"सोह्र श्राद्ध" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४१:
 
पितृपक्षमा मांसाहारीहरू पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृहरूलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन्। साथै ज्वाइँ, भानिज, नाति नातिना र ब्राहृमण वर्गलाई भोजन गराई दक्षिणा दिन्छन्। हिन्दुधर्ममा नै आस्था राख्ने कुनै जाति विशेषले भने श्राद्धमा पनि रक्सी, मासु चढाउने गरेको पाइन्छ। यो लोकपरम्परा हो।
==श्राद्धमा के गर्ने के नगर्ने==
प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ ।
पितृपक्षमा गर्न नहुने कुरा
श्राद्ध आफ्नै घरमा गर्नुपर्छ, अर्काको घरमा गर्न निषेध छ ।