"कृष्ण" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
|||
पङ्क्ति १२:
|Abode = [[वृन्दावन|बृन्दावन]], [[गोकुल]], [[द्वारका]], [[बैकुण्ठ]],<ref name="autogenerated3">भागवत पुराण (११.७.१८), कृष्णका विभिन्न नाम</ref>
|Mount = [[गरुड]]
|Texts = ''[[श्रीमद्भागवत् पुराण|भागवत पुराण]]'', ''[[विष्णु पुराण]]'', ''[[महाभारत]]'', ''[[श्रीमद्भगवद गीता|श्रीमद्भागवत गीता]]''
}}
पङ्क्ति १९:
== श्रीकृष्ण जन्म ==
[[file:Episodes Surrounding the Birth of Krishna.jpg|thumb|right|200px|कृष्णको जन्म वरपर एपिसोड]]
हिन्दू धार्मीक ग्रन्थका अनुसार भगवान श्रीकृष्णको जन्म द्वापरांतमा भएको पाईएको छ। यो हिसाबले श्रीकृष्णको जन्म कलीयुगको आगमन भन्दा ५०० देखि १ हजार बर्षको बीचमा भएको अनुमान गर्न सकिन्छ। हिन्दू पञ्चाङ्गका अनुशार २१औँ शताब्दीको सुरुमा कलियुगको आयु ५१०० वर्ष तोकिएको छ। भगवान श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरावासी वसुदेवकी धर्म पत्नी देवकीको गर्भबाट राजा [[कंस|कंश]]को जेल भित्र भएको थियो। देवकी राजा कंशकी बहिनी थिईन्। उनीहरू दुवै भाइ बहिनीहरू तत्कालीन मथुराका राजा उग्रसेनका सन्तान थिए। राजा कंश देवकीको विवाहमा वशुदेव र देवकीलाई रथमा राखेर आफुले रथ हाँक्दै उनको घरमा पुगाउन जाँदै थियो। त्यसैबेला [[नारद]]मुनी आएर कंशलाई भने- "जसलाई तिमी आफ्नो बहिनी ज्वाँई भनेर पुगाउ जाँदै छौ उनको आठौँ गर्भबाट तिम्रो मृत्यु हुनेछ।" नारदको यो कुरा सुनेर कंश रिसले आगो भयो उसले देवकीको हत्या गर्ने मनसायले आफ्नो तरवार निकाल्यो तब वशुदेवले कंशको अघाडी हात जोडेर देवकीको गर्भबाट जती बालकहरू पैदा हुन्छन् ती सबैलाई जन्मेकै घडी कंशलाई सुम्पीदिने संकल्प गर्दै देवकीको प्राण रक्षाको विन्ती गरे। यो सुनेर कंशले वशुदेवको प्रतिज्ञा स्विकार गरेर आफ्नो घर गयो। केही दिन पछि देवकीको गर्भबाट पहिलो बालक पैदा भयो। वशुदेवले आफ्नो प्रतिज्ञा बमोजिम बालक कंशको घर पुराए। यो देखेर कंशले देवकीको आठौँ गर्भको बच्चामात्र मलाई दिनु बाँकीका बालकहरू दिनु पर्दैन भनि फर्कायो तर नारदमुनी आएर जो गर्नु छ यी बालकलाई गर आठौँ गर्भको बालकलाई त तिमी केही पनि गर्न सक्दैनौ भने।
यो सुनेर राजा कंशले वसुदेवसँग बालक मागेर बालकलाई जमीनमा पछारी हत्या गरिदियो। यसै गरी देवकीका सातवटा बालकहरूको कंशले हत्या गरिदियो। त्यस पछि देवकीलाई आठौँ गर्भ रह्यो। राजा कंशले देवकीको यो गर्भबाट आफ्नो कालको जन्म हुने सोचेर गर्भ रहेको दशौँ महिनामा देवकी र वसुदेवलाई जेलमा बन्द गरेर राख्यो। जेलको बाहिर आफ्ना पहरेदारहरूलाई कडा पहरा दिने आज्ञा गरेको थियो। तर भगवानको लिला अपरम्पार छ। जब श्रीकृष्णको जन्म भयो त्यसबेला पहरेदारहरूलाई मोह निद्राले