"नरबहादुर कर्माचार्य" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २८:
 
==राजनीतिक जिवन==
नरबहादुर कर्माचार्य बिसं २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर [[राणा विरोधी आन्दोलन]] र [[मजदुर आन्दोलन]]मा सक्रिय थिए। त्यही क्रममा उनी जेल पर्नुका साथै निर्वासनमा समेत जानुपरेको थियो। उनले त्यतिबेला [[राष्ट्रिय कांग्रेस]]का नेताहरूलाई मिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए। राष्ट्रिय कांग्रेसबाट देश र जनताको पक्षमा केही नहुने रहेछ भन्ने निष्कर्षमा पुगेर अर्को क्रान्तिकारी पार्टी निर्माणमा लागेका कर्माचार्य [[चिनियाँ जनक्रान्ति]] र [[भारत]]को [[तेलङ्गाना किसान विद्रोह]]बाट प्रेरित थिए। २००६ साल वैशाख १० गते [[नेपाल कम्युनिष्ट पार्टी]]को स्थापना गर्ने तीन हस्तीमध्ये नरबहादुर कर्माचार्य पनि एक थिए। [[पुष्पलाल श्रेष्ठ]]को नेतृत्वमा [[नारायणविलास जोशी]] र [[निरञ्जन गोविन्द वैद्य]] र कर्माचार्य मिलेर [[भारत]]को [[कोलकाता|कलकत्ता]]मा अवस्थित बडाबजारमा [[नेपाल कम्युनिष्ट पार्टी]]को स्थापना भएको थियो। कम्युनिष्ट पार्टीको गठन पश्चात उनी मजदुर सङ्गठनका पनि संस्थापक अध्यक्ष थिए। उहाँ पार्टीले सञ्चालन गरेका विभिन्न राजनीतिक आन्दोलनहरूमा सक्रियतापूर्वक लाग्दै २०१६ सालमा तत्कालिन [[ललितपुर नगरपालिका]]को मेयरमा निर्वाचित भएका थिए। उनी बिसंबि.सं. २०१९ सालमा तेस्रो महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए। त्यसपछि पार्टी फुट र विभाजनको श्रृंखला सुरु भएपछि उनी लगायत केही साथीहरू स्वतन्त्र भएर कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनथाले। उनले विभाजित समूहहरूलाई एकीकृत बनाउन निरन्तर पहल र प्रयत्न गरे। यही क्रममा चौथो महाधिवेशनमा एकताबद्ध भएर केन्द्रीय सदस्य पनि भए। [[नेकपा एकता केन्द्र]] निर्माण हुँदा उनी एकता केन्द्र तदर्थ समितिको अध्यक्ष समेत भए। जीवनको अन्तिम समयमा [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)|एकीकृत नेकपा माओवादी]]को संरक्षक भएका कर्माचार्य जीवनको अन्तिम क्षणसम्म पनि सक्रिय भैरहे। उनी जीवनभर अविवाहित रहे। <ref name=NJ/>
 
==निधन==