"जीवनी" का संशोधनहरू बिचको अन्तर

Fixed typo
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
हिज्जे सुधार
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ४७:
[[नेपाली साहित्य]]का क्षेत्रमा युवाकविका नामले चिनिने [[मोतिराम भट्ट]]को जन्म वि.सं. १९२३ कुसेऔँसीका दिन [[काठमाडौँ]]को भोसिको टोलमा भएको थियो । उनका बुबाको नाम दयाराम भट्ट तथा आमाको नाम रिपुमर्दिनी देवी थियो ।
 
मोतिराम भट्ट छ वर्षकै कालिको उमेरमा आमासँग [[वाराणसी|बनारस]] गए । उनी बनारसमै बसी [[संस्कृत]] र [[फारसी भाषा]]को अध्ययनमा लागे । त्यहाँ उनलाई गायन तथा वाद्यवादन सिक्ने अवसर समेत प्राप्त भयो । त्यसपछि नेपाल फर्केर उनले वि.सं. १९३७ मा विवाह गरे । विवाह गरेको एक वर्षभित्रै वि.सं. १९३८ सालमा पुनः बनारस गई [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] पदनापढ्न थाले । यसरि विभिन्न क्षेत्रमा उनको अध्ययनको काम अघि बढ्यो ।
 
मोतिराम भट्टले नेपाली साहित्यको विकासका लागि धेरै पक्षबाट सिर्जनात्मक कामहरू आरम्भ गरे । उनले नेपाली काव्यजगतमा [[गजल]] र समस्यापूर्ति कविता सुरु गरे भने अरूलाई लेखनतर्फ आकर्षित पनि गरे । स्वदेशबाटै पुस्तक प्रकाशन सम्भव होस् भन्ने अभिप्राय राखी उनले नेपालमा भारतजीवन नामक प्रेस स्थापना गरेर [[भानुभक्त आचार्य|आदिकवि भानुभक्त]]को ''[[भानुभक्तीय रामायण|रामायण]]''को '[[बालकाण्ड]]' छपाए । त्यसै सिलसिलामा उनले '[[गोर्खा भारत जीवन|गोरखा भारत जीवन]]' भन्ने [[नेपाली भाषा]]को पहिलो पत्रिका समेत चलाएर नयाँ परम्परा भित्र्याए । उनले कविहरूलाई भेला पारेर कविता सुन्ने र प्रेरणा दिने उद्देश्य राखेर बनारस र काठमाडौँमा [[मोती मण्डली]] नामको कविहरूको समूह स्थापना गरी एउटा जोसिलो साहित्यिक वातावरण खादा गरे । उनले 'पीकदूत' जस्तो उत्कृष्ट काव्य, 'शकुन्तला' नाटक, 'भानुभक्त आचार्यको जीवनचरित्र' शीर्षकको जीवनी तथा [[समालोचना]] लेखेका छन् । यीबाहेक उनका अन्य कृतिहरूमा 'प्रह्लाद भक्तिकथा', 'उषाचरित्र', 'गजेन्द्रमोक्ष', 'प्रियदर्शिका नाटिका' आदि पर्दछन् ।
"https://ne.wikipedia.org/wiki/जीवनी" बाट अनुप्रेषित