ढाक्यो। भगवान श्रीकृष्णको जन्मको भन्को सम्म पनि पहरेदारहरू थाह पाएनन्। भगवान विष्णुले पहिले त वसुदेव देवकीलाई आफ्नो चतुर्भुज अवतारको दर्शन गराए। त्यसपछी वसुदेवलाई "गोकुलमा नंदगोपका घरमा भरखरै मात्र एक कन्याको जन्म भएको छ। तिमी मलाई गोकुल लैजाउ त्यहाँ मलाई यशोदाको काखमा सुताएर उनको छोरीलाई ल्याएर यहाँ आउनु।" भनि सम्झाएर अन्तर्ध्यान भए। केही छिन पछि देवकीको गर्भबाट भगवान श्रीकृष्णको जन्म भयो। भगवानको लिलानुशार वशुदेव र देवकीका सबै नेलहरू खुल्ला भए भगवान बिष्णुले बताए बमोजीम वसुदेवले बालक कृष्णलाई टोकरीमा राखेर गोकुल जान हिँडे। बाटोमा [[यमुना नदी|यमुनाजी]] पर्छन्। यमुनाले पनि भगवान श्रीकृष्णको दर्शन गर्नाको साथै वसुदेवको लागि बाटो छोडी दिईन्। केही छिनमै वसुदेव यशोदाको काखमा खेलीरहेकी कन्यालाई उठाई बालक कृष्णलाई त्यहाँ सुताएर मथुरा फर्के। तर यो कुरा यशोदालाई थाहा भएन। यशोदालाई प्रसव पिडाका कारण कन्याको जन्म भएको पनि थाहा थिएन।<ref>श्रीकृष्ण चरित्र (जन्म लिला)</ref> यता वसुदेवले मथुरा आएर कन्यालाई देवकीको काखमा राखी जेलमा पूर्ववत बन्दी भएर बसे। केही छिन पछि बालीका जोर जोरले रुन थालिन्। यो सुनेर पहरेदारहरूको मोह निँद्रा खुल्यो कसैले बालक जन्मेको कुरा कंशलाई भन्यो। बालक जन्मेको कुरा थाहा पाएर कंश जेलघरमा आएर बालीकालाई देवकीको हातबाट खोसेर बाहिर गयो बालीकालाई पहिलेका बालकहरू जस्तै गरी जमीनमा पछार्दा बालीकाले आकाशमा उड्दै "पापी मलाई जती कोशीस गरे पनि मार्न सक्दैनस् तँलाई मार्ने तेरो शत्रु गोकुलमा छ" भनिन्। यी बालीका महा शक्ति योगमाया [[दुर्गा|दुर्गा भगवती]]को अवतार थिईन्
कृष्णको जन्म जेलमा भएको हो । भाद्र कृष्ण अष्टमीको आधा रातमा जेलमा आठौं गर्भ जन्माउनका लागि थुनिएकी देवकीबाट उनको जन्म भएको हो । तर उनको गर्भलाई सामान्य गर्भ मानिंदैन । क्राइस्ट कुमारी मरियमको गर्भमा प्रवेश गरेका थिए र यसको संकेत बेथलहेमको ताराले दिएको थियो । बुद्धकी आमा मायावतीले [[बुद्ध]] गर्भमा आउनु अघि सेता हात्ती मुखबाट शरीर भित्र प्रवेश गरेका देखेकी थिइन् । श्रीकृष्णको जन्म हुनु धेरै अघि आठौं गर्भको रुपमा धराको अन्याय र अत्याचार नाश गर्न ईश्वरको अवतार हुने आकाशवाणी भएको घटना भागवत कथामा उल्लेख छ । आठौं गर्भ ज्यादै विशेष भएकोले सातौं गर्भमा त्यसको पूर्व तैयारी गरिएको थियो । तर पछि त्यस गर्भलाई ईश्वरीय विधिले रोहिणीको गर्भमा बलरामको रुपमा स्थानान्तरण गरिएको थियो । कृष्णलाई यशोदाको गर्भको बालिकासंग साटिएको थियो । वास्तविक जन्मको रुपमा कृष्णलाई आठौं गर्भ भन्न मिल्दैन तर एउटी बालिकाको बलिदान समेतलाई हिसाब गर्दा उनी आठौं नै हुन्छन् । यसरी भगवान कृष्ण एक असाधारण गर्भ र असाधारण जन्म थिए । उनले जन्मलिनु अघि देवकी र वसुदेवलाई चतुर्भुज स्वरुपम दर्शन दिएको कथा भागवतमा उल्लेख छ ।
