"नयाँ वर्ष" का संशोधनहरू बिचको अन्तर

→‎नेपाल सम्बत: सम्वत् शब्द मिलाइएको
पङ्क्ति ९:
'''विक्रम सम्बत''' हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो हो। यो पात्रो [[नेपाल]], [[भारत]] जस्ता देशहरूमा चलनचल्तीमा रहेको छ। यो नेपालमा औपचारिक कामकाजको पात्रो हो । यो प्राचीन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित सौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रो अनुसार वर्षको आरम्भ नेपालमा [[बैशाख]] महिनाको पहिलो दिनबाट हुन्छ भने भारतमा चैत्र महिनाको पहिलो दिन । विक्रम सम्वत् सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्वत् लाई सौर्य पात्रोमा आधारित पात्रो भनिएको हो । यस सम्वत् सूर्य सँग सम्बन्धित भएकाले यस पात्रोमा सूर्य ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । राजा [[विक्रमादित्य]]ले आरम्भ गरेको विक्रम सम्वत्को नेपालमा आधिकारिक रूपमा [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]को कार्यकाल देखि प्रचलनमा आएको हो ।
 
===नेपाल सम्बतसम्वत्===
{{main|नेपाल सम्बतसम्वत्}}
नेपाल सम्बतको आरम्भ [[शंखधर साख्वा]]ले गरेका थिए । नेपाल सम्बत विस‌ं ९३६ र ईसं २० अक्टोबर ८७९का दिन भक्तपुरका राजा राघब देवको आज्ञामा नेपालको कार्यालहरूमा चलाईएको थियो । नेपालमा औपचारिक रूपले यो सम्बत चन्द्रसम्शेर राणाको कार्यकालसम्म प्रचलनमा रह्यो । यो सम्बतको [[चन्द्रमासिक सम्बत|चन्द्रमास]]मा आधारित पात्र अनुसार पहिलो दिन [[म्ह पूजा]] कार्तिक शुक्ल पक्ष प्रतिपदा (कछलाथ्व पारु)को दिनमा हुन्छ भने [[सौर्यमासिक सम्बत|सौर्यमास]]मा आधारित पात्र अनुसार पहिलो दिन कछला १ (अक्टोबर २०)को दिनमा हुन्छ । यस दिन विशेषत: नेवार समुदायले न्हुदँ अर्थात नयाँ वर्षको रूपमा मनाउने गर्दछन् ।
 
"https://ne.wikipedia.org/wiki/नयाँ_वर्ष" बाट अनुप्रेषित