"फुटबल खेल" का संशोधनहरू बिचको अन्तर

चिनो: पूर्ववत
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १९:
'''एसोसिएशन फुटबल''' जसलाई प्राय: '''फुटबल''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: फुट: खुट्टा वा पद, बल: भकुण्डो) वा '''सकर''' भन्ने गरिन्छ, यो संसारकै लोकप्रिय खेलहरु मध्ये एक हो । यो एउटा [[सामुहिक खेल]] हो र यसलाई ११/११ खेलाडीहरुको दुई समुह बीच खेल्ने गरिन्छ । फुटबललाई सामान्यत: एउटा आयताकार घाँस वा [[कृत्रिम घाँस]] भएको मैदानमा खेलिन्छ जसको अन्तिममा एउटा [[गोलपोस्ट]] हुन्छ । खेलाडीहरु द्वारा विरोधी समुहको गोलपोस्टमा आफ्नो चालाकीले भकुण्डोलाई गोल गर्नुनै यस खेलको उद्देश्य हो । खेलमा [[गोलरक्षक (फुटबल)|गोलरक्षक]] नै एउटा मात्र यस्तो खेलाडी हुन्छ जसले भकुण्डोलाई रोक्न अथवा बचाउनका लागि आफ्नो हात प्रयोग गर्न अनुमति हुन्छ । समुहको बाँकी खेलाडी प्रायजसो भकुण्डोलाई हिर्काउन (किक)का लागि आफ्नो खुट्टाको प्रयोग गर्छन । तथा कहिले काहीं हावामा भकुण्डो रोक्नका लागि आफ्नो छाती या टाउकोको प्रयोग गर्छन । जुन समुह खेलको अन्त वा समय समाप्ति सम्म बढी गोल गर्न सफल हुन्छ त्यहि टिम विजय घोषित हुन्छ । खेलको अन्त अर्थात समय समाप्ति सम्म यदि स्कोर बराबर रहेमा त्यस खेललाई बराबर वा ड्र घोषित गर्न सकिन्छ अथवा खेललाई [[अतिरिक्त समय (खेल)|अतिरिक्त समय]]मा लिएर जानु र पेनाल्टी शूट आउट द्वारा जितहारको निर्णय गर्नु प्रतियोगिताको स्वरुप माथि निर्भर हुन्छ ।
 
आधुनिक फुटबललाई [[इङ्ल्यान्ड|इङ्गल्याण्ड]]मा ''द फुटबल एसोसिएशन'' (फुटबल संघ)को गठन संगै गाँसिएको थियो र त्यस लगत्तै सन् १८६३ मा बनाइएको ''लव्ज अफ द गेम'' (खेलको कानुन ) को आधारमा नै आज फुटबल खेल्ने गरिन्छ । अन्तर्राष्ट्रिय आधार वा स्वरूप माथि फुटबलको नियन्त्रण (फेडरेशन इन्टरनेशनेल डी फुटबल एसोसिएशन) वा एसोसिएशन फुटबलको अन्तर्राष्ट्रिय महासंघ जसलाई संक्षेपमा FIFA वा [[फिफा|एसोसिएशन फुटबलको अन्तर्राष्ट्रिय महासंघ]] ले गर्छ । फुटबलको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय र लोकप्रिय प्रतियोगिता [[फुटबलफिफा विश्वकप|फिफा विश्व कप]] हो जसको आयोजन प्रत्येक चार वर्षको अन्तरमा गरिन्छ । यस प्रतियोगितालाई व्यापक रूपमा सम्पूर्ण विश्व मा हेर्ने गरिन्छ र यसको दर्शक [[ओलम्पिक खेल|ग्रीष्मकालीन ओलम्पिक खेलहरु]] लाई हेर्ने दर्शकहरुको लगभग दुई गुणा बढी हुन्छ।
==इतिहास==
यो खेल प्राचीन ग्रिकहरुले पनि खेल्ने गरेको पाईएको छ। त्यसबेलाको फुटबल खेललाई हार्पास्टोन भनिन्थ्यो। त्यसैगरी रोमनहरुले खेल्ने त्यस्तै किसिमको फुटबल खेललाई हार्पास्टुम भनिन्थ्यो। मध्ययुगमा इटलीमा फुटबल खेल खेलिन तथा बिकसित हुन थाल्यो। त्यसैताका पोलिनेसियाका बासिन्दाहरुले पनि बाँसका फाइबरबाट बनेका फुटबलले धेरै किसिमका खेलहरु खेल्ने गर्थे। एस्किमोहरु हिमाली झारपातका बिरुवाहरुको डल्लो बनाई फुटबल खेल्थे। आजभोलि खेलिने बिभिन्न किसिमका फुटबलहरु इंग्ल्याण्डमा खेलका रुपमा बिकसित तथा संयोजित भए। त्यसबेला नै पश्चिमा देशहरुमा फुटबल यति लोकप्रिय थियो की इंग्ल्याण्डका राजा एडबर्ड द्धितीयाले सन् १३१४ मा तथा हेनरी छैंठोले यो खेलमाथि प्रतिबन्ध नै लगाए।
"https://ne.wikipedia.org/wiki/फुटबल_खेल" बाट अनुप्रेषित