"कोशी टप्पु वन्यजन्तु आरक्ष" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा वि. म.: हिज्जे ठीक (-श्रीलंका +श्रीलङ्का)
पङ्क्ति ५३:
[[सिसौ]], [[खयर]] र [[सिमल]]का रूख र पोथ्रा-पोथ्रीहरूले भरिएको यो टप्पु [[सिमसार]] भूमि र दलदले क्षेत्र बाहेक चराको वासका रूपमा पनि लागि विश्वमै प्रसिद्ध छ। यहाँ ४२० प्रजातिका स्थायी चरा छन्, हरेक वर्ष साइबेरियाबाट हिमाल नाघेर अस्थायी चरा पनि केही महिनाका लागि डेरा खोज्दै आइपुग्छन। अर्ना त नेपालमा केवल यहीँ मात्र पाइन्छ। यसैले कोशीटप्पुलाई अर्नाको राजधानी, चराको स्वर्ग भनिन्छ।
 
नदीको केही भाग समेत समेटेर १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष क्षेत्रमा अर्ना र दुर्लभ चराको अवलोकन गर्न बर्सेनि विदेशी पर्यटकहरू आउँछन। विश्वमै कहीँ नपाइने [[स्वाम प्याष्ट्रिज]] नामक चरा यहाँ पाइन्छ। कात्तिकदेखि फागुन महिनासम्ममा [[रुस|रूस]], [[श्रीलंकाश्रीलङ्का|श्रीलङ्का]], [[भारत]], [[तिब्बत]] आदि देशहरूबाट हुल बाँधेर चराका बथान आइपुग्छन। केही समय यहाँ बास बसेपछि यी चराहरूले [[पाकिस्तान]], [[अफगानिस्तान]] हुँदै [[अफ्रीका|अफ्रिका]], [[युरोप]]तिर बेग हान्ने चरा अध्येताहरू बताउँछन। कोशीको धमिलो पानीमा क्रेन प्रजातिका लामो घाँटी भएका चराहरूका साथै [[कर्‍याङकुरुङ]], [[सारस]], [[पानीहाँस]] हुलका हुल देख्न पाइन्छ। डल्फिन र [[घडियाल]] गोही पनि कोश टप्पुका आकर्षण हुन।
 
कात्तिकदेखि फागुनसम्म [[अर्ना]] र चराको संसार घुमघाम र दृश्यावलोकनका लागि बढी उपयुक्त मानिन्छ। यो अवधिमा चराहरूको भीडले कोशीटप्पुको रौनक नै अर्कै हुन्छ। अझै हात्ती चढेर आरक्षण र नजीकैका गाउँ घुम्दाको मज्जै बेग्लै हुन्छ। तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएको सप्तकोशी यहाँको अर्को आकर्षण हो। आरक्षण घुम्न जानेहरूका लागि आसपासका क्षेत्र र सप्तकोशी नदीमाथिको र्‍याफ्टिण्ङ समेत तान्नसक्छ। काभ्रे जिल्लाको दोलालघाटबाट भोटेकोशीमा र्‍याफ्टिङ गर्दै बराहक्षेत्र-चतरा निस्केर कोशीटप्पु भ्रमण गर्न सकिन्छ। धरानबाट २६ किमी उत्तर मूलघाट गएर र्‍याफ्टिङ गर्दै चतरा भएर कोशीटप्पु समेत झर्न सकिन्छ। चतराबाट ३० किलोमिटर दक्षिणमा पर्ने कोशीटप्पुसम्म सप्तकोशीमा नौका विहारको आनन्दसमेत लिन सकिन्छ।