"सुभद्रा अधिकारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६:
 
गायिका [[तारादेवी]]को संगतले रेडियो नेपालमा गएर गीतसमेत गाएकी सुभद्राले [[महाकवि]] [[लक्ष्मीप्रसाद देवकोटा]]को [[मुनामदन]]मा मदनकी दिदी बनेर सर्वाधिक लामो समय ६-७ महिना सम्म अभिनय गर्नुभयो। वि.सं. २०६६ सालमा पति कृष्णप्रसाद अधिकारीलाई गुमाएपछि शोकसन्तप्त सुभद्राले ६ दशक लामो फिल्मी यात्रामा कहिल्यै हार्नुभएन। तर,यस क्षेत्रमा लागेर सम्मान पाउन नसकेको अनुभूति सुनाउने उहाँमा चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा [[राष्ट्रपति]] [[विद्यादेवी भण्डारी]]बाट ३ लाख ५१ हजार १ सय ११ रुपियाँ सहित चलचित्र दीर्घ साधना सम्मान पाएपछि प्रसन्नता छाएको थियो।
 
धेरै कलाकारका लागी उत्प्रेरणा हुन् सुभद्रा। [[नेपाली]] कलाकारले नगरेको अर्को काम उनले गरिन्। उनले लेखेका दुईवटा पुस्तक प्रकाशित-'एकपाङ्ग्रे रथ' र 'कलाकार सुभद्रा अधिकारी जीवनगाथा'। यी किताबले नेपाली नृत्य र चलचित्रका धेरै लुकेका तथ्य,काम र नामलाई खोलिदिएका छन्। अत्यन्तै प्रतिभाशाली हुँदाहुँदै भद्रता र शालीनता उनको अर्को गहना हो। उनले विद्यालयसम्म औपचारिक अध्ययन पूरा नगरेता पनि नेपाली र नेपाल भाषा दुवैमाथिको दक्खल निक्कै बलियो छ। उनी भाषा र परिस्थिति खेलाएर 'इम्प्रोभाइजेसन' गर्न सक्ने शक्तिशाली कलाकार हुन्। उनको निधन वि.सं.२०७६ साउन ३२ शनिवारको दिन बिहानको समयमा आफ्नै डल्लु स्थित निवासमा भएको हो।
 
==सन्दर्भ सामग्रीहरू==