"प्राचीन अर्थशास्त्रीय चिन्तन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ११३:
 
==कौटिल्य पछिका अर्थशास्त्रकार==
वि.सं. १५४१ मा सोमदेव सूरीद्वारा रचना गरिएको नीतिवाक्यामृत भन्ने पुस्तकमा कौटिल्य पछिका लगभग ३० जना टीकाकारको विवरण छ जसमध्ये २० जना अर्थशास्त्रका विद्वान् भनिएको छ । विचारकहरुका अनुसार, १० औ शताब्दी देखि १४ औ शताब्दीसम्म अर्थशास्त्र विषयक विशेष ग्रन्थ उपलब्ध हु“दैन । त्यसपछि १४औ शताब्दीदेखि १८औ शताब्दीसम्म यस सम्बन्धी ग्रन्थहरू पाइन्छन्, उदाहरणको रुपमा यी ग्रन्थ प्रस्तुत गर्न सकिन्छ– युक्तिकल्पतरु, राजनीति रत्नाकर, राजनीति कल्पतरु, राजनीति कामधेनु, वीरमित्रोदय, र राजनीति मयूख । राजनीतिरत्नाकर ग्रन्थमा [[आचार्य चण्डेश्वर|चण्डेश्वर]]ले अर्थशास्त्र विषयको परम्परामा अमरसिंह, कात्यायन, कामन्दक, कुल्लुक भट्ट, कौटिल्य, नारद, मनु, याज्ञवल्क्य, लक्ष्मीधर, वशिष्ठ, विष्णु, बृहस्पति, व्यास, शुक्र, श्रीकर, र हारीत १६ जना विद्वान तथा तीनवटा ग्रन्थ भागवत, रामायण, र महाभारतको नाम उल्लेख गरेका छन् । यस ग्रन्थमा कौटिलीय अर्थशास्त्रमा उल्लेख नभएका तीन जना विद्वानहरुको नाम पाइन्छ– [[कुल्लुक भट्ट]], [[श्रीकर]], र [[लक्ष्मीधर]] ।<ref>ज्ञवाली बाबु राम २०१२ कौटिल्य र शुक्रको राजनैतिक अर्थशास्त्र ज्ञानज्योति प्रकाशन, रुपन्देही नेपाल 978-9937-2-7362-6, p12-15</ref>
 
==बाह्य कडीहरु==