"विकिपिडिया" का संशोधनहरू बिचको अन्तर

सा Reverted 1 edit by 36.253.255.113 (talk) identified as vandalism to last revision by Learnerktm. (TW)
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन Wikipedia Zero edit
पङ्क्ति २३:
 
सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने [[विकिपिडिया|विकिपीडियाले]] अहिलेसम्म आफ्नो पेजमा कुनैपनि व्यावसायिक विज्ञापन राखेको छैन । विना विज्ञापनका सामाग्री निःशुल्क रूपमा पढ्न पाउनु अहिलेको युगमा आश्चर्यकै विषय हुन पुगेको छ । विकिपीडियामा लेख रचनाहरू योगदान दिने सबै व्यक्तिहरू स्वयंसेवी ''(Volunteer)'' हुन् । विकिपिडियामा विना कुनै पारिश्रमिक लेख रचना लेख्ने स्वयंसेवीको संख्या अहिले दशौं लाख पुगेको छ ।
 
== नेपालमा विकिपीडिया ==
नेपालमा सन् २००२ मा विकिपीडियाको नेपाली संस्करण सुरू गरिएको हो। हाल नेपाली भाषामा {{NUMBEROFARTICLES}} वटा साना-ठूला लेखहरू छन् । यसमा भएका जम्मा नेपाली पेजहरूको संख्या भने ५० हजार भन्दा बढी छन् । नेपाली विकिमा हालसम्ममा {{NUMBEROFUSERS}} प्रयोगकर्ताहरू ''(Users)'' दर्ता भएका छन् जसमध्ये [[विशेष:सक्रिय प्रयोगकर्ताहरु|सक्रिय प्रयोगकर्ताहरु]] सरदर ११० जना सक्रिय रहन्छन् । अहिले नेपाली विकिपिडियामा १४ जना [[विकिपीडिया:प्रबन्धकहरू|प्रबन्धकहरू]] छन् जसमध्ये हाल ५ जना विदेशमा र ९ जना नेपालमा बसेर नेपाली विकिपीडियाका सामाग्रीहरू सम्पादन तथा व्यवस्थित गर्ने कार्यमा सरिक रहेका छन् । विकिपिडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषाहरूमा पनि पेजहरू उपलब्ध छन् । जस्तै [http://new.wikipedia.org नेपाल भाषा], [http://bh.wikipedia.org भोजपुरी भाषा], [https://mai.wikipedia.org मैथली भाषा] [http://pi.wikipedia.org पाली भाषा]।
 
विकिपिडिया लगायत विभिन्न विकि परियोजनाहरूलाई प्रवर्द्धन गर्न तथा तिनलाई सहयोग गर्नका साथै अन्य स्रोत सामाग्रीहरूको व्यवस्था गर्नका लागि [[विकिमिडीया फाउण्डेसन]] नामको संस्था कार्यरत रहेको छ । त्यसको [[नेपाल]] च्याप्टरको रूपमा [[विकिपीडिया:विकिमिडिया नेपाल|विकिमिडिया नेपाल]] नामक [[संस्था]] स्थापनाको लागि प्रस्ताव गरी प्रक्रिया अघि बढाईएको छ । यसले नेपालमा बोलिने सबै भाषाका विकिहरूको प्रवर्द्धन तथा विकासका लागि सहयोग गर्दछ । यस संस्थाले कुनैपनि लेखमा [[नेपाल]] सम्बन्धि विवाद आईपरेमा त्यसको निवारण गर्ने कार्य समेत गर्नेछ ।
 
;विकिपीडिया जेरो:
हाल, नेपालमा [[एनसेल]]ले विकिपिडिया नि:शुल्क प्रधान गरेको छ ।[http://ncellsansar.com.np]
 
== विकिपिडियाका शाखाहरू ==
"https://ne.wikipedia.org/wiki/विकिपिडिया" बाट अनुप्रेषित