"ठकुरी" का संशोधनहरू बिचको अन्तर

True fact
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
'''ठकुरी''' नेपाली आदिवासी वा जनजाति समूहको एउटा प्रमुख जात समुह् हो कहिले कुसुण्डा त कहिले बाबुसाहेब भनेर विशेषण थपेर बोलाईने र चिनाइने यो जाति नेपाली भूमिमा भूमिपुत्रको रूपमा परिचित मुख्य जाति वा जनजाति हो । ठकुरीहरूलाई विभिन्न कोणहरूबाट विश्लेषण गरिन्छ। नेपालमा मुलत मंगोल र आर्य दुवै रगत नशा र मोहोडाका धनि ठकुरीहरू छन्। नेपालको ऐतिहासिक काल देखि नै बिभिन्न समय र परिस्थितिमा महत्वपुर्ण भुमिका निर्वाह् गर्दै आएको यस जातिको इतिहासमा विषेश छुट्टै प्रकारले विष्लेशण गरिन्छ। [[कर्णाली प्रदेश|कर्णाली]] र गण्डकी प्रदेश इतिहास खोतल्दा ठकुरी जातिको पुरै इतिव्रिति पाइन्छ। अहिले नेपालको जातिलाई राजनीतिकरण गरेर आर्य खस , जनजाति, दलित र मधेशी भनेर बिभाजन गरिएको र ठकुरीलाई आर्य खसमा राखिएको छ । तर ठकुरी आर्य खस हुदै होइन | ठकुरीलाई जातियवद शिकार बनाइएकोले आर्य खस भनिएको हो । ठकुरी नेपाली भूमिमा आदिकाल देखि रहदै आएको मुख्य जाति हो। आफ्नो स्वार्थको भन्दा पनि विषेश अरुको लागि आफ्नो जीवन योगदान दिने जीवन भर अर्काको लागि लड्ने यस जाति नेपालको वीर जाती हो । ठकुरीलाई खस वा मगर जातिको विकसित रुपमा पनि वर्णन गरिन्छ । ठकुरी एउटा प्रकृति पुजक जनजाति वा जाति समुह हो । जसले सदियौ काल देखि प्रकृतिका कोटी कोटी खानी लाई पुज्दै आएका पनि छन् । जस्तै मस्टो पूजा , गौडी पूजा ( गाईको गोठ ), भीमसेन पूजा ( भैसीको गोठ ), भएर पूजा ( बाघ पूजा ), छाउदी पूजा ( माछा पूजा ) , सर्प पूजा ( नांग पूजा ), संसारीमाई पूजा ( प्राकृतिक विपत्तिवाट – चट्टयाङ्ग-वर्षा- हावाहुरी-खोला नालाको विपत्ति वाट जोगिनको लागि गरिने पूजा ) श्री पंचमीमा गाईको दुध प्रयोग गरि गरिने हलो पूजा हुन्। यस्ता भुमि र प्रकृतिलाई पूजा गर्ने हामी ठकुरीहरू प्राकृतिक पूजक होइनौ र ? भय्रर लाई मकै चडाएर ( पूजा ) गर्ने दुदिलो मकै खाने ( मकै वाली पाकिसके पछि भय्रर लाई नचढाई खान हुन्न भानिन्छ) र, वालाचातुर्दशिमा धानको वाला चडाएर ( पूजा ) गरेर मात्र ति वाली अन्न भित्राउने प्रचलन छ । ठकुरीकाथरहरूमा उच्चै,खाँड, चन्द ,ज्यु ,पाल , बम, बंशी , मल्ल , मेदासी ,राठौर , शाह , शाही , सिंह ,सेन , हमाल, आदी हुन। अरुपनि धेरैथर भएका ठकुरीहरू जनाकारमा आएको पाइएको छ।
ठकुरी
 
'''ठकुरी '''
माथि लेखिएको जस्तो ठकुरीहरू छेत्री जाति होईन तर छेत्रियको अर्थ लडाकु हो भन्ने हुनाले केहि ठकुरीहरू आफैंलाई क्षेेेेत्रीय भन्न रुचााउथे।