पङ्क्ति ५०:
हे बिश्व ब्यापी त्रयता पहारी
उद्धार हाम्रो घर हे मुरारी
ईश्वरीय शक्तिको रुपमा भगवान श्रीकृष्णको पूजा आर्यावर्तमा लगभग ५०० वि.पू. प्रारम्भ भइसकेका फप्रमाणहरु भ्ेटिन्छन् । [[ऋग्वेद]]मा लेखिएको छ– एक यस्तो गोठालो जो कहिल्यै च्युत हु“दैन, मित्रवत् छ, सुन्दर वस्त्रले सजिएको छ । र यो समय समयमा पृथ्वीमा अवतरित भइरहन्छ । (ऋग्वेद १.२२.१६४) निश्चित रुपमा यो वर्णन भगवान श्रीकृष्णसंग नै सम्बन्धित छ । स्वामी योगानन्दले भगवद्गीता पुस्तकमा भगवान श्रीकृष्ण र क्राइस्टका जीवनको तुलनात्मक झलक प्रस्तुत गरेका छन् । उनको विचारमा नामको उच्चारणमा धेरै समानता छ । जीवनका प्रारम्भिक दिन र जीवनका अन्तिम दिनका घटनाहरूमा पनि समानता पाइन्छ । क्राइस्टको स्वरुप एक भेडागाठालोको रुपमा सुन्दरतम रुपमा अभिव्यक्त हुन्छ भगवान श्रीकृष्णको रुप मुरलीधर र गाईगोठालोको रुपमा नै सुन्दरतम रुपमा अभिव्यक्त हुन्छ । संभवतः उनको नाम गोपाल राख्नुको पछाडि यही दर्शनले काम गरेको छ । गोपालको अर्थ हुन्छ गाईको रेखदेख गर्ने र गोविन्दको अर्थ हुन्छ गाईको खोजी गर्ने । यी सबै घटनाले श्रीकृष्णको गाई प्रेम व्यक्त गर्छ । छान्दोग्य [[उपनिषद्|उपानिषद]] (९०० वि.सं. पूर्व) मा देवकीपुत्रको ससम्मान उल्लेख छ । [[पाणिनि|पाणिनी]] अष्टाध्यायी (वि.सं. ५०० शताब्दी पूर्व), अर्जुन, र वासुदेवको सम्मानपूर्ण अभिलेख छ । [[अर्थशास्त्र|कौटिलीय अर्थशास्त्र]] (३०० वि.सं. पू.) श्रीकृष्ण र द्वैपायनको उल्लेख हुनुका साथै दुर्योधनले गरेका गलतीहरुको उल्लेख छ ।<ref>कौटिल्यको अर्थशास्त्र (कौटिलीये अर्थशास्त्रे), वि.सं.२०२४,अनु. केशवराज अर्याल, सं.पं.सोमनाथ शर्मा, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref> कृष्णलाई विशेष पूजित व्यक्तितवको रुपमा संकेत गरिएको छ । [[पातञ्जली]] महाभाष्य (१५० वि.सं. पूं) मा कृष्ण र अर्जुन दुवै पूजाका विशेष अधिकारी पात्र छन् भनिएको छ ।<ref>https://en.wikipedia.org/wiki/Patanjali</ref>
महाभारत र भागवतको विवरण अनुसार श्रीकृष्णलाई सर्वप्रथम ईश्वरुपमा पहिचान गर्ने एक दृष्टिविहीन गोठालो साथी थियो । यशोदालाई पटक पटक त्यो रुप देखाउंदा पनि उनले बुझ्नै सकिनन् । गोपिनीहरुले उनको प्रेमी रुपलाई नै प्रधान मानेका थिए । उद्धव, भीष्म, विदुरले उनको अवतार रुपम जानेका थिए । भीष्मले यसैका लागि विष्णुसहस्रनाम रचना गरे । दुर्योधन र अर्जुन दुवैले श्रीकृषण्को विराट रुप वा विश्वरुप देखेका थिए तर दुर्योधनले त्यसलाई नौटंकी ठान्यो भने अर्जुनले त्यस रुपको दर्शन पछि ईश्वर भन्ने कुरा थाहा पाइ श्रीकृष्णको आज्ञा पालन गरे । <ref>* महाभारत टी भी धारावाहिक</ref>
|