चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २१:
भेष-भुषा
 
भुमिपुत्र, प्रकृति पुजक मगरहरु पुरुषहरुलेपुरुषहरूले पहिरन भोटो–कछाडसँगै निलो पटुकी र भाङ्ग्रा, शीरमा टोपी वा फेटा र महिलाहरुलेमहिलाहरूले मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलो/निलो पटुकी, गलामा पहेँलो/हरियो पोते साथैमा [[कण्ठमाला]]/मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी/ढुंग्री, नाकमा बुलाकी आदि लगाउने गर्छन्
 
भाषा
पङ्क्ति ४२:
मगर समुदाय भित्र साँस्कृतिक विविधता पाइन्छ। यिनिहरू साँस्कृतिक रूपमा निकै सम्पन्न छन्। अझैं पनि मगर समुदायले नाच्ने [[कौडा नाच|कौडा]], [[घाटु नाच|घाटु]], [[नचरी नाच|नचरी]], [[सोरठी नाच|सोरठी]],[[मारूनी नाच]], [[झ्याउरे नाच|झ्याउरे]], [[रोदी नाच|रोदी]] र [[हुर्रा नाच]]को छुट्टै वर्चस्व रहेको छ। विशेषतः यिनिहरूको [[हुर्रा नाच]] एकदमै लोकप्रिय रहेको छ। [[हुर्रा नाच]]लाई द्यौसी पनि भनिने गरिन्छ। [[हुर्रा नाच]]लाई ‘देउस्याहा’ अर्थात देवी नाच भनेर पनि भनिने गरिन्छ। मगर भाषामा ‘देउ’ भनेको देव र ‘स्याहा’ भनेको नाच हुन्छ। देउस्याहा नै अपभ्रंस भई देउसी(द्यौसी) रहन गएको विज्ञहरूको मत छ। ‘हुर्रा’ एक मगर प्रतिष्ठानले जन्माएको नाम भएको बताइन्छ। मगर भाषामा ‘हुर्र’ भनेको मज्जा र ‘राहा’ भनेको आयो हुन्छ। रोमाञ्च अथवा आनन्दको अत्ति शिखरमा पुग्ने बेलामा मच्चिदै ‘हुर्र हा....’ भनिने गरेको बताइन्छ। यो नाचलाई देउसी र हुर्रा जे भनेर नामाकरण गरिए पनि यो एक पौराणिक नाच भएकोमा कसैको दुईमत छैन। पश्चिममा तत्कलीन शासकहरूबाट राज्य खोसिएपछि भाग्दै पूर्वतीर छिरेका मगरहरूले यो नाच आफैँले जन्माएको बताइएको छ।
 
[[हुर्रा नाच]]को उद्गम स्थल [[धनकुटा जिल्ला]]को मुढेबास रहेको बताइन्छ। [[हुर्रा नाच]] विशेषगरी तिहारको अवसर पारेर नाचिने गरिन्छ। धनकुटामा अन्नबाली पाक्न ढिलो भएको खण्डमा अन्नबाली पाके पश्चात सफल्तापूर्वक भित्र्याइएको खुशियालीमाखुसीयालीमा यो नाच नाचिने गरेको बताइन्छ। धनकुटामा विशेषतः भोटेहरूले मादल बनाएर मगरहरूलाई जिम्मा लगाउने गर्दछन्। मादल पाएपछि मगरहरू सौरे बजारको बीचमा रहेको बलिराज(कथित ठूलो ढुङ्गा)लाई झ्याली, मादल र मुरलीको गुञ्जायमानका साथ फेरो लगाएर गाउँ–गाउँ गएर नाच्ने गर्दछन्। गाउँ जाने बेलामा गीत गाउनेको स्वर नसुकोस् अनि मादलनको तानाबाना नचुँडियोस् भनेर सरस्वति देवीको लागि एउटा भाले चल्ला उठाउने गर्दछन् र पछि नाचगानको कार्यक्रम सकेर फर्केपछि पूजा गर्ने गर्दछन्। अर्को गाउँमा गएर नाचगान गरेर सकिएपछि बिदावारीको क्रममा त्यहाँको गाउँलेले नाँच्न–गाउन आउनेहरूको बाटो कुनै भूतप्रेत वा केहीले नछेकोस्, खोलानाला राम्ररी पार भएर जानु भनी जोडा बन्दुक पड्काएर बिदाई गर्ने गर्दछन्।
 
[[हुर्रा नाच]]को लागि ठूलो आँगनमात्र उपयुक्त हुने गर्दछ। किन भनें हुर्रा नाच्नका लागि ५० भन्दा बढी मान्छेहरू तम्तयार भएर बसेका हुन्छन्। नाचको बीचमा ४/५ वटा ठूलो मादल रन्काइने गरिन्छ। त्यहि मादलको तालमा ताल मिलाउँदै नाच्ने गर्दछन्। [[हुर्रा नाच]]मा छोटी कदमे, दुई कदमे र तीन कदमे गरी तीनवटा कदम नाच नचाइन्छ। मादलेहरू, भट्याउनेहरू दुई कदमे नाच्ने गर्दछन्, त्यहीँ तालमा बुढाबुढीको लस्कर तीन कदमे नाच्ने गर्दछन् त्यस्तै युवायुवति, बालबच्चाहरू हात समाएर गोलो बनाई छोटी कदमे नाच्ने गर्दछन्। यस नाचमा एकअर्काको हात समातेर मादलको एउटै तालमा खुट्टाको चलाई मिलाई नाच्नुपर्ने हुन्छ। यो नाच नाच्दा ‘देशै रमाइलो’ भनेर नाच्ने गरिन्छ। ‘देशै रमाइलो’ भनेको एउटा थोंगो हो। यो नाच नाच्दा ‘देशै रमाइलो’ भन्ने पंक्ति जोडेर गीत गाउनुपर्ने हुन्छ।
"https://ne.wikipedia.org/wiki/मगर_जाति" बाट अनुप्रेषित