमणको क्रममा १९६१ मा]]
 
मित्र शक्तिद्वारा मुक्त पूर्वी-मध्य युरोपको अन्य अन्य भन्दा फरक, युगोस्लाभीया धुरी राष्ट्रको अधिपत्यबाट आफैं [[लाल सेना]]को सिमित सहयोगबाट मुक्त भयो। युगोस्लाभियालाई मुक्त गर्ने टिटोको नेतृत्वदायी भुमिकाले उनको स्थान पार्टी र युगोस्लाभ जनताको माझ एकदमै बलियो भयो। दोश्रो विश्व युद्ध पश्चात् औपचारिक रूपमा टिटो [[जोसेफ स्तालिन|स्टालिन]]को सहयोगी भए पनि, सोभियतले १९४५ को प्रारम्भमा युगोस्लाभ पक्षमा जासुसको घेरा परिचालन गरेको थियो, यसले गठबन्धनलाई असहज बनायो।<ref>{{Cite book|chapter-url=https://books.google.com/books?id=J34leeCdXFQC&pg=PT120&lpg=PT120&dq=soviet+spy+ring+yugoslav+party+1945#v=onepage|title=Tito and the Rise and Fall of Yugoslavia|last=West|first=Richard|date=2012-11-15|publisher=Faber|isbn=9780571281107|location=|pages=|language=en|chapter=12 The Quarrel with Stalin}}</ref>
 
दोश्रो विश्व युद्ध अन्त्य भएको तत्कालै, युगोस्लाभिया र पश्चिमी ब्लक बीच कयौं सशस्त्र घटनाहरू भए। युद्ध को अन्त्य पछि युगिस्लाभियाले इटालीको भुभागको इसत्रिया र जदार र रिजेका को सहर कब्जा गर्यो। यसले पश्चिमी मित्र र युगोस्लाभिया बीच कयौ शसस्त्र घटना भए। अमेरिकी ट्रान्सपोर्ट एयरक्राफ्ट मा युगोस्लाभ लडाकु विमानले गरेको आक्रमण यसमा उल्लेखनीय मानिन्छ। पश्चिमले यसको आलोचना गर्यो। १९४६ मा, युगोस्लाभ एयर फोर्सले दुई अमेरिकी ट्रान्सपोर्ट एयरक्राफ्ट गिरायो। यात्रीहरू र पहिलो विमानको चालक दललाई गोप्य रूपमा समात्यो। दोश्रो विमान र चालक दलको पूर्ण क्षति भयो। यसबाट अमेरिका आक्रोशित भयो र युगोस्लाभ सरकारलाई कस्टडी मा रहेका अमेरिकीलाई मुक्त गर्न अल्टिमेटम अन्तिम चेतावनी दियो र गिराइएको विमानमा पहुँच दिन र यो घटनाको पूर्ण छानबिनको माग राख्यो।<ref>https://scholarship.rice.edu/bitstream/handle/1911/89147/RICE0184.pdf?sequence=1&isAllowed=y</ref> स्टालिनले यो उत्तेजित घटनाको विरोध गरे, किनकी उनलाई लाग्थ्यो कि दोश्रो विश्व युद्धको क्षतिको कारण र अमेरिकाको परमाणु हतियार सञ्चालनमा आइसकेको थियो भने [[सोभियत सङ्घ]]ले आफ्नो पहिली परीक्षण गर्न बाँकी नै भएकाले, सोभियत सङ्घ पश्चिमको सामना गर्न तयार छैन। यस बाहेक, टिटो [[ग्रीक गृहयुद्ध]]मा कम्युनिष्टको पक्षमा खुला रूपले लागे, भने स्टालिन यसबाट टाढा नै रहे। स्टालिनले [[विन्स्टन चर्चिल|चर्चिल]]सँग त्यहाँ सोभियत स्वार्थ नलाद्ने कुरा मानेका थिए। यद्यपि उनले राजनीतिक रूपमा ग्रीक कम्युनिष्टको संघर्षलाई समर्थन गरे। उनले [[संयुक्त राष्ट्र सुरक्षा परिषद|संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद]]मा धेरै पटक उनले समर्थन देखाए। १९४८ मा, सबल स्वतन्त्र अर्थतन्त्र स्थापना गर्ने आकांक्षाले, टिटिले मस्कोबाट स्वतन्त्र भएर आफ्नो आर्थिक विकासको योजना बनाए। यसको नतिजा स्वरुप, सोभियत र युगोस्लाभिया बीच कुटनैतिक सम्बन्ध चिसिदै गयो, तिक्ततापूर्ण चिठी पत्र आदानप्रदान भए जसमा टिटोले लेखे " हामीले सोभियत प्रणाली अध्ययन गर्यौ र यसलाई उदाहरणको रूपमा लियौं, तर फरक स्वरूपमा विकास गर्छौ।" <ref>https://schoolworkhelper.net/tito-stalin-dispute-1948-timeline-analysis-significance/</ref>
 
