"सन यात सेन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक) |
||
पङ्क्ति ६:
चीनको गोङडङ प्रान्तको जोङसानमा १२ नोवेम्बर १८६६मा जन्मेका सेन चीन का प्रथम क्रान्ति नायक एवम राजनीतिज्ञ थिए| चीनको राज्यक्रान्तिका नायकहरूमा उनको नाम अग्रपङ्क्तिमा आउँछ। १२ मार्च १९२५मा मृत्यु भएका डा. सन यात-सेनलाई चीनलगायत विश्वभरि नै अहिले पनि बडो आदरपूर्वक हेर्ने गरिन्छ। चीनको राजधानी बेइजिङको मुख्य भागमा उनको सालिक स्थापना गरिएको छ।
उनी आफ्नो पढाइ र पेशाका कारणले पनि उदार र प्रगतिशील चिन्तन थिए। कुइङ राजाहरूको राज्यसत्ताको विरोध गर्ने र प्रजातान्त्रिक पद्धति अनुकूलको
सुधारवादीहरूको असफलताले गर्दा केही क्रान्तिकारीहरूमा नयाँ चेतना आयो। शक्तिशाली साम्राज्यवादी देशहरूले चीनका विरुद्धमा डरलाग्दो आक्रमण सुरु गरे यी देशहरूको संयुक्त आक्रमणले गर्दा चीन अति नराम्रोसँग लुटियो। धेरै चिनियाँ नागरिकहरू मारिए। यसले गर्दा चिनियाँ जनताले प्रजातान्त्रिक आन्दोलन सुरु गरे। ज्याङ विङलिङ, जाउ रङ, चेन तिन्हुवा र कुई जिनसमेत नेताहरूले क्रान्तिको नेतृत्व गरे। उनीहरूले जनतालाई क्रान्तिको झण्डा उठाउन, तरबार समाउन र युद्धमैदानमा खडा भएर चीन लुट्ने साम्राज्यवादीहरू विरुद्ध उत्रन जनतालाई अपील गरे। ती क्रान्तिकारीका उद्देश्य र भनाइहरू, कामहरू बहादुरीपूर्ण बलिदानी र अनुकरणीय थिए। ज्याङ विङलिङलाई जेलमा हालियो र पछि देश निकाला गरियो। जाउ रङ एक्काइस वर्षकै उमेरमा जेलमै मरे। कुई जिनलाई शहीद बनाइयो। उनी त्यो बेला तेइस वर्षका मात्र थिए। ती क्रान्तिकारीहरू आफ्नो लक्षमा सफल नभए पनि उनीहरूले क्रान्तिलाई अग्रगति दिन सफल भए। उनीहरूले फैलाएको चेतना र प्रजातन्त्रका लागि खनेको क्रान्तिको गोरेटोले प्रजातान्त्रिक संस्था जन्माउने वातावरण बनायो।
अगस्ट २०, १९०५ का दिन सन यात-सेनको नेतृत्वमा केही क्रान्तिकारीहरूले टङ मेङ हुई 'चाइनिज रिभोलुसनरी लिग' नाम गरेको चीनको पहिलो मध्यमार्गी पार्टी गठन गरे। सन यात-सेनले क्रान्ति सफल पार्न तीनवटा प्रमुख क्रान्तिहरू एकैसाथ हुनुपर्ने प्रस्ताव गरे। एकैपटक राष्ट्रिय,
सन यात-सेनले जनताका तीन सिद्धान्त अगाडि सारे जसमा राष्ट्रियताको सिद्धान्त, प्रजातन्त्रको सिद्धान्त र जनताको जनजीविकाको सिद्धान्त। यो सिद्धान्तलाई थ्री पिपुल्स पि्रन्सिपल नामले पनि चिनिन्छ। सामान्तवादी राजसंस्थाको अन्त्य र साम्राज्यवादी अतिक्रमणको अन्त्यका लागि हतियार बन्द क्रान्ति सुरु गरियो। सबै विद्रोहहरू असफल भए तर पनि क्रान्तिकारीहरूले आफ्नो धैर्य र धेय गुमाएनन्। रक्तरञ्जित विद्रोहहरू कायम नै रहे।त्यो समयमा सम्पूर्ण चीन अभाव र अनिर्णयको बन्दी जस्तो देखिन थाल्यो। सन् १९०९मा सम्पूर्ण चीनभरि १३० वटा विद्रोह भए भने सन् १९१०मा २९० भन्दा बढी विद्रोहहरू भए। सेनडोङमा सन् १९११मा थेग्न नसकिने कर र लेभी उठाएको विरोधमा कडा विद्रोहहरू भए। सन् १९११को चीनको रेलवे राइट विद्रोहले चीनका धेरै प्रान्तलाई हल्लायो। यसको प्रभाव चीन बाहिर पनि सशक्तरूपमा फैलियो।
|