"बेलायत" का संशोधनहरू बिचको अन्तर

→‎इतिहास: प्रअउ
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(→‎इतिहास: प्रअउ)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
== इतिहास ==
 
=== युरोपियन युनियनबाट अलग ब्रेक्जिट ===
बेलायत [[युरोपेली संघ|युरोपियन युनियन]]बाट अलग हुने पहिलो राष्ट्र बनेको छ।
 
युरोपीयन युनियनमा रहने या न रहनेबारे भएको जनमत संग्रहमा अलग हुने पक्षमा ५२ प्रतिशत भोट परेपछि बेलायतले युरोपियन युनियनलाई ‘डिभोर्स’ दिएको हो।बिहिवार भएको जनमत संग्रहमा बेलायतमा इयुमा रहनुहुँदैन भन्ने पक्षमा ५२ प्रतिशत मतदान भयो भने रहनुपर्छ भन्ने पक्षमा ४८ प्रतिशतले मतदान गरेका छन् ।
 
वेल्स र मिडल्यान्ड्सका अधिकतम मतदाताले बेलायत युरोपियन युनियनबाट अलग हुनु पर्नेमा भोट दिएका थिए भने [[लण्डन|लन्डन]], [[स्कटल्यान्ड|स्कटल्याण्ड]] र [[उत्तरी आयरल्याण्ड]]का धेरै मतदाताले युरोपीय युनियनमा नै रहनु पर्ने पक्षमा उभिए ।
 
विश्लेषक तथा अर्थविदहरुको भनाईलाई आधार मान्ने हो भने युरोपियन युनियनबाट बेलायत अलग भएपछी बेलायतको राजनीति र अर्थव्यवस्थामा नाटकीय प्रभाब पर्ने छ। यसको प्रभाब बेलायत मात्र नभई सिंगो युरोपियन राष्ट्रमा समेत पर्ने उनीहरुको भनाइ रहेको छ ।
 
कुल मतदातामध्ये एक करोड ५५ लाख ८० हजारले बेलायत इयुमा रहनुपर्छ भन्ने पक्षमा मतदान गरेका थिए भने एक करोड ६६ लाख ८० हजारले बेलायत इयुबाट बाहिरिनुपर्छ भन्ने पक्षमा मतदान गरेका थिए ।
 
=== सिरियामा हवाई आक्रमण ===
[[सिरिया]]मा [[संयुक्त राज्य अमेरिका|अमेरिका]], बेलायत र [[फ्रान्स]]ले संयुक्त रूपमा हवाई आक्रमण सुरु गरेका छन् ।
 
ती सैन्य आक्रमणले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतिको कार्यालय वरपरका क्षेत्रलाई लक्ष्य बनाएको बताइएको छ । अमेरिकाको नेतृत्वमा शनिबारबाट सुरु भएको सो आक्रमणमा विशेषगरी राजधानी दमासकसलाई लक्षित गरिएको छ । अमेरिकी राष्ट्रपति [[डोनाल्ड ट्रम्प]]ले सिरियामा आक्रमणका लागि आफूले निर्देशन दिएको बताइसकेका छन् । उनले डुमामा सिरियाले रासायनिक हतियार राखेर आक्रमण गरिरहेकाले सो हतियार रहेको भण्डारणमा हमला गरेको बताए ।
 
उनले आफूलाई बेलायत र फ्रान्सले पनि साथ दिएको स्वीकारेका छन् । तीनवटै देशका संयुक्त सेनाले आक्रमण गरिरहेका छन् ।  आक्रमण शनिबार बिहानबाट मात्र सुरु भएकाले त्यसको क्षति र अन्य विवरण भने सार्वजनिक भइसकेको छैन । तर, दमासकस वरपर सुनिएको ठूलो आवाज र आकासमा धुवाँको मुस्लोका कारण त्यहाँ ठूलो मात्रामा क्षति भएको एजेन्सीले अनुमान गरेका छन् ।
 
== भूगोल ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/811808" बाट अनुप्रेषित