"नवदुर्गा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
===शैलपुत्री===
[[File:Shailaputri_Sanghasri_2010_Arnab_Dutta.JPG|100px|right]]
नवदुर्गा भगवतीको पहिलो स्वरूप शैलपुत्रीको आराधना गर्नाले धन, धान्य, सैभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारको मनोकामना पूर्ण हुने मानिन्छ । शैलपुत्रीलाई श्रद्धाभक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छ । शैलपुत्रीलाई सम्पूर्ण शक्तिको सम्भावनाको रूपमा मानिन्छ ।
* व्युत्पत्ति: '' शैलपुत्री '' को शाव्दिक अर्थ पहाड (शिला) की छोरी भन्ने हुन्छ। शैलराज हिमालयको घरमा पैदा भएको कारणले नवदुर्गाको पहिलो अवतारलाई शैलपुत्री भनिएको हो।
* आवरण: दाहिने हातमा त्रिशूल, देव्रे हातमा कमल, निधारमा अर्धचन्द्राकार चन्द्र।
* अन्य नाम: सती, पार्वती, वृषारूढ़ा, हेमवती, भवानी।
Line २० ⟶ २१:
[[File:Brahmacharini.jpg|100px|right]]
देवी व्रह्मचारणीको पुजा उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार तथा संयमको वृद्धि हुने विश्वास लिइन्छ। जस्तोसुकै परिस्थितिमा पनि उसको मन कर्तव्य पथबाट बिचलित हुदैन र उसले देवीको कृपाले सदा सिद्दी तथा विजय प्राप्त गर्दछ।
* व्युत्पत्ति: '' व्रह्मचारणी '' को शाव्दिक अर्थ व्रह्म (तपस्या) को आचरण गर्ने भन्ने हुन्छ। भगवान शंकरलाई पतिको रूपमा पाउन कठिन तपस्या गरेका कारणले नवदुर्गाको दोश्रो अवतारलाई व्रह्मचारणी भनिएको हो।
* आवरण: दाहिने हातमा जप माला, देव्रे हातमा कमाण्डलु, खाली खुट्टा हिड्ने।
* अन्य नाम: तपश्चारिणी।
Line ७९ ⟶ ८०:
[[File:Mahagauri Sanghasri 2010 Arnab Dutta.JPG|100px|right]]
महागौरीको उपासना गर्नाले उपासकको सबै खाले पाप तथा कुकर्म नाश भएर जाने विश्वास लिइन्छ। महागौरीको कृपाले भक्तले भविष्यमा सन्ताप, दु:ख भोग्नु पर्दैन, उ सबै प्रकारले पवित्र बन्छ र अक्षय पुण्यले युक्त हुन्छ भन्ने मानिन्छ।
* व्युत्पत्ति: भगवान शिवलाई पतिको रुपमा प्राप्त गर्नको लागि महागौरीले कठोर तपस्या (त्यस्तो महान तथा उग्र तप न कसैले आजसम्म गरेको थियो न कसैले गर्न सक्छ भनी स्वयं ब्रह्माजीले देवीलाई भन्नुभएको थियो) गरेकी थिइन्। सोही कारणले उनको शरीर कालो भयो। तर तपस्या देखि प्रसन्न भएर भगवान शिवले उनको शरीर गंगाको पवित्र जलले धोएर कान्तिमय बनाई दिनु भयो भने वर्ण पानी गोरो भयो।
* आवरण: दाहिने तर्फ तल्लो हातमा त्रिशुल, माथिल्लो हात अभय मुद्रामा तथा देब्रे तर्फ तल्लो हात वर मुद्रामा, माथिल्लो हातमा डमरु।
* अन्य नाम: अन्नपूर्णा, श्वेताम्बरधरा, वृषारूढ़ा, ऐश्वर्य प्रदायिनी, चैतन्यमयी।
Line ९४ ⟶ ९५:
* आसन: कमलको फूल।
 