४ मे मा सोभियतले टिटो र युगोस्लाभिया कम्युनिष्ट पार्टीलाई गल्ती स्वीकार गर्न र सच्च्याउन असमर्थ भएकोमा चेतावनी दिदै पत्र लेख्यो, र जर्मन विरुद्ध उनीहरूको सफलता प्रति निकै घमण्ड गरेको आरोप लगायो र लाल सेनाले उनीहरूलाई बिनाश हुनबाट बचाएको कुरा बतायो । १७ मे मा टिटोले यो कुरा जुन महिनामा हुने कोमिनफर्म को बैठकमा सुल्झाउने पत्र लेखे। तर, युगोस्लाभिया माथी खुला आक्रमण हुने डरले टिटो कोमिनफर्मको बैठकमा उपस्थित भएनन् । १९४९ मा,हङ्गेरियन र सोभियन सेना उत्तरी युगोस्लाभ मोर्चामा आमनेसामने हुँदा, यो संकट झण्डै सशस्त्र द्वन्द्वमा पुग्यो।<ref>{{cite news|url=http://www.time.com/time/magazine/article/0,9171,800593,00.html|title=No Words Left?|work=Time Magazine|date=22 August 1949|accessdate=27 April 2010}}</ref> युगोस्लाभिया माथी सोभियतको अनुगामी राज्यहरू हङ्गेरी, रोमानिया, बुल्गेरिया र अल्बानिया द्वारा आक्रमण र टिटोलाई सत्ताबाट हटाउने को योजना १९४९ मा गरिएको थियो। २८ जुनमा, कोमिनफर्मको अन्य सदस्य राष्ट्रहरूले युगोस्लाभियालाई निष्कासन गरे। हङ्गेरी र रोनानियाली सेनाहरूको सङ्ख्या सोभियत सेना सँगै वृद्धि गरियो र युगोस्लाभ सिमामा आमनेसामने भयो। मस्कोको अनुमान थियो टिटोले सोभियत समर्थन गुमाइसके, र अब टिटो सकिए। स्टालिनले भनेका थिए,"म सानो औंला चलाउँछु अनि टिटो बाँकी रहदैनन्।"<ref>{{cite book|last=Laar |first=M. |year=2009 |title=The Power of Freedom. Central and Eastern Europe after 1945 |publisher=Centre for European Studies |page=44 |url=http://www.poweroffreedombook.com/preview_PoF.pdf |url-status=dead |archiveurl=https://web.archive.org/web/20131111025246/http://www.poweroffreedombook.com/preview_PoF.pdf |archivedate=11 November 2013 }}</ref> युगोस्लाभियालाई समाजवादी राज्यहरूको अन्तराष्ट्रिय संघबाट निष्कासन गरियो, भने पूर्वी युरोपको अन्य समाजवादी राज्यमा "टिटोवादी" आरोप लागेकाहरूलाई सफायको अभियान चलाइयो। स्टालिनले यो कुरा व्यक्तिगत रूपमा लिए र टिटोको कयौं हत्या प्रयास गरे, तर कुनै सफल भएनन्। दुई नेता बीच यसको प्रत्युत्तरमा, टिटोले खुला रूपमा लेखे:
 
{{quote|मलाई मार्नको लागि मान्छे पठाउन बन्द गर। हामीले ती मध्ये पाँच जनालाई समाइसक्यौ, एक जनालाई बम सहित र अरुलाई राइफल सहित। [...] यदि तिमीले हत्यारा पठाउन बन्द गरेनौ भने, म एक जनालाई मस्को पठाउने छु र मलाई दोश्रो कोहि पठाउन पर्ने छैन। |जोसिप ब्रोज टिटो<ref>{{cite book |last1=Medvedev |first1=Zhores A. |last2=Medvedev |first2=Roy A. |last3=Jeličić |first3=Matej |last4=Škunca |first4=Ivan |year=2003 |title=The Unknown Stalin |publisher=I. B. Tauris |isbn=978-1-58567-502-9 |pages=61–62}}</ref>|source=}}
 
