"चन्द" का संशोधनहरू बिचको अन्तर

सा
वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
सा (वि. म.: हिज्जे ठीक (-लिंकहरू +लिङ्कहरू))
सा (वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि))
यसैगरी भारतको उत्तराखंड राज्यमा ११ औं शताब्दीदेखि चन्दवंशले १९ औं शताब्दीसम्म शासन गरेकाले त्यस क्षेत्रमा (कुमाउँ, गढवाल, काँगडा, पिथौरागढ, सिंजावलीगढ, चम्पावत आदी) पनि चन्दवंशको सामाजिक स्थान र पहिचान अत्यन्त सबल रहेको देखिन्छ ।<ref name= "गौतम गोत्र"/>
==चन्द वंशको उद्गम==
चन्द ठकुरी [[गौतम गोत्र|गौतम]] गोत्री, कत्यायन [[सूत्र (हिन्दु धर्म)|श्राउतसूत्री]], कत्यान गृहसूत्री, वौद्धायन धर्मसूत्री, मध्यनी [[शाखा]], [[शुक्ल यजुर्वेद]], त्रिनय (तीन) [[प्रवर]] (अङ्गिरा, अयस्या र गौतम) अन्तर्गत पर्दछन् । तसर्थ चन्द ठकुरी महर्षि [[गौतम ऋषि|गौतम]]का सन्तती हुन् भन्ने प्रष्ट छ । चन्द भन्ने थरको बारेमा प्राचिन कालिन खोज गर्दा निकै अगाडीअगाडि पुग्नु पर्ने हुन्छ । किनकि महर्षि गौतमको जन्म र जिवन व्यतित कहाँ भयो, उनका सन्ततीहरू कहाँ बसोवास गर्नथाले र हजारौं वर्षको समयान्तरालमा उनीहरू कहाँबाट कहाँसम्म पुगे ? भन्ने विषयलाई निरुपण गर्नुपर्ने हुन्छ ।<ref name= "गौतम गोत्र"/>
प्राचिन ग्रन्थहरूले महर्षि गौतमको जिवन व्यतित भएको स्थान प्राचिन कालको [[मिथिला]] राज्य अन्तर्गत (मिथिला उपवन) जहाँबाट [[गोदावरी नदी]] बग्दथ्यो त्यही गोदावरी नदीको किनारमा महर्षि गौतमको आश्रम थियो । महर्षि गौतमले [[अहिल्या]]लाई विवाह गरी त्यही कुटीमा लगेका थिए । त्यो मिथिला वन गोदावरी नदी र [[गंगा नदी]]को बीचमा पर्दथ्यो । महर्षि गौतमको आश्रम भएको स्थानदेखि सामुन्ने गोदावरी नदीको पारी पट्टीको किनारमा त्यस समयको सबैभन्दा विकसित र सम्पन्न मानिएको पुष्कर नामको शहर थियो भनि उल्लेख छ । यस तथ्यबाट प्रष्ट हुन्छ कि, महर्षि गौतमका सन्ततीहरू मिथिला राज्यबाट फैलिएका थिए । महर्षि गौतमका छोरा [[सतानन्द|शतानन्द]] त्यसबेलाको मिथिला राज्यका राज पुरोहित भएका थिए । तसर्थ महर्षि गौतमका सन्ततीहरूको विकास मिथिला राज्यमा भएको स्पष्ट छ । यसरी महर्षि गौतमका तीन छोराहरू [[वामदेव]], [[नोधास]] र सतानन्दले मिथिला राज्यमा बसोवास गर्दै आफ्नो वंश फैलाएको देखिन्छ । <ref name= "गौतम गोत्र"/>
