"ट्रिपल एच" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १५०:
==== द अथोरिटी (सन् २०१३-२०१६) ====
==== विभिन्न दुश्मनी (सन् २०१६-२०१८) ====
फिन ब्यनलरले रोलिन्सलाई समरस्ल्याम हराएपछि उनी डब्ल्युडब्ल्युई युनिभर्सल च्याम्पियनसिप जितेका थिए र त्यस खेलमा ब्यालको पाखुरामाचोट लागेका कारण उनले युनिभर्सल च्याम्पियनसिप विजेता बनेको १ दिनमै उपाधि गुमाउनु परेको थियो। ब्यालरले च्याम्पियनसिप छाडेपछि युनिभर्सल च्याम्पियनसिपका लागि रोलिन्स, रेन्ज, केभिन अोवेन्स र बिग क्यास मैदान उत्रिएका थिए जुन खेल फेटल ४-वे इलिमिनेसन म्याच बनाइएको थियो जहाँ ट्रिपल एच ''र''मा देखा परेका थिए भने उक्त खेलमा उनले हस्तक्षेप गर्दै रेन्जलाई पेडिग्रि हानेका थिए जसका कारण रेन्ज खेलबाट बाहिरिएका थिए। ट्रिपल एचले पुन रोलिन्सलाई आक्रमण गर्दै अोवेन्सलाई युनिभर्सल विजेता बन्न सहयोग गरेका थिए। ३० जनवरीका दिन रोलिन्सको खेल सेमि जेनसँग तय गरिएको थियो र त्यस खेलका विजेताले रोयल रम्बर २०१७ खेल्न पाउने नियम रहेको थियो। त्यस खेलको बीचमा ट्रिपल एचको कुस्ती खेल्न आउने सङ्गीत बजाउँदै रोलिन्सलाई झुक्याइएको थियो जसका कारण खेल जेनले जित्न सफल भएका थिए। २८ जनवरीका दिन रोलिन्स एनएक्सटी टेक अोभर सान एन्टोनीयो कार्यक्रममा अवरोध पुर्‍याउँदै उक्त कार्यक्रममा सञ्चालक र स्थापक ट्रिपल एचलाई बोलाएका थिए तर त्यस कार्यक्रममा ट्रिपल एचले एनएक्सटीमा कार्यरत अन्य रेफ्रि र व्यक्तिहरूलाईसुरक्षाकर्मीलाई बोलाई रोलिन्सलाई त्यस ठाउँबाट हटाउन आग्रह गरेका थिए त्यस पछि रोलिन्सलाई सबै जनाले समात्दै उनलाई त्यस ठाउँबाट हटाएका थिए। ३० जनवरी २०१७ मा ट्रिपल एच सन् २०१६ अगस्ट पछि पहिलो पटक रिङ्गमा अाएका थिए भने उनले रोलिन्सले दिएको चुनौतीको स्विकार गरेका थिए। त्यसर रातको अर्को हप्ता रोलिन्स रिङमा छँदा र ट्रिपल एच बाहिर हुँदा रोलिन्सलाई पछाडिबाट समोवा जोले आक्रमण गरेका थिए जसलाई एचले ल्याएका थिए। जोले रोलिन्सलाई बेहोस बनाएका थिए जसका कारण उनको फेरि पहिला भाँचिएको खुट्टामा चोट लागेको थियो। रेसलमेनिया ३३ मा रोलिन्स सामना ट्रिपल एचसँग भएको थियो र उक्त खेलमा रोलिन्सले एचले अन्तिम चालको रूपमा प्रयोग गर्ने पेडिग्रा हान्दै एचलाई हराएका थिए।
 
नोभेम्बर १३ ''र''को एक शृङ्खलामा ट्रिपल एचले उनी परम्परागत सरभाइभर सिरिजमा ''र''को तर्थबाट खेल खेल्ने घोषणा गरेका थिए। सरभाइभर सिरिजमा कर्ट एङ्गलले 'र'का कप्तानको भूमिकामा रहेका थिए भने एङ्गलले अन्तिममा स्म्याकडाउनका अन्तिम प्रतिद्वन्द्वीलाई निस्कृय गराउने क्रममा ट्रिपल एचले अाफ्नै टोलीका कप्तान एङ्गललाई पेडिग्रि हान्दै उनलाई बहिराउन स्म्याकडाउनका सदस्यलाई सहयोग पुर्‍याएका थिए तर एङ्गल खेलबाट बाहिरीनि बित्तिकै एचले उनलाई अाक्रमण गर्दै खेल ''र''को हातमा पारेका थिए। खेल सकिएपछि ''र''का अर्का खेलाडी ब्रन स्ट्रोम्यानले ट्रिपल एचलाई अाक्रमण गरेका थिए। ट्रिपल एच त्यसपछिको अर्को दिनक१ ''र''मा देखा परेका थिए।
 
==== डि-जेनेरेसन एक्सको तेस्रो पुनर्मिलन (सन् २०१८–हाल) ====
"https://ne.wikipedia.org/wiki/ट्रिपल_एच" बाट अनुप्रेषित