"सिन्धुली जिल्ला" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५२:
==सिन्धुली जिल्लाका मन्दिरहरू==
===कालीमाई मन्दिर===
[[कमलामाई नगरपालिनगरपालिका]]का वडा नं. ४ अवस्थित [[हिन्दू]]धर्मालम्वीहरूको आस्था र शक्तिकी प्रतिक श्री कालीमाई मन्दिर पूर्वमा ग्वाङखोला, पश्चिममा हरियाली वनजंगलले ढाकेको र विचमा रमणिय मधुटार गाउँको अवलोकन गर्न सकिन्छ। कालिमाईलाई शक्तिको प्रतिकको रूपमा भक्तजनहरूले मान्ने गरेको पाइन्छ। यस मन्दिरमा [[माघे सङ्क्रान्ति]]को पर्वमा भब्यमेला लाग्ने गर्दछ। यहाँ हजारौ नरनारीहरू आएर आ–आफ्नो मनोकाङ्क्षा पूरा गर्नको लागि पूजा आराधना गरी परेवा तथा कुखुराको वलि चढाउने गर्दछन्। राणाशासन कालमा सेनाको एक टुकडि आएर पहिला कालिमाईलाई र त्यसपछि कमलामाईलाई सलामी दिने गरेको उदाहरण विभिन्न लेख रचनाहरूमा उल्लेख गरेको पाइन्छ। दिलिपकुमार थापा द्वारा लिखित “सिन्धुलीको धार्मिक तथा ऐतिहासिक झलक” नामक पुस्तकमा उल्लेख गरिए अनुसार सिन्धुली गढीका तत्कालिन बडाहाकीम मिन्टुजङ्ग राणाले कालिमाइलाई सलामि दिनु पर्दैन श्री कमलामाईलाई मात्र गएर सलामी दिए हुन्छ भनेर सेनालाई आदेश दिएर कमलामाईको मन्दिरतर्फ बढ्न थालेपछि एक्कारी बडा हाकिम समेतका सेनाहरू थरथर काम्नथाले पछि अहो ! वित्यास म-यो श्री कमलामाईलाई सलामि नदिएर पो यस्तो भएको हो कि ? जाऊँ फर्केर भनि कालीमाईको मन्दिरमा आइपुग्नासाथ बेहोस भएछन। तत्कालिन पूजारीले श्री कालीमाईको स्तुति पुकारापात गरेपछि बडाहाकिम समेत होसमा आई सैनिकहरूले विधिपूर्वक श्रीइ कालीमाइलाई सलामी दिएर कमलामाइको मन्दिर तर्फ गएको भनाई उल्लेख गरेका छन्। हाल सम्म पनि भक्तजनहरू पहिला कालिकामाईको पूजा आराधना गरेर मात्र कमलामाईलाईको दर्शन गर्न जान्छन्।
 
यस कालिकामाई मन्दिरको स्थापना कहिले र कसले स्थापना गर्यो भन्नेबारे हाल सम्म कुनै अभिलेख प्राप्त भएको छैन। शक्तिकी प्रतिक जगनजननी श्री कालीमाईको भक्तिभावले पूजाआराधना गर्नाले आफ्नो मनोकांक्षा पूराहुने र शक्ति प्राप्त हुने जनआस्था र विश्वास हालसम्म पनि उत्तिकै रहि आएको पाइन्छ।<ref>{{cite web|url=http://www.sindhuligadhi.com|title=कालिकामाई मन्दिर