== नव दुर्गा महिमा ==
</blockquote>
* शैलपुत्री: सम्पूर्ण जड़ पदार्थ (पत्थर, माटो, जल, वायु, अग्नि, आकाश) भगवतीको पहिलो स्वरूप हो। शैलपुत्रीको पुजा अर्चना गर्नाले सम्पूर्ण जड़ पदार्थमा परमात्मा रहेको अनुभव गर्न सकिन्छ।
{{ठुटो}}
* व्रह्मचारणी:- भगवतीको दोश्रो अवतारको प्रादुर्भाव जड़ पदार्थमा ज्ञानको प्रस्फुटन, चेतनाको संचार हुनु हो। प्रत्येक अंकुरणमा जड़ पदार्थ जीवन्त भएको देख्न सकिन्छ।
* चन्द्रघण्टा: देवीको तेश्रो रूपले जीवमा वाणी (आवाज) को प्रतिनिधित्व गर्दछ।
* कूष्माण्डा: समस्त जीवमा हुने गर्भाधान शक्तिको स्वरूप कूष्माण्डा देवी हुन्।
* स्कन्दमाता: प्रत्येक पुत्रवान मातापिता स्कन्दमाताको रुप हो।
* कात्यायनी: प्रत्येक पुत्री वा कन्याका मातापिता कात्यायनी माताको रुप हो।
* कालरात्री: देवीको यस अवतारले सम्पूर्ण जड़ तथा जीवको मृत्युलाई संकेत गर्दछ। सबै प्राणीलाई मृत्युको समयमा यस स्वरूपको अनुभव हुन्छ।
 
देवी भगवतीको उपरोक्त सात स्वरूपको दर्शन प्रत्यक्ष तथा सुलभ हुन्छ। तर आठौँ तथा नवौं स्वरूप दुर्लभ छन्।
 
* महागौरी: कठोर साधनाबाट प्रकाशको स्वरूप मानिने महागौरी देवीको दर्शन हुने र देवीबाट असम्भव जस्ता कार्यहरूलाई सम्भव बनाउने शक्ति प्राप्त हुन्छ।
* सिद्धिदात्री: जन्म जन्मान्तर सम्म कठोर साधना गरेर मात्र देवीको सिद्धिदात्री स्वरूपको दर्शन गर्न सम्भव छ जसबाट साधकलाई परम ज्ञान वा बोध प्राप्त हुन्छ।
 
 
== नवदुर्गा आयुर्वेद==
दुर्गा कवचमा नवदुर्गालाई नौ विशिष्ट औषधिको रुपमा वर्णन गरिएको छ।<ref>{{Cite web|url=https://www.patrika.com/religion-and-spirituality/nine-ayurvedic-medicines-known-as-nau-durga-keep-youth-young-1123409/|title=इन औषधियों में विराजमान हैं नवदुर्गा, रोग दूर कर बनाती है युवा|website=www.patrika.com|language=hindi|access-date=2019-10-05}}</ref>
 
* शैलपुत्री (हर्रो): कैयौं रोगको उपचारमा प्रयोग हुने हर्रोलाई दुर्गा कवचमा शैलपुत्री कै एक रुप मानिएको छ। हर्रो सात प्रकारका हुन्छन्। 
* व्रह्मचारणी (ब्राह्मी): आयु तथा स्मरण शक्ति बढाउने, रक्त विकार शुद्ध गर्ने, स्वर मधुर बनाउने ब्राह्मीलाई व्रह्मचारणीको रुपमा बर्णन गरिएको छ।
* चन्द्रघण्टा (चम्सुर): धनिया जस्तो देखिने र मोटोपन, हृदयरोग आदिमा काम आउने चम्सुरलाई समेत देवीको एक रुप मानिएको छ। 
* कूष्माण्डा (कुभिन्डो): मानसिक रोगीका लागि कुभिन्डो अमृत समान हुन्छ भने रक्त विकार, पेटको रोग आदि समाधानमा सहयोगी मानिएको छ। 
* स्कन्दमाता (आलस): आलस वात, पित्त र कफ रोगनाशक औषधि हो। 
* कात्यायनी (मोइया): आयुर्वेदमा अम्बा, अम्बालिका, अम्बिका आदि नामले समेत चिनिने यस औषधिले कफ, पित्त र गलाका रोगहरु नाश गर्दछ।
* कालरात्री (तितेपाती): यो वनस्पति सबै प्रकारको रोगहरुमा लाभदयाक हुन्छ, साथै मन एवं मस्तिष्कको विकारलाई नाश गर्न औषधिको रुपमा काम गर्छ।
* महागौरी (तुलसी): रगत सफा गर्ने तथा हृदय रोग नाश गर्ने देवी भगवती स्वरूप तुलसी सात प्रकारका हुन्छन। 
* सिद्धिदात्री (कुरिलो): दुर्गाको नवौं स्वरूप सिद्धिदात्रीको रुप मानिने कुरिलो (शतावरी) बल, बुद्धि एवं विवेकको लागि उपयोगी मानिन्छ।
 
 
==सन्दर्भ सूची==
"https://ne.wikipedia.org/wiki/नवदुर्गा" बाट अनुप्रेषित