"धैबुङकोट" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Dhaibungkot RAsua.jpg|frame|center]]
धैबुङकोट [[रसुवा जिल्ला]], [[कालिका गाउँपालिका]], वडा नं २ मा रहेको एउटा गाउँ हो । यो गाउँको नामाकरणसँग ऐतिहाँसिक महत्व जोडिएको छ ।
साबिक [[धैबुङ]] गाबिसको नामाकरण पनि यही ठाउँको नामबाट हुन गएको हो । [[धैबुङ]] को नामाकरणका सम्बन्धमा विभिन्न भनाईहरू रहेका छन् । [[पृथ्वीनारायण शाह]]को राज्य एकीकरणका क्रममा युद्द व्यवस्थापनका लागि कोतघर बनाईएको र त्यही समयदेखि [[गोरखा]]बाट [[गोरखनाथ]]को मूर्ति टाउकोमा बोकेर [[गोसाइँकुण्ड]] स्नान गरी सो मूर्तिलाई [[गोरखा]] नै पुर्याउने प्रचलन थियो भन्ने ऐतिहाँसिक श्रुतिहरू पाइन्छन् । त्यसक्रममा मूर्ति बोक्ने सिद्दबाबालाई यहाँस्थित कोतघरमा राखी सत्कारसहित खानामा दही र पानी पर्दा ओढ्नका लागि घुम दिइने चलन थियो । त्यतिबेलादेखि नै यो स्थान दही, घुमको रूपमा प्रख्यात हुँदै गयो । अर्काथरि मानिसको भनाई अनुसार [[गोसाइँकुण्ड]] जाने तीर्थालुलाई माथि जाँदा ओड्नका लागि घुम पठाउने र खानामा दही दिने प्रचलनबाट पनि यस ठाउँको नामाकरण 'दहीघुम' रहँदै आएको र दही घुमको अपभ्रंश भएको रूप नै '[[धैबुङ]]' हो भन्ने भनाई रहेको पाइन्छ ।
"https://ne.wikipedia.org/wiki/धैबुङकोट" बाट अनुप्रेषित