ठकुरी शब्दको उदभव तथा विकास<ref name=" लाल बहादुर बम ठकुरी "> कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा रजवार ठकुरी वंशावली (२०७०) </ref>
ऐतिहासिक कालमा सम्मानका साथ राजपरिवारका शाखा सन्तान तथा सदस्यहरुलाई “राउला /राजा /रौतेला /रौतेली/रजवार /कण्ठे /कण्ढे /गुसाँई /लल्लु /लल्ली /मैयाँ/ रानीसाप/द्यान”ले सम्बोधन गर्ने गरिन्थ्यो । राजपरिवारका सदस्यहरुलाई मात्र सम्बोधन गरिने यी मौलिक शब्दहरु थिए । यस्ता सम्मानित शब्द राजपरिवारका सदस्यहरु बाहेक अन्यकालागि प्रयोग हुँदैन्थ्यो । आज यी मौलिक पहिचानका शब्दहरु मध्ये कण्ठे, कण्ढे, गुसाँई, द्यान, रौतेला, राउला शब्दहरु लोपभईसके भन्दापनि हुन्छ । नेपाल एकीकरण अभियान यता स्थान विषेशका भाषा, शब्दहरुमा पनि केही परिवर्तन हुँन् पुग्यो । ठकुरीहरुका लागि प्रयोग गरिने विभिन्न मौलिक शब्दको स्थान ठकुरी भनिने एक शब्दले लियो । यसै कारण नेपालको एकीकरण वि.स.१८४७ यता आएर राजपरिवारका शाखा सन्तानलाई बाबुसाई, रानीसाप, कण्ठे, मैयाँ, लल्लु,, रौतेला, राजा भनेर घरपरिवार समाजमा कही कतै सम्वोधन गर्ने गरेपनि सर्वत्ररुपमा ठकुरी भन्ने शब्दबाट लिखित र व्यवहारिक रुपमा ज्यादा सम्मानित गर्न थालेको पाईन्छ । यस ठकुरी भन्ने शब्दका सम्बन्धमा विभिन्न तर्क विचार रहेकाछन् ।
ठकुरी/ठाकुर सम्बन्धमा राजकीय डिग्रीकालेज मानिला (अलमोडा ÷ उत्तराखण्ड भारत) का पुरातत्वविद् डा.श्यामकोली आप्mनो प्रकाशन पिथौडागढका राजनैतिक एवं साँस्कृतिक इतिहासमा लेख्नु हुन्छ ः राजस्थान की भाँति यहाँ भी ठक्कुर प्रथा थी । इस प्रथाके अन्तर्गत जो प्रभावशाली व्यक्ति राजाको युद्धके समय सैनिक दे सकता था , उसे ठक्कुर या ठाकुर कहा जाता था ठक्कुर ब्राह्मण भी हो सकता था राजपुत भी, मनेर ताम्रपत्रमे गणेशशर्मा नामक ब्राह्मणको ठाकुर कहा गया है भनिएको छ ।
सुदूरपश्चिम क्षेत्रका डा.देवी प्रसाद ओझाका अनुसार उन्नत राज्य व्यवस्थाको धनी प्रतापी राज्य कत्यूर (कार्तिकेयपुर) को राज्य संगठनमा ठक्कुर भनिने एउटा विशिष्ट उपाधि पदको हिसावले त्यति बेलाको राज्य व्यवस्थामा अति सम्मानित राजकिए मर्यादा क्रमको तेश्रो वा चौथो स्थानमा पर्दथ्यो । सम्भवत कत्यूरी राजवंश र यसवंशका समकक्षी उपाधिधारी राजवंशका कुनै राजपुरुषले यतातिर आई विभिन्न ऐतिहासिक कारणहरुले कसैले पुरानै थर र कुनै काम, स्थान र अवस्था अनुसार बनेका कुनैका नया“थरले समान स्तरिय जातजातिहरुमा विभाजितहुनु परेपनि समष्टिगत रुपमा मुलतः आप्mनो रजवार, ठकुरी भनिने पहिचानलाई आजसम्म पनि कायमै राख्न सफल भएको देखिन्छ । त्यसैकारणले गर्दा ठकुरी समुहमापर्ने जातिका मानिसहरुलाई समष्टिगतमा सम्बोधन गरिदा ठकुरी/राजा भनेपछि उच्चजातिको राजपुरुषको रुपमा चिनिने गरिन्छ ।
