"नेवार जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४०:
- बाजा बजाउने र लुगा सिउने अछुत मानिने वर्गलाई कपाली, कुस्ले, जोगी,
- मासुका कारोबार गर्नेलाई खड्गी, शाही, कसाईं,
 
- छाला संबन्धी काम गर्ने अछुत मानिएको वर्ग लाई कुलु,
पङ्क्ति ५०:
- बौध मन्दिर पुजारी र सुन-चाँदिका गहना बनाउने काम गर्नेलाई बन्देजु, वरेजु वा शाक्य,
 
- हिन्दू वैदिक ब्राह्मण वर्ग लाई राजोपाध्याय, द्य ब्राह्मण, द्योउभाजु,
- हिन्दू तान्त्रिक पूजारी लाई कर्माचार्य, आचाजु,
पङ्क्ति ८३:
नेवार परिकार
 
बजि (चिउरा), व: (बारा),खें (अण्डा), मुस्या (भटमास), छोयला, कचिला, त:कुला, डायकुला, चतांमरी, योमरी, चाकु, अयला (रक्सी),
थों (जाँड)आदी धेरै प्रकार छन्। नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवार समुदायमा नै छन्। उनीहरू जन्मदेखि मृत्यु पश्चातसम्म र पर्व अनुसारको खाना प्रकार अलग अलग तयार गर्दछन्।
 
== नेवार चाडपर्व र जात्राहरू ==
नेवार समुदायमा चाडपर्व गथामुग:बाट शुरु भई सिथी नख: पछि अन्त हुन्छ। गथामुग: पछि गुन्हुपुन्हि (गाइजात्राको ९ दिन), मोहनी (दशैं), स्वन्ती वा न्हुदँ (तिहार), माघे संक्रान्ती, श्रीपंचमी, सिलाचह्रे (शिवरात्री), चैत्रदशैं, पाँहाचह्रे (नेपालीमा घोडेजात्रा), भोटोजात्रा, बुद्धजयन्ती, आदी मुख्य पर्वहरू मनाउने गर्दछन्।
 
जात्राहरू आफ्नो स्थानीय अनुसार अलग अलग मनाउने गर्दछन् । काठमाडौंमा इन्द्रजात्रा, सेतो मच्छेन्द्रनाथ जात्रा, पाटनमा रातो मच्छेन्द्रनाथ जात्रा, भक्तपुरमा बिस्केट जात्रा, कीर्तिपुरमा सातगाउँले जात्रा, हाँडीगाउँ जात्रा, खोकनामा सिकाली जात्रा, बनेपामा चण्डेश्वरी जात्रा, फर्पिङ्ग जात्रा, आदी जात्राहरू मनाउने गर्दछन् ।
पङ्क्ति ९५:
 
== नेपालभाषा ==
[[नेपाल भाषा|नेपालभाषा]] नेवारहरूको मातृभाषा हो । नेपालभाषा तिब्बत बर्मेली भाषा परिवारमा पर्ने एक भाषा हो । नेपालभाषालाई नेवार बाेलीचालीकाे भाषामा नेवाःभाय् भन्छन् जसकाे अर्थ नेवार भाषा हाे । तर, नेवारी भन्ने शब्द याे समुदायले मन पराउँदैन । जसरी तामाङ समुदायकाे भाषालार्इ तामाङी, गुरूङ समुदायकाे भाषा गुरूङी हुँदैन, त्यसरी नै नेवार समुदायकाे भाषा नेवारी हुँदैन भन्ने मान्यता यस समुदायकाे छ । जातकाे नाम नेवार, नेवार भाषाकाे अाैपचारिक नाम नेपालभाषा भनेर बुझ्नु पर्दछ । यस भाषामा शब्दका भण्डार छन्। क देखि ज्ञ सम्म क का कि की ... एक एक अक्षर समेतको अर्थ रहेका छन्। त्यस्तै १ देखि ९ सम्म र १०, २०, ३०, ४०, ५० आदि भन्न आए पछि सबै भन्न सक्नेछ। नेपाली भाषामा जस्तो अमिल्दो छैन। अङ्ग्रेजीमा समेत ११ देखि १९ सम्म मिल्दैन। तर नेपालभाषामा मिल्ने भएकोले अझ बैज्ञानिक देखिन्छ। जस्तो १(छि), २नसि, ३स्व, ४ पि, ५ न्या, ६ खु, ७ न्हस, ८ च्या, ९ गु, १० झि(सान्ह), ११झिछ(सान्हछि), १२झिनि, १३झिस्व, १४झिप्य, २०नी, २१नीछि, ३०स्वी, ३१स्वीछि, आदी। अनि साइज अनुसारको गणना गर्ने गरिन्छ । गोलो आकारको गणना गर्दा "ग" जोडेर "छग", "निग", "स्वग", आदी । लाम्चो आकारकोमा "पु" जोडेर "छपु", "निपु", आदी । यसको धेरै शब्दहरू जापानीज र चिनिया भाषासँग मिल्दो जुल्दो छन् ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/नेवार_जाति" बाट अनुप्रेषित