"माडी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८०:
 
==परिचय==
[[चितवन जिल्ला|चितवन]] जिल्लाको माडी क्षेत्र पनि वर्षौंदेखि भौतिक विकास र सहज जीवनयापनको पर्खाइमा रहिआएको छ । माडी क्षेत्र धार्मिक, ऐतिहासिक, आधुनिक कृषि र पर्यटकीय हिसाबले अग्रस्थानमा रहिआएको छ । माडी क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय अवस्थाका बारेमा अध्ययन, अनुसन्धान र वैज्ञानिक शोधकार्य तयार पार्नु आवश्यक देखिन्छ । पूर्व–पश्चिम राजमार्गको [[भरतपुर उपमहानगरपालिका|भरतपुर]] खण्डबाट दक्षिणतर्फ करिब ३६ किमी परदेखि माडी क्षेत्र शुरू हुन्छ । यो यात्रा सार्वजनिक गाडीका लागि २ देखि ३ घन्टाको हुने गर्दछ । भरतपुरको चौबीसकोठीबाट दक्षिण तर्फ लागेपछि कृष्णपुर, यज्ञपुरी, प्रेमबस्ती, चोकबजार, [[गीतानगर]], पकौडी, [[पटिहानी]], [[जगतपुर, चितवन|जगतपुर]] अनि [[चितवन राष्ट्रिय निकुञ्ज]] पार गरेपछि आउने समथर भूभाग नै माडी क्षेत्र हो । समथर भूभागको बाहुल्य रहेको माडी क्षेत्रको चारैतिर उच्च पहाड देख्न सकिन्छ । चितवनको दक्षिण भेगमा भारतसँग सिमाना जोडिएर रहेको [[माडी उपत्यका|माडी]] क्षेत्रको कुल क्षेत्रफल (समुन्द्र सतहबाट १४४ मीटर देखि १९४७ मीटरसम्म )२३८.५५ वर्ग किमी रहेको छ । भूबनोटका हिसाबले माडीका अधिकांश भागहरु समथर भूभागले ओगटेको छ । माडीको चारैतिर घेरिएर रहेको जंगली क्षेत्र भने पहाडी भूबनोटले बनेका छन् । यसरी जगंली भागदेखि चुलिँदै गएका यी भूभागहरु मडी क्षेत्रको उत्तरमा चुरे पर्वत र दक्षिणमा सोमेश्वर पुगेर टुंगिन्छन् । माडीबासीको जीवन भोगाइको अनुभव लामो समयसम्म अस्वाभाविक रुपमा स्थिर रहिरहे पनि पछिल्लो समयमा भने माडीले भौतिक विकासतर्फ अगाडि बढेसँगैं माडीबासीको जीवन भोगाइ सहज बन्दै गइरहेको छ । माडीको भौगोलिक अवस्थिति, ऐतिहासिक दस्तावेज तथा प्राकृतिक श्रोत र साधन अझै राज्यको चासोको विषय बन्न सकेको छैन ।
 
==पृष्ठभूमि==
==पृष्ठभूमि==
काठमाडौंमा लिच्छवि वंशको शासन शुरू भएपछि लिच्छवि [[राजा]] मानदेवले तत्कालीन मल्लपुरी आक्रमण गरी [[काठमाडौं उपत्यका|काठमान्डौँ]] फर्कने क्रममा चितवनमा [[थारु जाति|थारु]] जातिको बसोबास शुरू भएको भन्ने अनुमान गरिन्छ र चितवनमा बसोबासको शुरूवात माडी क्षेत्रबाट भएको हुन सक्ने अनुमान सजिलै लगाउन सकिन्छ । लिच्छविकालीन राजा अशुंवर्माको पालामा भारतसँग हुने गरेका सबै व्यापारहरु माडीको सोमेश्वरको बाटो हुँदै हुने गर्दथे । हालको माडीको सोमेश्वर त्यतिखेरको एकमात्र [[नेपाल]] र भारतबीचको सीमा नाका थियो । यसरी लिच्छविकालमा माडी एउटा व्यापारिक नाका भएको प्रस्ट हुन आउँछ । यसबाट हामीले अनुमान गर्न सक्छौँ कि [[चितवन जिल्ला|चितवन]]को सभ्यता माडीबाट शुरू भएको हुनुपर्छ ।