"पुत्रदा एकादशी" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:पर्व जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[हिन्दू धर्म|हिन्दू]] धर्ममा [[एकादशी]]को व्रतले महत्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । [[अधिकमास]] अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । [[श्रावण]] [[शुक्ल पक्ष|शुक्ल]] एकादशीको नाम '''पुत्रदा एकादशी''' हो । यसको नाम सुन्दा मात्र वाजपेयी यज्ञको फल मिल्छ भन्ने पौराणिक कथा मा उल्लेख गरिएको छ । यसैले [[नेपाल]] तथा [[भारत]] लगायत सबै ठाउँमा बसोवास गर्ने हिन्दूहरूले पुत्रदा एकादशीलाई पर्वको रुपमा मनाउने गर्दछन्
 
== कथा ==
एक पटक राजा [[युधिष्ठिर]] भगवान [[कृष्ण]]सँग भन्न लागे हे भगवान! [[श्रावण]] [[शुक्ल]] [[एकादशी]]को नाम के हो ? व्रत लिने विधि तथा यसको माहात्म्य कृपा गरेर भन्नुहोस् । मधुसूदन भन्न लागे यस एकादशीको नाम पुत्रदा हो । अब तपाईं शान्तिपूर्वक यसको कथा सुन्नुहोस् । यसलाई सुन्नाले मात्र वायपेयी यज्ञको फल मिल्दछ ।<ref name="पुस्तक"> गिता प्रस गोरखपुर द्वारा प्रकाशित हिन्दी पुस्क एकादशी महिमा तथा व्रतकथा</ref>
 
[[द्वापर युग]]को आरम्भमा महिष्मति नामको एक नगर थियो, जसमा महीजित नामका राजा राज्य गर्दथे, तर पुत्रहीन हुनाको कारण राजालाई राज्य सुखदायक लाग्दैन थ्यो उनको भनाई थियो कि जसको सन्तान छैन, त्यसको लागि यो लोक परलोक दुबै दु:खदायक हुन्छन् । पुत्र सुखको प्राप्तिको लागि राजाले अनेक उपाय गरे तर राजालाई पुत्र प्राप्ति हुन सकेन ।
पङ्क्ति २३:
लोमश मुनि भन्न लागे श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा एकादशी भनिन्छ, तिमी सबैले व्रत गर र रात्रिमा जागरण गर यसले राजाको पूर्व जन्मको पाप अवश्य नष्ट हुनेछ, साथै राजालाई पुत्रको अवश्य प्राप्ति हुनेछ । लोमश ऋषिका यस्ता वचन सुनेर मन्त्रिहरू सहित सबै प्रजाहरू नगरमा फर्केर आए । जब श्रावण शुक्ल एकादशी आयो ऋषिको आज्ञानुसार सबैले पुत्रदा एकादशीको व्रत र जागरण गरे ।
 
यस पश्चात द्वादशीका दिन यसको पुण्यको फल राजालाई दिईयो । त्यस पुण्यका प्रभावले रानीले गर्भ धारण गरिन् र प्रसवकाल समाप्त भएपछी उनको एक बडो तेजस्वी पुत्र उत्पन्न भयो ।<ref name="पुस्तक"/>
 
== महिमा ==
यसैले हे राजन! यस श्रावण शुक्ल एकादशीको नाम पुत्रदा पर्नगयो अत: सन्तान सुखको इच्छा हासिल गर्नेले यस व्रतलाई अवश्य गरौं यसको माहात्म्यलाई सुन्नाले मनुष्य सबै पापहरूबाट मुक्त हुन्छ र यस लोकमा सन्तान सुख भोगेर परलोकमा स्वर्गको सुख प्राप्त गर्दछ ।<ref name="पुस्तक"/>
 
पुत्रदा एकादशी पौष शुक्लमा पनि पर्दछ ।