"जनसङ्ख्या अध्ययन" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: जनसंख्या अध्ययनको पहिलो विवरण दिने व्यक्ति विलियम पेट्टी हुन...
(कुनै भिन्नता छैन)

२०:२०, २१ अप्रिल २०१६ जस्तै गरी पुनरावलोकन

जनसंख्या अध्ययनको पहिलो विवरण दिने व्यक्ति विलियम पेट्टी हुन् । अर्थशास्त्री विलियम पेट्टीले (सन १६२३–८७) आफ्नो पुस्तक पोलिटिकल अर्थमेटिक मा जनंसख्या, शहरीकरण, बेरोजगारी र राष्ट्रिय आयको बारेमा व्याख्या गरेका छन् । उनलाई नै सर्वप्रथम जीवन तालिका निर्माण गरेको श्रेय पनि दिइन्छ ।
सन् १७९८ मा टी आर माल्थसको पुस्तक एन एसे अन पपुलेशन ९ब्ल भ्ककबथ यल एयउगबितष्यल० जनसंख्याको विवेचना गर्ने प्रथम महत्वपूर्ण पुस्तक मानिन्छ। तर म्झयनचबउजथ शब्दको प्रयोग सर्वप्रथम फ्रांन्सिसी लेखक आशिले गिलार्ड ले आफ्नो पुस्तक भ्झिभलतक मभ बि क्तबतष्कतष्त्रगभ ज्गmबष्लभ यल म्झयनचबउजष्अ ऋयmउबचभभ ९ज्ञडछछ० मा गरे । यस पुस्तकमा उनले जनसांख्यिकीलाई जनसंख्याको भौतिक,सामाजिक, बौद्धिक तथा नैतिक अवस्थाहरु र सामान्य प्रवासको अध्ययन बताएका छन् ।
वारेन थोम्पसनले आफ्नो पुस्तक Population Problems (१९५३) मा जनसंख्याको अध्ययन सामाजिक विज्ञानको दृष्टिकोणले गरेका छन् । यसरी जीवविज्ञान, समँज शास्त्र र अर्थशास्त्रको एक अंगको रुपमा रहेको यो विषय आज एक स्वतंत्र विषय जनसंख्या अध्ययन Population studies को रुपमा विकसित भइसकेको छ ।

उद्देश्य


जनसंख्या अध्ययनका निम्न चार उद्देश्यहरु ह्ुन्छन्ः

  • १. कुनै क्षेत्रको जनसंख्याको आकार, संरचना, वितरण, जाति जनजाति, धर्म आदि विशेषताहरुको जानकारी ।
  • २. त्यस देशको ििवगतको जनसंखयाको आकार, संरचना र विकासक्रम र अन्य विशेषताहरुको जानकारी ।
  • ३. जनसंख्यालाई प्रभावित गर्ने तत्वहरु र तिनीहरुको प्रभावको अध्ययन ।
  • ४. जनसंख्याको वर्तमान अवस्था र भविष्यमा जनसंख्या सम्बन्धी नीति निर्धारण गर्नु।

जनसंख्या अध्ययन र जनसांख्यिकी

जनसांख्यिकी Denography ग्रीक भाषाका दुई शब्द मिलेर बनेको छ Demos र Graphy, Demos को अर्थ हुन्छ मानिस र Graphy को अर्थ हुन्छ विवरण । यस प्रकार जनसांख्यिकी वा जनसंख्याशास्त्र भनेको मानिसहरुको विवरणहो । यसमा कुनै क्षेत्रका मानिसहरुको जन्म, मृत्यु र बसाईं सराई जस्ता घटनाहरुको संख्यात्मक विवरण हुन्छ । त्यसैले यस विषयलाई जनांकिकी पनि भनिन्छ ।
तसर्थ, जनसंख्या शास्त्रलाई यस प्रकार परिभाषित गर्न सकिन्छः जनसांख्यिकी जनसंख्याको आकार, संरचना र वितरण तथा यसमा जन्म मृत्यु विवाह र प्रवास र सामाजिक गतिशीलताका प्रक्रियाहरु द्वारा समय समयमा हुने परिवर्तनहरुको तथ्यांकीय र गणितीय अध्ययन गरिन्छ । यसले जनसांख्यिक घटनाहरुको व्याख्या र त्यससंग सम्बन्धित सिद्धान्तहरुको निर्माण गर्दछ ।
औपचारिक जनसांख्यिकी जनसंख्यासंग सम्बन्धित औपचारिक तथ्यांक र सो संग सम्बन्धित तथ्यांकीय र गणितीय विश्लेषण को प्रस्तुति लाई औपचारिक जनसांख्यिकी भनिन्छ । यस दृष्टिले औपचारिक जनसांख्यिकी भन्दा जनसंख्या अध्ययन बढी विस्तृत हुन्छ ।
जनसंख्या अध्ययन Population Studies जनसांख्यिकी शास्त्र तथा जनसंख्या अध्ययनमा त्यति ठूलो अन्तर छैन । यद्यपि कुनै कुनै जनसंख्या शास्त्रीले दुवैमा अन्तर गर्ने प्रयास गरेका छन् । उनीहरुको विचारमा जब जनसंख्या शास्त्रलाई जैविक, सामाजिक, आर्थिक तथा भौगोलिक तत्वहरुसंग सम्बन्धित गराएर अध्ययन गरिन्छ त्यस बेला यस विषयलाई जनसंख्या अध्ययन वा जनसंख्या विश्लेषण भनिनछ ।

