"रङ्पुर जिल्ला" का संशोधनहरू बिचको अन्तर

→‎भाषा: सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ११३:
*[[कुनिया उपजिल्ला|कुनिया]]
*[[रङ्पुर सदर उपजिल्ला|रङ्पुर सदर]]
*[[पिरगाछा उपजिल्ला|पिरगाछा]]
*[[पिरगञ्ज उपजिल्ला|पिरगञ्ज]]
*[[तारागञ्ज उपजिल्ला|तारागञ्ज]]
 
यस जिल्लाको सदरमुकाम रङ्पुर सहरले ४३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ जुन घघाट नदिको किनारमा अवस्थित छ भने यस सहरलाई सन् १८६९ मा नगरपालिका घोषित गरिएको थियो। सन् २००६ को जनगणना अनुसार रङ्पुर नगरपालिकाको जनसङ्ख्या २५१७९९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५२% छ भने महिलाको जनसङ्ख्या ४८% रहेको छ। यस सहरको साक्षरता दर ५४.६% रहेको छ। रङ्पुर सहर विभाग कुल १०० वर्ग किलोमिटरमा फैलिएको छ भने सन् २०११ को जनगणना अनुसार यसको जनसङ्ख्या ६० लाख रहेको छ। रङ्पुर सहर बङ्लादेशका ढाका (१२५ मिलियन) चट्टग्राम (३० मिलियन), खुलना (१० मिलियन) र राजशाही (८ मिलियन) पछिको पाँचौं ठूलो सहर हो।
 
== शिक्षा ==
यस जिल्लाको कुल साक्षरता दर ४१.९१% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४६.५०% र महिलाको साक्षरता दर ३७.०६% रहेको छ। यस जिल्लामा १ विश्वविद्यालय, १ मिडिकल कलेज, २ शिक्षण अस्पताल, १ कानुन विद्यालय, १ आयुर्वेदिक कलेज, ६५ कलेज, ३२० माध्यमिक विद्यालय, ११६६ सामुदायिक विद्यालय, २५ मन्टेस्वरी, ३७० मदरसा रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; बेगुम रोकाय विश्वविद्यालय (सन् २००८), रङ्पुर कलेज (सन् १९१६), बेगसम रोकाय सरकारी मोहिला कलेज (सन् १९६४), रङ्पुर मेडिकल कलेज (सन् १९६६), रङ्पुर सैनिक क्याम्पस (सन् १९७७), रङ्पुर जिला कलेज (सन् १८७६), रङ्पुर कन्या उच्च विद्यालय (सन् १८७६), कैलाश राजन उच्च विद्यालय (सन् १९१३) आदि छन्।
 
बेगुम रोकाय रोकाया विश्वविद्यालय रङ्पुर जिल्लाको एक मात्र विश्वविद्यालय हो। रङ्पुरमा अवस्थित रङ्पुर मेडिकल कलेज जुन बङ्गलादेशको प्रमुख शिक्षण विद्यालय हो।
 
== केही प्रसिद्ध स्थानहरू ==
रङ्पुर सहरको दक्षिणमा ताजहट दरवार अवस्थित छ जसलाई पहिले जमिन्दार दरवार वा राजवरी दरवार पनि भन्ने गरिन्थ्यो। ब्रिटिस शासन कालको समाप्ति पश्चात् यो दरवार राम्रोसँग हेरचाह नगरेका कारण कमजोर बनेको थियो तर त्यसको बाबजुद पनि यो सन् १९८० को दशकमा एक न्याय लयको रुपमा परिचित थियो। सन् २००४ मा यस दरवारलाई पूर्ण रुपमा प्राचीन सामग्रीहरू र शैलीको प्रयोग गरी फेरबदल गरि एक सङ्ग्राहलय बनाइएको थियो। रङ्पुर सहरमा यसको अलावा विभिन्न अतिथी बस्नका लागि घर र अन्य थुप्रै सङ्ग्राहलयहरू रहेका छन्।
 
पिरबोधामा बेगम रोकायाको जन्म स्थलमा एक सङ्ग्राहल र महिला शिक्षण केन्द्रको स्थापना गरिएको छ। यो स्थलमा रङ्पुर सहरबाट आधा घण्टाको सवारी साधनमा यात्रा गरिसके पछि पुग्न सकिन्छ। ताजबरी सङ्ग्राहलय बाट केही दुरीमा रङ्पुर सहरमा एक सङ्ग्राहलय अवस्थित छ।
 
रङ्पुर सहरको मध्ये भागमा एक ठूलो चिडियाखाना अवस्थित छ र सोही स्थानको नजिकमा "टाउन हल" नामक एक ठूलो सभा मण्डप रहेको छ जहाँ विभिन्न साँस्कृतिक कार्यक्रमहरू आयोजना हुने गर्दछ। यस जिल्लामा आफ्नै खनिज उत्खनन् केन्द्र र कलकारखानाको कमीका कारण यस जिल्ला अर्थतन्त्र कृषिमा बढी निर्भर छ। यस जिल्लाका दुर्गम क्षेत्रका मानिसहरूको जमिन नभएका कारण आएको स्रोत कमजोर छ। यस जिल्लामा वर्ष याममा बाढी आउने गरेको छ जसका कारण जन धनको ठूलो मात्रामा क्षेती हुने गरेको छ। यस जिल्लाको विभिन्न स्थानहरूबाट कोइला उत्खनन् गरिएको छ। यस जिल्लामा थुप्रै सैनिक अड्डुहरू रहेका छन्।
 
== सन्दर्भ सामग्री ==
{{सन्दर्भसूची}}