यसरी मिथिलाबाट फैलिएका महर्षि [[गौतम ऋषि|गौतम]]का सन्ततीहरू अर्थात सुरुवाती समयका [[गौतम गोत्र|गौतम]] गोत्रीहरू समयको अन्तरालसँगै मिथिलामा संख्यात्मक हिसाबले बढ्दै गए । चारै तिर फैलिदै जाने क्रममा मिथिला पछी गौतम गोत्रीहरूको संख्यात्मक विकास प्राचिनकालको [[लुम्बिनी]] क्षेत्रमा भएको देखिन्छ । गौतम गोत्रीहरूको संख्यात्मक विकाससँगै लुम्बिनीमा गौतम गोत्री क्षेत्रियहरूको राजवंश नै स्थापना भयो । त्यस राजवंशलाई [[शाक्य वंश]] भन्ने गरिन्छ । त्यही शाक्य वंशका एक जना राजा शुद्धोधनका जेठा छोराको रुपमा राजकुमार शिद्धार्थको जन्म भएको थियो । राजकुमार शिद्धार्थ पछि गएर भगवान [[गौतम बुद्ध]] कहलिए । गौतम गोत्रीहरूको सभ्यता अत्यन्त शिखरमा पुगेका बखत लुम्विनीमा विदुशक नामका राजाले गरेको आक्रमणबाट लुम्विनी सभ्यता समाप्त भयो । त्यस समयमा करिब ७७,००० मान्छेको ज्यान गयो । त्यस आम हत्यामा सबैभन्दा बढी गौतम गोत्रीहरूको मृत्यु भएको थियो । त्यो महाविनासबाट बचेर भागेका गौतम गोत्रीहरू वर्तमान भारतको [[इलाहाबाद]] नजिकै पर्ने कन्नौज क्षेत्रमा गइ बसोवास गर्न थाले । यसरी कन्नौज आइ बसोवास गर्ने गौतम गोत्रीहरूमा केही मिथिलाबाट सिधै आएका र केही लुम्विनीको महाविनासबाट बच्न भनि आएका थिए । कन्नौज हाल भारतको [[उत्तर प्रदेश]] राज्य अन्तर्गत पर्दछ । अहिले कन्नौज अवस्थित जिल्लाको नाम नै [[कन्नौज जिल्ला]] रहेको छ । यसको प्राचिन नाम कान्यकुब्ज थियो । आधिकारिक इतिहास अनुसार कन्नौज [[विक्रम संवत]]को सातौं शताब्दीमा सम्राट हर्षवर्धनको सामराज्यको राजधानी थियो । यो स्थान गौतम गोत्री [[क्षेत्री|क्षेत्रीय]] तथा [[ब्राह्मण]]हरूको इतिहास उजागर गर्ने एक प्रमुख स्थानको रुपमा रहेको छ । प्राचिन ग्रन्थहरूले उल्लेख गरे अनुसार कन्नौजमा सम्राट हर्षवर्द्धनको कब्जा हुनुपूर्व र हर्षवर्द्धन पछि त्यहाँ गौतम गोत्री हिन्दूहरूको शासन थियो । गौतम गोत्रीहरूले त्यस क्षेत्रमा एक समृद्ध र सभ्य राज्य खडा गरी राजकाज गरेका थिए । त्यस समयको कन्नौजी राजवंशलाई गहडवाला राजवंश भनिन्थ्यो । यस राजवंशले वि.सं. १११३ सम्म राज्य गरेको र यस वंशका अन्तिम राजा जय चन्द थिए । यस राजवंशको इतिहासले प्रष्ट बताउँछ कि चन्दहरूको थर १० शताब्दीको अघिबाट नै चन्द भनी प्रयोग गर्न थालिएको थियो । करिब दशौं शताब्दीको अन्त्यतिर कन्नौजमा [[मुसलमान]]हरूको आक्रमण भएपछि कन्नौजको चन्दराज्य छिन्न भिन्न भयो । त्यहाँका चन्दवंश राजपुरुषहरू ज्यान र धर्म जोगाउन यत्र तत्र भाग्ने क्रममा सबैभन्दा ठुलो समुह र सबै भन्दा प्रभावशाली व्याक्तीहरू कन्नौजबाट उत्तर पश्चिमको पहाड तर्फ गएका थिए ।<ref name= "गौतम गोत्र"/>
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/662288" बाट अनुप्रेषित