"अलफ लैला" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा file
पङ्क्ति १:
'''अलफ लैला अर्थात् अरेबियन नाइट्स''' अचम्मका कथाहरुको अनौठो संग्रह हो । यसलाई किस्सा अलफ लैला पनि भनिन्छ । यस पुस्तकको मूल हो– हजार अफसाने (हजार कथा) । यो पुस्तक मूलतः फारसी भाषामा छ तर यसको अंग्रेजी संस्करण अरेबियन नाइट्सले नै यसलाई विश्वभर प्रसिद्धि प्राप्त भएको हो । यसको अंग्रेजी नाम कति प्रसिद्ध छ भने मानिसहरुले यसको मूल नामले भन्दा यसको अंग्रेजी नामले यसलाई बढी चिन्छन् । अनेकौं लोकप्रिय टी भी धारावाहिक र चलचित्र अरेबियन नाइट्सका कथाहरुमा आधारित छन् जस्तै अलीबाबा र चालीस चोर, अलादीन र त्यसको जादुई दियो, सिन्दबादका समुद्री यात्रा, इत्यादि ।
<br />
[[File:Syrischer Maler von 1354 001.jpg|thumb]]
<gallery>Arabian Nights</gallery>
अरेबियन नाइट्सका कथामा बगदादको खलीफा हारु“ उल रशीदको उदारताको गुण गाइएको छ । त्यसैले खलीफाको समयमा यो कथा संग्रह तैयार भएको अनुमान गर्न सकिन्छ । यसको आमुख कथा राजा शहरयारको एक शपथबाट सुरु हुन्छ । जसमा उसले कनयाहरुसंग केवल एक दिनका लागि विवाह गर्ने घोषणा गरेको हुन्छ । त्यसको नाम शहरयार भनिएको छ । शहरयारको भाउजुले दाजुलाई घात गरेकोले उ संसारका महिलाहरुसंग घृणा गर्छ । अब उसको कुनै पत्नीले उ प्रति घात गर्न नसकोस् भनेर उसले प्रत्येक दिन एउटी महिलासंग विवाह गर्छ र अर्कादिन बिहान उसलाई मृत्युदण्ड दिन्छ ।
<br />
"https://ne.wikipedia.org/wiki/अलफ_लैला" बाट अनुप्रेषित