"नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)" का संशोधनहरू बिचको अन्तर

समयरेखा जोड्दै लेख मिलाउँदै
सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
पङ्क्ति ३२:
 
== पाँचौं महाधिवेशन : (२०४१ मंशीर १ देखि १६ सम्म) : ==
२०४१ मंशीर १–१६ सम्म पाँचौं महाधिवेशन भयो । महाधिवेशनले मोहन बिक्रमको सारसंग्रहवादी कार्यदिशा पास ग¥यो । तर यौन काण्डका कारण महाधिवेशनमा व्यापक बहस भई उनलाई हलबाट कार्वाही गरी बाहिर निकालियो । महाधिवेशनमा क. प्रचण्डद्घारा मोहन विक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन प्रस्तुत भयो । महाधिवेशनले मोहन वैद्य (किरण) लाई महामन्त्रीमा निर्वाचित ग¥यो । २०४२ सालमा पाँचौं महाधिवेशनबाट निर्वाचित १७ जना केन्द्रीय सदस्यमध्ये ४ जनलाई लिएर मोहन बिक्रमले ने.क.पा. (मसाल) गठन गरे २०४३ सालमा यसको सम्मेलन गरे । २०४३ सालमा ने.क.पा.(मशाल) को तर्फबाट काठमाण्डौंका प्रहरी विटमा आक्रमण र पोष्टर टाँस्ने काम भयो, जुन घटनामा पार्टीका धेरै कार्यकर्ता गिरफ्तार परे र पार्टीलाई गम्भीर क्षति पुग्यो । जुन घटनालाई सेक्टरकाण्ड भनिन्छ । सेक्टरकाण्डमा पार्टीको योजना असफल भएपछि मोहन वैद्यले महामन्त्रीबाट राजीनामा दिए । २०४५ सालमा ने.क.पा.(मशाल) को सम्मेलनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित ग¥यो र माओवाद पास ग¥यो । साथै दीर्घकालीन जनयुद्धको कार्यदिशा समेत पास ग¥यो । २०४६ सालको जनआन्दोलनमा ने.क.पा.(मशाल), ने.क.पा.(मसाल), सर्वहारा श्रमिक संगठनसङ्गठन, ने.क.पा.(चौम) लगायत मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति बन्यो ।
 
== २०४७ देखि हालसम्म (ध्रुवीकरणको अवधि) : ==
पङ्क्ति ३८:
 
== एकीकृत ने.क.पा. (माओवादी) : ==
२०४७ श्रावणमा ने.क.पा.(मशाल), प्रचण्ड, ने.क.पा.(चौम), निर्मल लामा, सर्वहारावादी श्रमिक संगठनसङ्गठन, रुपलाल विश्वकर्मा, बीचमा एकता भई पार्टी नाम ने.क.पा. (एकताकेन्द्र) राखियो । २०४७ को अन्त्यतिर मोहन विक्रमको ने.क.पा.(मसाल) बाट विद्रोह गरी हरिवोल गजुरेल (शितलकुमार) को नेतृत्वमा डा. बाबुराम भट्टराई लगायतको टिम ने.क.पा. (एकताकेन्द्र)मा प्रवेश ग¥यो ।
 
== एकता राष्ट्रिय महाधिवेशन : (२०४८ मंशीर ४) : ==