[[File:Stevan Kragujevic, Ho Chi Minh, Josip Broz Tito and Edvard Kardelj, Beograd, avgust 1957.jpg|thumb|left|उत्तर भियतनामी नेता [[हो चि मिन्ह]] को साथमा टिटो,बेल्ग्रेड, १९५७]]
 
टिटोको सोभियत संघसंग तिक्ततापूर्ण सम्बन्धले, युगोस्लाभियालाई अमेरिकी सहायता इसिए बाट, जुन [[मार्सल प्लान]] जस्तै गरी प्रसासित थियो, दिलायो। यद्यपि, उनी पश्चिमी गुटमा सामेल हुन मानेनन्। १९५३ मा स्टालिनको मृत्यु पछि मात्र सोभियत सङ्घ संगको सम्बन्ध सुधार हुन थाल्यो र टिटोले कोमेकोनबाट पनि सहायता पाउन थाले। यसरी टिटो ले पूर्व -पश्चिमको शत्रुतामा खेलेरे फाइदा उठाए। कुनै एकको पछि लाग्नुको साटो उनले [[असंलग्न अभियान]] आन्दोलनको सुरुवात गरे, जुनले ती देशहरूको लागि तेश्रो मार्गको काम गर्यो, जो पूर्व-पश्चिम बिभाजन भन्दा अलग रहन रुचाउथे।<ref name="nonaligned-chief" />
 
=== असंलग्न आन्दोलन ===
[[File:Yugoslav passport Josip Broz Tito 1973.jpg|upright=1.5|thumb|टिटोको कुटनैतिक राहदानी, १९७३]]
 
[[File:TitoCarter19783.jpg|thumb|right|upright=0.9|अमेरिकि-युगोस्लाभ शिखर सम्मेलन, १९७८]]
टिटोको नेतृत्वमा, युगोस्लाभिया [[असंलग्न अभियान]]को संस्थापक सदस्य बन्यो। १९६१ मा, टिटोले [[इजिप्ट]]को [[गमाल अब्देल नासेर]], भारतको [[जवाहरलाल नेहरु]], [[इन्डोनेसिया]] को [[सुकार्नो]], र [[घाना]]को क्वामे क्रुमाह सहित यो आन्दोलनको स्थापना गरे। यसले [[तेश्रो विश्व]]का देशहरू बीचको सम्बन्धलाई अझै मजबुत बनायो। यो कदमले युगोस्लाभियाको कुटनैतिक स्थितिलाई सुधार गर्न निकै मद्दत गर्यो। टिटोले असंलग्न आन्दोलनलाई आफुलाई विश्व नेताको रूपमा प्रस्तुत गर्ने उपायको रूपमा देखे र त्यसले पूर्वी र पश्चिम दुवै सँग उनको बार्गेनिङ गर्ने शक्तिमा सुधार गर्न सक्थ्यो।{{sfn|West|1995|p=281}} १ सेप्टेम्बर १९६१, मा जोसिप ब्रोज टिटो असंलग्न आन्दोलनको पहिलो महासचिव बने।<center><gallery>
चित्र:President of Yugoslavia Josip Broz Tito meeting with H.E.H. the Nizam of Hyderabad in 1956.jpg|हैदरावादका सातौँ निजाम मिर ओस्मान अलि खानसँग भेट गर्दै टिटो, सन् १९५६
चित्र:President Gamal Abdul Nasser and Yugoslavian President Josip Tito in Aleppo in 1959.jpg|टिटो र [[गमाल अब्देल नासेर|नासेर]] in [[Aleppo]] in 1959
चित्र:Tito in Naser na razstavi motorjev in motornih vozil na Gospodarskem razstavišču v Ljubljani 1960.jpg|टिटो र [[गमाल अब्देल नासेर|नासेर]] in Ljubljana in 1960
चित्र:Bundesarchiv B 145 Bild-F032669-0029, Bonn, Brandt mit Staatspräsident Tito.jpg|Tito and [[Willy Brandt]] in Bonn in 1970
चित्र:Nixontito19712.jpg|[[ह्वाइट हाउस]]मा,१९७१ मा [[रिचार्ड निक्सन]]सँग भेट्दै टिटो
चित्र:Arrival ceremony for state visit of Josip Tito, President of Yugoslavia - NARA - 178242.tif|[[वासिङ्टन, डी.सी.|वासिंगटन]] मा १९७३ मा [[जिम्मी कार्टर]]का साथ टिटो
</gallery></center>
 