नेपालका इतिहासविद् डा. राजाराम सुवेदी, डा. सूर्यमणी अधिकारीका अनुसार ठकुरी क्षेत्रीहरुकै एउटा उपजाति हो । ठकुरी पदवी सुरुमा हिन्दूस्थानबाट नेपाल पसेका राजपूत वैदिक शासक परिवारलाई दिने गरिन्थ्यो । त्यस बाहेक बाहुनहरुले नै वैश्यहरुबाट क्षेत्रीबनेका रैथाने नेपाली र बास्तविक उच्च क्षत्रिय÷क्षेत्रीको रुपमा परिचित खान्दानलाई छुट्टयाउन पनि यस्तो पदवी दिन थाले । ठकुरीहरुको मुलथलो पश्चिम नेपाल हो । त्यहँ“ं पहिले उनीहरु राजा/रजौटा थिए । पूर्वमा ठकुरी हम्मेसी भटीदैनन् । वितेका शताब्दीहरुमा केही ठकुरीहरु प्राचीन रैथाने नेपाली जाति (मज्ञेल) स“ग मिसिए । यसले गर्दा अहिले ठकुरी र अरु तरिकाले क्षेत्री भएका मानिस बीच खासै अन्तर भेटिदैन, तर सामाजिक रुपमा ठकुरी भनिने जातिको मान मर्यादा अन्य क्षेत्री जातिको भन्दा उच्चरहेको छ ।
नेपालमा
*(१) बैदिक आर्यन ,
*(२) खश आर्यन र
*(३) मंगोलमुलकागरी तीन किसिमका ठकुरीहरु भेटिन्छन |
यिनका आ-आफ्नै मान्यता, चालचलन देबी/देवता ,मौलिकता, भाषा, रहन सहन छ | शाररिक बनौट पनि फरक -फरक देखा पर्छ | ३ किसिमका ठकुरी अन्तर्गतपर्ने नेपाली ठकुरीका थरहरु निम्न अनुसार छन् | [[पाल]] , [[बम]], [[चन्द]], [[देउवा]] , [[सिंह]] , [[शाही]], [[मल्ल]], शाह, [[सेन]] , [[राठौर]] , [[बोगटी]] ([[डोटी बोगटान]]को),[[हमाल]], [[राणा]],[[खाँण]],[[उच्चै]], [[वंशी]] आदि | अरु पनि धेरै थर भएका ठकुरीहरू जनाकारमा आएको पाइएको छ। बैदिक आर्यन ठकुरीको इतिहास र पहिचानसंग खश आर्यन ठकुरीको इतिहास र पहिचान मिल्दैन | मंगोल ठकुरीको इतिहास र पहिचानसंग अन्यको मिल्दैन | यस कारण यस बिषयमा बिबिधता छ | एक ठकुरीको इतिहास र पहिचानलाई सबै ठकुरीको इतिहास र पहिचान भन्नु गलत हुन्छ | ठकुरीको बिषयमा लेख्दा धेरै कुराको बिषयमा बुझेर ,जानेर लेख्नु पर्छ |
==ठकुरी बनेका मगरहरु <ref name=" प्रा.डा.सूर्यमणि आधिकारी "> प्रा.डा.सूर्यमणि आधिकारी, खश साम्राज्यको इतिहास, (वि.स.२०६१)को पृष्ट ८८मा लेखिए अनुसार “ </ref>==
खश साम्राज्यलाई शक्तिशाली बनाउनमा मगरहरुको दोहरो भूमिका थियो । साम्राज्यको केन्द्रीय प्रशासनमा उनीहरुको निकट र सार्थक सहभागिता थियो भने गण्डकी प्रदेशका सामन्त शासकहरुका हैसियतमा मगर मुखियाहरुले वफादार सहयोगीको रुपमा स्थानीय प्रशासन चलाएका थिए । खश साम्राज्यको अवसानपछि मात्र मगर सामन्त राजाहरुले खान, सेन, शाह आदिका रुपमा आ–आप्mनो थर परिवर्तन गरी आपूmलाई स्वतन्त्र राजा घोषित गरेका थिए । थर र जात परिवर्तन गरी मगर शासकहरुले आपूmलाई ठकुरी भनाए भन्ने सम्बन्धमा मानवशास्त्रीहरुपनि