जनसांख्यिकी/जनसंख्या अध्ययनको क्षेत्र

जनसंख्या शास्त्र अन्तर्गत निम्न विषय वस्तुको अध्ययन गरिन्छः

  • १. जनसांख्यिकीय तथ्यांकः यस अन्तर्गत निम्न विषय वस्तु अध्ययन गरिन्छ ः
  • क. जनसांयिकीय तत्वहरु जस्तै, जन्म, मृत्यु र विवाह तथा बसाईं सराई ।
  • ख. जनसंख्या सम्बन्धी तथ्यांक र तथ्यांकका स्रोतहरु ।
  • ग. जनसंख्याको आकार, बनावट, वितरण, भनत्व आदि ।
  • यी सबै विषय वस्तुको अध्ययनलाई औपचारिक जनसांख्यिकी पनि भनिन्छ ।
  • २. जनसंख्या गतिशीलता र यसका निर्धारक तत्वहरुः यस अन्तर्गत जनसंख्यामा कमी वा वृद्धि ल्याउने निम्न विषयहरुको अध्ययन गरिन्छः
  • क. जन्म दर र यसका निर्धारक तत्वहरु ।
  • ख. मृत्यु दर यसका निर्धारक तत्वहरु ।
  • ग. बसाईं सराई र यसका निर्धारक तत्वहरु ।
  • ३. जनसंख्या सम्बन्धी सिद्धान्तहरुः माल्थस भन्दा पहिलेका सिद्धान्त, माल्थसको सिद्धान्त र त्यस पछि विकसित सिद्धान्तहरु जस्तै आदर्श जनसंख्या सिद्धान्त, जनसंख्या संक्रमणको सिद्धान्त इत्यादि पनि जनसंख्या शास्त्रको एक मुख्य विषय वस्तु हो ।
  • ४. जनसंख्या र गुणस्तरीय जीवनः जनसंख्या शास्त्रको केन्द्रीय सन्देश नै गुण स्तरीय जीवन हो । यस अन्तर्गत जनसंख्याद्वारा निम्न क्षेत्रमा पार्ने प्रभावहरुो अध्ययन गरिन्छः
  • क. आर्थिक क्षेत्रमा पार्ने प्रभाव
  • ख. सामाजिक क्षेत्रमा पार्ने प्रभाव
  • ग. वातावरणीय क्षेत्रमा पार्ने प्रभाव
  • ५. जनसंख्या वृद्धि र यसका परिणामहरुः तीव्र जनसंख्य वृद्धिबाट पर्ने नकारात्मक प्रभावहरुको सामना विश्वका अनेक अल्प विकसित देशहरुले गरिरहेका छन् ।
  • ७. मानव यौनः जनसंख्याको जैविक पक्ष्ँबाट अध्ययन गर्नकालागि मानव यौनालाई जनसंख्या शिक्ष्ाँमा समावेश गरिएको हुन्छ । यस अन्तर्गत निम्न शीर्षकहरुको अध्ययन गरिन्छः
  • क. प्रजनन प्रणाली
  • ख. यौन शिक्षा
  • ग. यौन प्रसारित रोगहरु इत्यादि ।
  • मानव यौनको विषय वस्तुलाई भने जनसंख्या अध्ययनमा समावेश गरिएको हु“दैन ।
  • ८. जनसंख्या प्रक्षेपणः जनसंख्या अध्ययनको एक महत्वपूर्ण अंग जनसंख्या प्रक्षेपण हो । यस अन्तर्गत वर्तमान जनसंख्याको आधारमा भविष्यका जनसंख्याको अनुमान गरिन्छ । यसका अनेक

गणितीय र तथ्यांकी विधिहरु छन् । आधुनिक समयमा कम्प्युटरको प्रयोगले जनसंख्या प्रक्षेपण सजिलै गर्न सकिन्छ । [१]

  1. ज्ञवाली, बाबु राम, र मिनराज पौड्याल, वि.सं.२०७०,जनसंख्या अध्ययन, काठमाडौं ः एम के पब्लिशर्स ।