'''विक्रम सम्बत''' हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो हो। यो पात्रो [[नेपाल]]को, [[भारत]] जस्ता देशहरूमा चलनचल्तीमा रहेको छ। यो सम्वत् [[भारत]]मा भन्दा पनि नेपालमा निकै प्रचलित सम्बत् हो। यो नेपालको राष्ट्रिय पात्रो हो । यो प्राचिनप्राचीन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रोमापात्रो अनुसार वर्षको सुरूवात [[बैशाख]] महिनाको पहिलो दिनबाट हुन्छ । विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बतसम्बत् लाई सौर्य पात्रोमा आधारित पात्रो भनिएको हो। यस सम्बत् सूर्य सँग सम्बन्धित भएकाले यस पात्रोमा सूर्य ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । राजा [[विक्रमादित्य]]ले सुरुवात गरेको विक्रम सम्बतको नेपालमा आधिकारिक रूपमा [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]को पालादेखि सुरू भएको हो ।