सहमत छन् ।” यस मानेमा नेपालका ठकुरीहरु सबै एउटै छैनन् । यहाँ खश, मगर, वैश्यहरुपनि कुनै कालखण्डमा ठकुरी भएको विषय सत्य हो । यो कुरा रुप, रंग, चाल चलन खवाई लवाई, मान्यता तिनका देवी देवता संस्कार,धर्मको विषयमा अध्ययन गर्दा सहजै अनुमान गर्न सकिन्छ । “गण्डकी प्रदेशका गोर्खा, लम्जुङ, कास्की, पर्वत, तनहुँ, भिरकोट, पाल्पा, गुल्मी, प्यूठानभेगमा गुरुङ मगर जातिका मुखियाहरुले खश साम्राज्यको अधीनस्त सामन्तको रुपमा स्थानीय प्रशासन चलाएका थिए । स्थानीय प्रशासनमा चारजात गुरुङहरुको विशेष भूमिका थियो ।
*चारजात गुरुङमा लामा(धर्मगुरु),
*लामिछाने(सेनापति),
*घले(राजा) र
*घोताने (मन्त्री) वर्गलाई लिईन्थ्यो ।
*अन्य सोह्जातका गुरुङ र मगरहरु प्रजावर्गमा पर्दथे ।(पृष्ठ८६)
*यस सम्बन्धमा केही आधारहरु भेटिएकाछन् । ने.सं.११९ (वि.स.१०५५) मा लेखिएको एउटा पुस्तकको पुष्पिकावाक्यमा गण्डीगुल्म निवासी सुवर्णकार श्री राणक को उल्लेख पाईएको छ । सुनको कारोवार गर्ने भएकोले उनलाई सुवर्णकार भनिएको र उनी गण्डी अथवा गण्डकीनजिक गुल्मीका मगर भएको बुझिन्छ । तत्कालीन नेपाल उपत्यकाका केही अभिलेखमा तिलिकम राण,वुवार वुदा राने,ओम राण,देवु राणक, तिभुयि राणक, गृवल्लो राण, बुंद्दा राणे पाक आदि राने,राणे,राणकजस्ता पदधारी व्यक्तिको उल्लेख पाइएको छ । यिनीहरु मध्ये केहीलाई नायक भनिएको छ र केही ताडपत्र तमसुकका दृष्टसाक्षीका रुपमा सम्मानित छन् । राणकपदले सामन्त राजालाई जनाउँथ्यो । विशेष गरेर मगरात प्रदेशमा पूर्व मध्यकालमा मगरहरुको प्रभावशाली अस्तित्वलाई दृष्टिगत गर्दा खश साम्राज्यको विघटनपछि वि.स.१४७५ तिर भिरकोटमा स्वतन्त्र राज्य स्थापना गर्ने आठटीका शाही खानदानका साझापूर्खा भूपाल राणा पनि राणक वा राने पदधारी मगरकै वंशधर ठहरिएमा अन्यथा हुने छैन्”(पृष्ठ ८७) भनेर नेपालको गोर्खा राजवंशलाई समेत मगरकै शाखा भएको कुरा प्रा.डा.सूर्यमणि अधिकारीले, खश साम्राज्यको इतिहासमा संकेत गरेका छन् । मगरात क्षेत्रमा अधिकांश ठकुरी भनिनेहरु कश्यप गोत्रका र विभिन्न नामका बाह् मष्टासँग सम्बन्धित भेटिन्छन् । त्यस भेगको मान्यता अनुसार ठकुरी र मगरलाई भाइ भाइ हुँन भन्ने भनाई पाईन्छ । कारण त्यहाँका ठकुरीहरुको पूर्खेउली सम्बन्ध मगरसँग भएरनै यसो भनिएको हुन सक्छ किन भने डोटीमा मल्ल र शाहीलाई भाइ भाइ भनिन्छ । बझाङमा बम र सिहलाई भाइ भाइ भनिन्छ । वोगटानमा पाल, बम, रजवार र ठकुरी वोगटीलाई भाइ भाइ भनिन्छ । कारण यी एउटै कुलखान्दान भएरनै भाइ भाइ भनिएको होे । डा. सूर्यमणि अधिकारीले उठान गरेको विविध विषयका साथै उहाँले उल्लेख गरेका कल्हणकृत राजतरङ्गिणी, लमजुङका गंग रानक