"शैलजा आचार्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
 
[[वि.सं.]] २०१७ सालमा [[राजा महेन्द्र]]लाई कालो झण्डा देखाएकाले ३ वर्ष जेल बिताउने आचार्य वि.सं. २०४८ सालको[[आमनिर्वाचन, २०४८|आमनिर्वाचन]]मा मोरङ जिल्ला क्षेत्र नं. ५ बाट [[प्रतिनिधिसभा]]मा निर्वाचित भई करीब १ वर्ष [[कृषि वन तथा भू-संरक्षण मन्त्रालय|कृषि वन तथा भू-संरक्षण]] मन्त्री रहिन्। [[वि.सं.]] २०५१ सालकोमध्यावधि निर्वाचनमा उहाँ पुनः मोरङ क्षेत्र नं. ७ बाट प्रतिनिधि सभामा निर्वाचित भईन् ।
पिता डा. पिनाकी र आमा इन्दिराको जेठो सन्तान शैलजाले कोइराला परिवार तथा बीपी कोइरालाको सान्निध्यमा राजनीतिक यात्रा शुरु गर्नुभएको थियो। र, मृत्युपर्यन्त बीपीको विचार र नेपाली काङ्ग्रेसप्रति निष्ठासाथ उभिनुभयो। शान्तिपूर्ण सङ्घर्ष होस् वा सशस्त्र आन्दोलन, शैलजाको उपस्थिति अग्रपङ्क्तिमा हुन्थ्यो। १६ पुस २०३३ मा बीपीको राष्ट्रिय मेलमिलापको नीति स्वीकार्दै उहाँसँगै नेपाल फर्कने केही व्यक्तिमा शैलजा पनि पर्नुहुन्छ। काठमाडौं आइपुग्नासाथ गिरफ्तारी र त्यसपछि अनिश्चित भविष्य शुरु हुन्छ भन्ने जान्दाजान्दै पनि उहाँले पहिलो डफ्फामै नेपाल आउन रुचि देखाउनुभयो। उर्लंदो अवस्थाको पञ्चायती व्यवस्थामा सशस्त्र आन्दोलन गरेको दलले राष्ट्रिय मेलमिलापको नीति अँगालेको तथ्यलाई पत्याउन जो-कोहीलाई कठिनाई थियो। त्यो पृष्ठभूमिमा नेपाल भित्रिनु भनेको साहस, धैर्य र त्यागको अनुपम उदाहरण थियो।
 
महत्वपूर्ण मन्त्रालयहरू सम्हाल्ने अवसर पाउनुभएकी शैलजालाई मन्त्रालयहरूमा नीतिगत रूपमा ठूलो प्रभाव पार्ने नेताको रूपमा सम्झ्िने गरिन्छ। भ्रष्टाचारको मुद्दा उठाएर कृषिमन्त्रीबाट उहाँँले दिएको राजिनामा नेपाली राजनीतिमा विरलै हुने घटना हो। जलस्रोत मा सामुदाईक बिधुत निति उनकै देन हो |
 
महिला हकहितको सवालमा पनि शैलजाले प्रेरणादायी भूमिका निर्वाह गर्नुभयो। मुलुकी ऐनको एघारौं संशोधन ल्याउनमा शैलजाको योगदान ठूलो छ। आफ्नै संयोजकत्वमा व्यापक छलफल गराएर उहाँ त्यसलाई विधेयकको रूप दिन सफल हुनुभएको थियो।
जीवनमा कहिले सफलता र कहिले असफलता हात लाग्नु स्वाभाविक हो। त्यस मानेमा शैलजा पनि अपवाद हुनुभएन। तर, प्रतिकूल परिस्थितिमा पटकपटक जुन साहस, त्याग र बलिदान शैलजाले देखाउनुभयो त्यो भावी पिँढीका लागि समेत अनुकरणीय छ।
 
{{stub}}
[[category:जीवनी]]
"https://ne.wikipedia.org/wiki/शैलजा_आचार्य" बाट अनुप्रेषित