"माघे सङ्क्रान्ति" का संशोधनहरू बिचको अन्तर

चित्र दिर्धा ‌थप
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १९:
ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य [[धनु राशि]]बाट [[मकर राशि]]मा प्रवेश गर्ने हुनाले यसलाई 'मकर संक्रान्ति' पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि ([[साउने संक्रान्ति]]) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ ।
 
माघे/मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै [[घिउ]], [[चाकु]], तिलको लड्डु र [[तरुल]] खाई मनाइन्छ यस पर्वमा [[देवघाट गाउँपालिका|देवघाट]], [[बराहक्षेत्र]], [[रिडी]], [[पनौती नगरपालिका|पनौती]], [[दोलालघाट]], [[कन्काई नदी|कन्काई]] तथा भारतको [[प्रयाग]] र [[गङ्गा सागर]] लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ। [[भविष्य पुराण]], विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी [[घिउ]], [[चाकु]], तिलको लड्डु, सागपात, [[तरुल]], वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ। मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने-भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ-आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन्। महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई [[घिउ]], [[चाकु]], [[तरुल]], लड्डुसहितको सिदा दान गर्छन्। शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी [[घिउ]], [[चाकु]] र तिल तथा [[खिचडी]] खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ।
'''माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् ।'''
'''स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति ॥'''
पङ्क्ति ५४:
मुख्य लेख : [[तारूका गोरू मेला]]
 
नुवाकोटको [[तारूकातारुका|तारूकामा]] प्रत्येक वर्ष माघ १ गते वा माघे संक्रान्तिका दिन भव्य रूपमा आयोजना गर्ने गरिन्छ । यो मेला अन्तर्गत तारुका गाविस वडा नं. ५ चन्दनी गाउँ रहेको एक बारीको ठूलो पाटोमा गोरूहरू जुधाउने गरिन्छ । यस गोरु जुधाइ मेलाले [[नुवाकोट जिल्ला]]को सदरमुकाम [[विदुर]]देखि २२ किलोमिटर दुरीमा रहेको तारुका गाविसको छुट्टै ऐतिहासिक महत्व बोकेको छ ।
 
===पश्चिम नेपाल===
[[दैलेख जिल्ला|दैलेख]] लगायत पश्चिम नेपालका अधिकांश जिल्लाहरूमा यो पर्व मनाउने छुट्टै परम्परा रहेको छ । यस क्षेत्रमा मकर संक्रान्तिलाई '''चेलीत्यार''' भनिन्छ । चेलित्यार भन्नाले चेलीको तिहार भन्ने बुझिन्छ । यस क्षेत्रमा पुस मसान्तका दिनमा [[तरुल]] खनेर ल्याइन्छ । पुस मसान्तको राति तरूल, बाबर ([[सेल रोटी|सेलरोटी]]), पकाएर पहिले [[काग]]को लागि छुट्याएर पछि घरपरिवारले खाने गरिन्छ । राति पानीको मुहान अथवा पँधेरो नजिकै मुढाहरूको थुप्रो बनाएर आगो लगाइन्छ । गाउँका बुढा बुढी तन्नेरी तरुनीहरू मुढाको आगो ताप्न भेला हुन्छन् । मुढा ताप्ने थलामा रात भर कसैले [[देउडा गीत|देउडा]] लगायत विभिन्न नाचगान गर्छन् भने कसैले [[गाउँ खाने कथा]], दन्तेकथा गरेर रात काट्छन् । बिहान भएपछी नुहाएर सबै भन्दा पहिले कागलाई बोलाएर खाना दिने चलन छ । कागलाई बोलाउँदा केटाकेटीहरू "कौवा का का, बाबर खा खा" भनेर बोलाउछन् । त्यस पछि दिनमा सेल रोटी र तरुलका पोका बनाएर चेलीहरूलाई बाँडेने चलन छ । माइतमा बसेका चेलीहरूलाई गाउँमै पोका बाँडेर पोइल गइसकेका चेलीहरूलाई पनि पोका पुगाउन जाने चलन छ । यदी मकर संक्रान्तिको दिन आफ्नो चेलीलाई पोका दिन सकिएन भने माघको महिना भित्रै कुनै पनि दिनमा एक पटक चेलीलाई सेलरोटी र तरुलको पोका बनाएर पुगाउने चलन छ । चेलीहरू पनि माघको महिना माइतीहरू आउने बाटो हेर्दछन् । यस्तै भारतको [[कुमाउँ]]मा यस पर्वला '''घुघुती को त्यार''' भनिन्छ । घुघुती भनेको एक प्रकारको परिकार हो । गहुँको पिठोलाई गुडको पानिमा मुछेर घुघुती बनाएर घाममा सुकाइन्छ । राति घुघुतीलाई तेलमा तलेर पकाइन्छ । यहाँ पनि पश्चिम नेपाल जस्तै बिहान कागलाई बोलाएर घुघुती खान दिने चलन छ ।
 
====रिडी====