ले सारेको अष्टसाहस्रिका प्रज्ञापारमिता नामको बौद्धग्रन्थको प्रतिलिपिको आधार र अन्य विषयको विश्लेषण अनुसार नेपालमा गैरठकुरीहरु ठकुरीबन्ने लहर आजभोलिमात्र नभएर पहिलेदेखिनै रहेको देखिन्छ । यस कारण ठकुरी,ब्राह्मण बन्ने लहर खश साम्राज्यकालबाट भएको बताईन्छ । वर्तमानमा त शुद्र जातिकाहरु ठकुरी, ब्राह्मणका थर लेख्दैछन् भने केही दशक यताबाट कुकुडे, पवाईखश, वोहरा, धामी, सहितकाहरु ठकुरीका थर लेख्ने कार्यमा लागेकाछन् । यो कुरा हाम्रो समाजमा देखिदै छ ।
 
==बाह्य लिङ्कहरू==
भाषा (Languages) = [[नेपाली भाषा]], [[डोटेली भाषा]] र [राजकीय भाषा]
 
|धर्म (religions) = [[हिन्दु]] भित्र [[मष्टो देवता]] |मष्टो धर्म]]
|सम्बन्धित (related) = [[क्षत्रिय]], [[खस]]
 
6. [http://www.ethakuri.blogspot.comco.uk/ हामी ठकुरीठकुरीहरू ]
'''ठकुरी''' नेपाली मूलनिवासी जाति हो । यो जातिको बाहुल्यता सुदूरपश्चिम र मध्यपश्चिमान्चलमा छ भने देशैभरि फैलिएको अबस्थामा छ। प्रायः ठकुरीहरुले नेपाली भाषासँग राजकीय भाषा (उदाहरण: आइस्यो, गइबक्सियोस्) प्रयोग गर्छन्। गोरो वर्ण अग्लो कद नेपालको सुदुर पश्चिप तिर ककेसियन खस मोहोडा र सुदुर पश्चिम बाहेक अन्य क्षेत्रका अधिकांश ठकुरी गोरो वर्ण, बाटुलो मंगोल मोहोडा भएका, नेपाली समाजमा सधैं निस्वार्थ, लालच रहित व्यक्तिगत र पारिवारिक स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय लक्ष्यका लागि अघि बढने मामाको छोरी बिबाह गर्ने (गण्डक क्षेत्र देखि पूर्व) र नगर्ने (सुदुर पश्चिम तिर) चलन भएको तर समान ठकुरी पदले आफुलाई चिनाउने नेपालको एउटै मात्र पवित्र झुण्ड ठकुरी हो, जो नेपालको भूमिमा आदिकाल देखि राष्ट्रियताको पक्षमा नेपाल आमाको सच्चा सुपुत्रको कर्तब्य परायणता भएर पटक पटक प्रमाणित गरेर देखाएको नेपालको सबै भन्दा पुरानो स्वर्णअक्षरले लिखित इतिहास भएको र मौखिक जन श्रुती समेत रहेको अमर वीर जाति हो । Thakuris are sometimes considered to be a sub caste Cheetri. They habitats all over the Nepal. Thakuri today are considered the most Hinduized of Nepal's ethnic groups many Thakuri high castes seem to have ancestral background at Gandaki Pradesh western part of Nepal, According to Encyclopedia <nowiki>''</nowiki> Magars, a distinct ethnic Mongoloid group of Nepal, who speak a dialect of their own of Tibeto Burman extaction and practice animism. They in-habit mainly the warmer central hills between the Tanahun and Palpa districts of Nepal and subsist primarily through agriculture. Thakuri