"आँधीबेहरी" का संशोधनहरू बिचको अन्तर

सा अद्यावधिक
पङ्क्ति ३४:
 
यस पुस्तकको प्रकाशकीयमा [[नेपाल प्रज्ञा प्रतिष्ठान]]का उपकुलपति विष्णुविभु घिमिरेले [[सुमन पोखरेल|अनुवादक]]को [[अङ्ग्रेजी भाषा]] र [[नेपाली भाषा]]मा समान विद्वता रहेकाले प्रस्तुत अनूदित कृति स्तरीय बनेको र यो ग्रन्थ [[नेपालमा नाटक परम्परा|नेपाली नाट्य-साहित्य]]का लागि विशेष पठनीय रहेको बताएका छन् ।<ref name="AB3">{{cite book|last1=शेक्सपियर|first1=विलियम|author-link1=विलियम शेक्सपियर| translator-last1=पोखरेल|translator-first1=सुमन|translator-link1=सुमन पोखरेल|translator-mask1=|last2=पोखरेल|first2=सुमन|author-link2=सुमन पोखरेल|date=|year=२०७५|orig-year=१६१०-१६११ इ.सं.|title=आँधीबेहरी|trans-title=The Tempest|language=नेपाली|edition=पहिलो|publisher=नेपाल प्रज्ञा प्रतिष्ठान|chapter=प्रकाशकीय - विष्णुविभु घिमिरे|chapter type=प्रकाशकीय|publication-date=२०७५|pages=८४ |ISBN ९७८९९३७७२३०८४|location=काठमान्डु}}</ref> [[नेपाल प्रज्ञा प्रतिष्ठान]], अनुवाद विभागका प्रमुख उषा ठाकुरका अनुसार यस अनूदित कृतिको अनुवाद कार्य अत्यन्त विश्वसनीय रहेको छ । उनले सहजता, सरलता, स्वभाविकताले परिपूर्ण यस अनुवादमा भावको मौलिकता अक्षुण्ण, भाषा भावानुकुल, वर्ण विन्यास र शब्द प्रयोग सराहनीय साथै स्थिर र स्थापित शैलीको प्रयोग प्रशंसनीय रहेको उल्लेख गरेकी छन् । साथै [[विलियम शेक्सपियर|शेक्सपियर]]को एक कालजयी कृति र त्यसको सन्देशलाई नेपाली भाषामा अनुवाद गरेर [[सुमन पोखरेल]]ले उल्लेखनीय कार्य गरेका बताएकी छन् । उनका अनुसार अत्यन्त मेहनत र इमान्दारीले गरेको यो अनुवाद कार्यको प्राज्ञिक महत्व हुनेछ र नेपाली नाटक साहित्यको श्रीवृद्धिमा यस अनुदित कृतिको योगदान उल्लेख्य हुनेछ ।<ref name="AB4">{{cite book|last1=शेक्सपियर|first1=विलियम|author-link1=विलियम शेक्सपियर| translator-last1=पोखरेल|translator-first1=सुमन|translator-link1=सुमन पोखरेल|translator-mask1=|last2=पोखरेल|first2=सुमन|author-link2=सुमन पोखरेल|date=|year=२०७५|orig-year=१६१०-१६११ इ.सं.|title=आँधीबेहरी|trans-title=The Tempest|language=नेपाली|edition=पहिलो|publisher=नेपाल प्रज्ञा प्रतिष्ठान|chapter=विभागीय मन्तब्य - उषा ठाकुर|chapter type=भूमिका|publication-date=२०७५|pages=८४ |ISBN ९७८९९३७७२३०८४|location=काठमान्डु}}</ref>
 
"नाटक अनुवादको चुनौतीहरूलाई आत्मसात् गर्दै “यस नाटकलाई चार शताब्दीअघिको बेलायतबाट अहिलेको नेपालमा ल्याउने क्रममा भूगोल र समय सँगसँगै कतिपय कुरालाई आफूले ठानेको आवश्यकताअनुसार फेरेर ल्याएको छु (पे.१०)।” भन्ने पोखरेल यस नाटकलाई अङ्ग्रेजी भाषाबाट नेपालीमा अनुवाद गरेर नेपाली बोलचालकै लवजमा अर्थात् नेपाली संस्कारकै शैलीमा प्रस्तुत गर्न सफल भएका छन्। यसरी अनुवाद गरिनुले यो नाटक मौलिक नेपाली नाटक हो कि भन्ने भान हुन सक्छ। त्यस समयको नाटक अहिले यस रूपमा आउन सक्नु खुशीको कुरो हो। यस नाटकको अनुवादमा कवि एवम् नाटककार सुमन पोखरेल अनुवादक मात्र नभएर कुशल शब्दशिल्पी र सिर्जनानुवादकका रूपमा देखा परेका छन्। पोखरेलका यही क्षमताका कारणले गर्दा नै यो नाटक पढ्दा पुस्तकमै मञ्चित भएझैँ लाग्दछ। नाटकका पात्रहरूको चरित्रअनुसार संवादमा शब्दहरूको छनोट र रखाइ प्रक्रिया कलात्मक ढङ्गले भएको भेटिन्छ। सहजता र आवश्यकताअनुसार ‘बतासे बजिया (पृष्ठ–१४)’, ‘यता मुन्टी (पृष्ठ–२४), खटिरे छाउरो (पृष्ठ–२३), भुस्याहा कुकुर (पृष्ठ–१४), झ्वाम्म, सन्काहा, लठारो आदिजस्ता झर्रो नेपाली भाषाका पद र पदावलीहरू, काँसघारी, घोरमुखा, विश्वासघाती आदि जस्ता समस्त शब्दहरू, आँधी नचर्काउनुस् (पृष्ठ–१३), कुहिएको घाँटीले धेर नभुक (पृष्ठ–१४), मेरो पाइतालाले अब मलाई सिकाउने भो? (पृष्ठ–३०), खुत्रुकै पार्ने (पृष्ठ–३७), सिस्नुको बीऊ छर्ने थिए (पृष्ठ–३६), हिलोको अत्तर छर्किएर (पृष्ठ–३३), फतरफतर नगरिकन बाटो देखा (पृष्ठ–४८) आदि जस्ता टुक्काहरूको प्रयोग गरिएका छन्। संवादहरू पढ्दा यिनै टुक्का तथा शब्दहरू नै उक्त ठाउँमा सबैभन्दा उपयुक्त हो, जस्तो लाग्दछ।" समीक्षक दिपक शम्चुले यस अनुवादबारेमा आफ्नो विचार व्यक्त गरेका छन् । <ref name="nepalipublic.com">{{cite web|url=http://nepalipublic.com/archives/29424#.XJc4ThEzbIU|title=शेक्सपियरको ‘आँधीबेहरी’|language=नेपाली||first=दिपक|last=शम्चु|author-link=|publisher=नेपाली पब्लिक |website=nepalipublic.com |date=23 March 2019 |accessdate=2019-03-24}}</ref>
 
==नाटकका पात्रहरू==
"https://ne.wikipedia.org/wiki/आँधीबेहरी" बाट अनुप्रेषित