"भूमे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
'''अन्न जोगाउन प्रकृतिको पूजा''' :खेतीपाती सकेपछि यो पूजा प्रारम्भ हुन्छ,' मगर संघका अध्यक्ष कीर्तिमान पुनले भने, 'खेतीपाती गर्दा केही कीरा-फट्यांग्रा पनि मरेका हुन सक्छन् । त्यसबाट भएको क्षतिका लागि क्षमा माग्दै खेतीपाती राम्रो होस् भन्ने कामना हुन्छ ।' बालीनालीमा कीरा नलागोस्, बाढी-पहिरोले नोक्सान नगरोस् भनेर भूमि, वन-जंगल, सूर्य, चन्द्रको पूजा गर्ने चलन छ ।
 
असार १ गते सुरु हुने भूमे महोत्सव विगतमा रुकुम, रोल्पा आदि पहाडी जिल्लामा एक महिनासम्म मनाउने चलन थियो, तर अहिले बिस्तारै मनाउने दिन घट्दै गएको छ । आजभोलि यो चाड तीनदेखि सात दिनसम्म मनाइन्छ । पूर्खादेखि मनाइँदै आएको यो पर्वलाई मगर समुदायले सहायक पर्व मान्छ । 'मुख्य पर्व [['''माघेसंक्रान्ति''']] हो,' संघका संस्थापक मनबहादुर पुनले भने, 'त्यसपछिको पर्व भूमे नै हो । पूर्खाले जंगल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व मनाउन थालिएको हो ।'
 
भूमे पर्वमा मगर समुदायका सबै मानिस तालमा ताल मिलाएर नाच्छन् । वर्षभरि अन्य पहिरन लगाउनेहरूले पनि यो पर्वमा मगर समुदायको पहिचान दिने पटुकी, फेटा लगाउँछन् । मगर युवायुवतीदेखि वृद्धव ृद्धाहरूसम्म एउटै थलोमा लहरै उभिएर एकनासले नाच्छन् । नाच्दानाच्दै दोहोरी सुरु हुन्छ मगर खाम भाषामै । कसैले गत वर्ष भेटेको दिन सम्झना गर्छन्, कसैले वर्षभरि भोगेका दुःखसुखका कुरा निकाल्छन् त कसैले प्रकृति र अन्न-पानीका ।
"https://ne.wikipedia.org/wiki/भूमे" बाट अनुप्रेषित