today are considered the most Hinduized of Nepal's ethnic groups many Thakuri high castes seem to have a ancestral background , according to a widely prevailing belief in Nepal. They have made them-selves known to the word as Gurkha solders in the British, Indian and Nepali army. Socially, there are given a lower caste status by Hindus<nowiki>''</nowiki>
 
==सन्दर्भ सामग्रीहरू सामाग्री==
Encyclopedia , ह्यामिल्टन anवुकानन ( An Account of Kingdom of Nepal,) डोरबहादुर विष्टको ( Peoples of Nepal ) भनाइ अनुसार तनहुँ, स्यांग्जा, पाल्पा लम्जुंग तिरका ठकुरीको वंशज हुन् भनेर भनिएको हो । शाह वंशको कुल पुजा स्यांग्जाको आलम देवीको मन्दिर, गोर्खाको मनाकामाना मन्दिर, तनहुँको ढोरवाराही मन्दिरको इतिहास, गोर्खा राज्यको इतिहास, लिगलिगकोटको इतिहास, शाह वंशका पुर्खाहरु खंचा र मिंचा खान का इतिहासहरु ठकुरीको आदि इतिहास हुन् । मगरातका राजा मै हु भन्ने राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई उनका शशुराले लडाई गर्न जाँदा [[बाहुन]]लाई अगाडी बढाउदा पातक लाग्छ, मगरलाई अगाडी बढाउदा तान्गन घोडा हो ढिलो हुन्छ, ठकुरीलाई अगाडी बढाउदा सिंह हो ढिलो हुन्छ खस भनेको तुर्की घोडा हो छिटो हुन्छ भने उसो त उनको उपदेशमा आआफ्नो सेनामा खस, गुरुङ, मगर मात्रै राख्नु भनेका थिए l सदियौ काल देखि प्रकृतिलाइ पुज्दै आएका पनि छन् | जस्तै भएर पूजा ( बाघ पूजा ), छाउदी पूजा ( माछा पूजा ) , सर्प पूजा ( नांग पूजा ), संसारीमाई पूजा , गोरखाको मनकामना पूजा स्यांग्जाको आलाम देवी पूजा ( प्राकृतिक विपत्तिवाट – चट्टयाङ्ग-वर्षा- हावाहुरी-खोला नालाको विपत्ति वाट जोगिनको लागि गरिने पूजा ) श्री पंचमीमा गाईको दुध प्रयोग गरि गरिने हलो पूजा हुन्। यस्ता भुमि र प्रकृतिलाई पूजा गर्ने हामी ठकुरीहरू प्राकृतिक पूजक होइनौ र ? भय्रर् लाई मकै चडाएर ( पूजा ) गर्ने दुदिलो मकै खाने ( मकै वाली पाकिसके पछि भय्रर् लाई नचढाई खान हुन्न भानिन्छ)
{{reflist|}}
==हेर्नुहोस्==
*[[खस]]
 
[[श्रेणी:नेपालका जनजातिहरू]]
==ठकुरीका थरहरू==
[[श्रेणी:थर]]
Eden Vansitart ले ठकुरीहरुको थरलाइ उनको पुस्तक Notes of Nepal मा यसरी प्रस्तुत गरेका छन् | Thakur Clans निम्न अनुसार छन् :
बम, बंशी, चन्द, हमाल, मल्ल, शाह शाही,सिंह, सेन, पाल, समाल उचाई खांड खाण मात्र हुन |
Tha Sahi clan' is subDiVided intu the following Birkotia, Dhamar, Galkotia, Gurkhali, Ismali, Kallian, Navakotia, Surajbansi.( Shai, and Sah are one and the same - vide Brain Hodgson.)