=== सुधारहरू ===
१९५० को दशकमा, टिटोले युगोस्लाभ कामदारहरूलाई गेस्टर्बिटर (अतिथि कामदार)को रूपमा पश्चिम युरोपका देशहरू, मुख्यतः पश्चिम जर्मनी जान अनुमती दिए।{{sfn|West|1995|p=286}} धेरै युगोस्लाभहरूमा यो पश्चिमाहरूसँग र संस्कृति संगको यो खुलापनले धेरै युगोस्लाभले आफुहरूलाई सांस्कृतिक रूपमा पूर्वी युरोपभन्दा पनि पश्चिम युरोपसँग नजिक भएको पाए।{{sfn|West|1995|p=271}} ७ अप्रिल १९६३ मा, देशले आफ्नो आधिकारिक नाम समाजवादी सङ्घीय गणतन्त्र युगोस्लाभिया राख्यो। उनका सुधारहरूले नीजी क्षेत्रलाई प्रोत्साहन गर्यो र धार्मिक अभिव्यक्तलाई खुकुलो बनायो।<ref name="Socialism of Sorts">{{cite news|url=http://www.time.com/time/magazine/article/0,9171,942012,00.html |title=Socialism of Sorts|work=Time Magazine|date=10 June 1966|accessdate=27 April 2010}}<br />"Today, as the rest of Eastern Europe begins to catch on, Yugoslavia remains the most autonomous, open, idiosyncratic and unCommunist Communist country anywhere on earth. ...Families are being encouraged by the Communist government to indulge in such capitalist practices as investing in restaurants, inns, shoe-repair shops and motels. ...Alone among Red peoples, Yugoslavs may freely travel to the West. ...Belgrade and the Vatican announced that this month they will sign an agreement according new freedom to the Yugoslav Roman Catholic Church, particularly to teach the catechism and open seminaries."</ref> टिटो लगत्तै अमेरिका महादेशको भ्रमणमा गए। चिलीमा, उनको भ्रमणको विषयलाई लिएर दुई जना सरकारी मन्त्रीहरूले राजीनामा दिए।<ref>{{cite news |title=Protests Mark Tito's Chile |url=https://news.google.com/newspapers?nid=1350&dat=19630923&id=S7FOAAAAIBAJ&pg=7241,3185693 |work= |location=Toledo, Ohio, USA |date=23 September 1963 |agency=Toledo Blade }}</ref><ref>{{cite journal |url=http://hrcak.srce.hr/index.php?show=clanak&id_clanak_jezik=48568 |title=Komunistički progoni Katoličke crkve u Bosni i Hercegovini 1945–1990|journal=National Security and the Future|volume=9|issue=3|pages=41–72|last=Lučić|first=Ivica|year=2008|accessdate=26 April 2010}}</ref> १९६० को शरदमा टिटोले राष्ट्रपती [[ड्वीट डेभिड आइजेनहावर|ड्वीट डि. आइजनहावर]]संग [[संयुक्त राष्ट्र महासभा]]को बैठकको क्रममा भेट गरे। टिटो र आइजनहावरले सैन्य नियन्त्रण देखि आर्थिक विकास सम्मका विषयमा कुराकानी गरे। जब आइजनहावरले युगोस्लाभियाको तठस्तता प्रति "उनको पक्षको
तठस्तता" को रूपमा व्याख्या गरे, टिटोले जवाफ दिए कि तठस्तताको अर्थ निष्कृयता होइन कि कुनै पक्षको पक्ष नलिनु हो।<ref name="Lees">{{cite book |last=Lees |first=Lorraine M. |title=Keeping Tito Afloat: The United States, Yugoslavia, and the Cold War, 1945–1960 |publisher=Penn State Press |year=2010 |pages=233, 234 |isbn=978-0271040639}}</ref>
 
== सम्मान ==