"फुटबल खेल" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-बिकास +विकास)
सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
पङ्क्ति २५:
तर, प्रतिबन्धले यो खेलको लोकप्रियता तथा विकासलाई रोक्न सकेन। फुटबलले आधुनिक र ब्यबस्थित स्वरुप सन् १८६३ मा भएको हो। त्यसै बर्षदेखि इंग्ल्याण्ड फुटबल एशोसिएशनको गठन भयो। सन् १८७२ मा इंग्ल्याण्ड र स्कटल्याण्डका बीच पहिलो अन्तराष्ट्रिय खेल भयो।
पछि फुटबल एशोसिएशन कपको शुरुवात भयो। भारतमा डुरंड कप प्रतियोगिता आयोजना गरियो। यो प्रतियोगिता बिश्वको दोश्रो आधुनिक फुटबल प्रतियोगिता मानिन्छ। ओलम्पिक खेलमा फुटबल खेल सन् १८९६ देखि समावेश गरियो।
शुरुका चारवटा ओलम्पिकमा फुटबल प्रतियोगिताको पदक इंग्ल्याण्डले जितेको थियो। यता सन् १९०४ मा युरोपका सातवटा फुटबल संगठनहरुकोसङ्गठनहरुको एक बैठक बस्यो। फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्याण्ड, स्पेन, स्वीडेन र स्वीट्जरल्याण्डका फुटबल संगठनहरुसङ्गठनहरु सहभागी रहेको उक्त बैठकले फुटबल खेललाई अन्तराष्ट्रिय रुपमै एकरुपता पार्न तथा ब्यबस्थित ढंगले सञ्चालन गर्न एउटा अन्तराष्ट्रिय संस्था बनाउने निर्णय गर्यो।
फलत अन्तराष्ट्रिय फुटबल महासंघको जन्म भयो। फिफा गठन भएकै अवसरमा भएको पहिलो बैठकमा फिफाले प्रत्येक चार बर्षमा एक पटक बिश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्ने निर्णय गर्यो।
तर, अन्तराष्ट्रिय स्तरको बिश्वकप फुटबल सञ्चालन गर्ने निर्णय तत्काल कार्यान्वयन हुन सकेन । निर्णय भएको करीब २६ बर्षपछि मात्र सन् १९३० मा पहिलो पटक बिश्वकप फुटबल प्रतियोगिता उरुग्वेमा आयोजना गरियो।
"https://ne.wikipedia.org/wiki/फुटबल_खेल" बाट अनुप्रेषित