नेपालमा मुख्यतय ठकुरीहरुका थरहरूमा उच्चै, खाँड, [[चन्द]], ज्यु, [[पाल]], बम, बंशी , [[मल्ल]] , मेदासी ,राठौर , शाह , , [[शाही]] , सिंह ,सेन ,हमाल, मात्र हुन । यस मध्येमा पनि देवी देवता धार्मिक संस्कार, सामाजिक मान्यता ,चालचलन र शाररिक बनौटको आधारमा ठकुरीहरूलाइ निम्न २ किसिममा वर्णन गर्न सकिन्छ
)
*क) [[खस]] आर्य (प्राचीनकालदेखि हिमाल वरपर बसोबासगर्ने) र
*ख) मंगोल मुलका नेपालमा छन् । यो कुरा उनको बसोबास रहेको समाजमा गएर अध्ययन अनुसन्धान गर्दा पुष्टी हुन्छ ।
 
==उल्लेखनीय ठकुरीहरू==
===राजा एवम् ऐतिहासिक पात्र===
*[[अंशुवर्मा]]
*[[भृकुटी]]
*भाष्करदेव
*हंशराज (जुम्ला)
*पुण्य मल्ल
*जितारी मल्ल
*मिन्चा खाँड
*खान्चा खाँड
*कुलमण्डन शाह (खाँण)
*[[द्रव्य शाह]]
*[[रामशाह]]
*[[पृथ्वी नारायण शाह]]
*[[बहादुर शाह]]
*[[मुकुन्द सेन]]
*रुद्र सेन
*धनु मल्ल (डिठ्ठा साब)
 
=== राजनीति, चलचित्र र रंगकर्मी
# [[लोकेन्द्र बहादुर चन्द]], [[नेपालका प्रधानमन्त्रीहरू|नेपालका प्रधानमन्त्री]]
#. [[कुँवर इन्द्रजित सिंह]], [[नेपालका प्रधानमन्त्रीहरू|नेपालका प्रधानमन्त्री]]
#.[[शेरबहादुर देउवा]] [[नेपालका प्रधानमन्त्रीहरू|नेपालका प्रधानमन्त्री]]
#. [[रमेश चन्द ठकुरी]], [[नेपाल प्रहरी]] महानिरीक्षक
#[[रविन्द्र प्रताप शाह]], [[नेपाल प्रहरी]] महानिरीक्षक
#. [[राजेश हमाल]], नेपाली अभिनेता
#. [[गौरी मल्ल]], नेपाली अभिनेत्री
#. [[खड़कबहादुर सिंह]] पूर्वमन्त्री
#. [[मौसमी मल्ल]], नेपाली अभिनेत्री
#. [[शर्मिला मल्ल]] (शाह), नेपाली अभिनेत्री
#. पल शाह, नेपाली अभिनेता
#. अश्लेशा ठकुरी, नेपाली अभिनेत्री
#. [[सुरज सिंह ठकुरी]] नेपाली अभिनेता
#. [[निर शाह]] नेपाली अभिनेता
#. अनुप विक्रम शाही, नेपाली अभिनेता
#. सुगन्ध चन्द,नेपाली सर्जक गायक
#. [[स्थिर बम मल्ल ]], सहिद
#. [[ बांका वीर शाही ]], नेपालको प्रथम सहिद
#. [[ महेन्द्र वीर विक्रम शाह ]], नेपालको राजा
#. [[विरेन्द्र वीर विक्रम शाह ]], नेपालको राजा
#. [[ दशरथ चन्द ]],[https://en.wikipedia.org/wiki/Dashrath_Chand Dasharath Chand] Martyr Nepal
#. [[राम सिंह ठाकुर]][https://hi.wikipedia.org/wiki/%E0%A4%A0%E0%A4%BE%E0%A4%95%E0%A5%81%E0%A4%B0_%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A4%B8%E0%A4%BF%E0%A4%82%E0%A4%B9 राम सिंह ठकुर /] [https://hi.wikipedia.org/wiki/%E0%A4%B0%E0%A4%BE%E0%A4%AE_%E0%A4%B8%E0%A4%BF%E0%A4%82%E0%A4%B9_%E0%A4%A0%E0%A4%BE%E0%A4%95%E0%A5%81%E0%A4%B0 ठकुरी] भारत स्वतंत्रता संग्राम सेनानी तथा संगीतकार एवं गीतकार
#. [[सहिद दुर्गा मल्ल]], [https://en.wikipedia.org/wiki/Durga_Malla Durga Malla] Martyr in India
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
1. An account of Kingdom of Nepal, Hamilton Buchanan
2. डोर वहादुर विष्ट,सबै जातको फुलबारी
3. Notes of Nepal, Aden Vansitart
4. Heroes Builders of Nepal, Rishikesh shaha
5. खसहरुको वास्तविकता डा.महेश राज पन्त
6. [http://www.ethakuri.blogspot.com हामी ठकुरी]
7. Gorkha ko Itihas.
 
==बाह्य लिङ्कहरू==
"https://ne.wikipedia.org/wiki/ठकुरी" बाट अनुप्रेषित