"अलफ लैला" का संशोधनहरू बिचको अन्तर

अरबी कथाहरू र लोक कथाहरूको संग्रह
Content deleted Content added
New
(कुनै भिन्नता छैन)

०८:५४, १६ अप्रिल २०१६ जस्तै गरी पुनरावलोकन

अलफ लैला अर्थात् अरेबियन नाइट्स अचम्मका कथाहरुको अनौठो संग्रह हो । यसलाई किस्सा अलफ लैला पनि भनिन्छ । यस पुस्तकको मूल हो– हजार अफसाने (हजार कथा) । यो पुस्तक मूलतः फारसी भाषामा छ तर यसको अंग्रेजी संस्करण अरेबियन नाइट्सले नै यसलाई विश्वभर प्रसिद्धि प्राप्त भएको हो । यसको अंग्रेजी नाम कति प्रसिद्ध छ भने मानिसहरुले यसको मूल नामले भन्दा यसको अंग्रेजी नामले यसलाई बढी चिन्छन् । अनेकौं लोकप्रिय टी भी धारावाहिक र चलचित्र अरेबियन नाइट्सका कथाहरुमा आधारित छन् जस्तै अलीबाबा र चालीस चोर, अलादीन र त्यसको जादुई दियो, सिन्दबादका समुद्री यात्रा, इत्यादि ।
अरेबियन नाइट्सका कथामा बगदादको खलीफा हारु“ उल रशीदको उदारताको गुण गाइएको छ । त्यसैले खलीफाको समयमा यो कथा संग्रह तैयार भएको अनुमान गर्न सकिन्छ । यसको आमुख कथा राजा शहरयारको एक शपथबाट सुरु हुन्छ । जसमा उसले कनयाहरुसंग केवल एक दिनका लागि विवाह गर्ने घोषणा गरेको हुन्छ । त्यसको नाम शहरयार भनिएको छ । शहरयारको भाउजुले दाजुलाई घात गरेकोले उ संसारका महिलाहरुसंग घृणा गर्छ । अब उसको कुनै पत्नीले उ प्रति घात गर्न नसकोस् भनेर उसले प्रत्येक दिन एउटी महिलासंग विवाह गर्छ र अर्कादिन बिहान उसलाई मृत्युदण्ड दिन्छ ।
उसको वजीर (प्रधानमन्त्री) ले प्रत्येक दिन एक कन्याको विवाह गराउंदै जान्छ । यसरी प्रत्येक दिन एउटी युवतीको हत्या हुंदै जान्छ । अन्तमा शहरभरिमा कुनै कन्या बांकी रहंदैन । यस कुराबाट चिन्तित वजीरलाई उसकी छोरी शहरजादले आफुलाई विवाहका लागि प्रस्तुत गर्छे । वजीरले बाध्य भएर त्यो कुरा स्वीकार गर्छ ।
विवाह भएको राति शहरजादले आफ्नो पतिको मनोरञ्जनका लागि एउटा कथा सुनाउन सुरु गर्छे । शहरजाद् कथा भन्ने कलामा निकै सिपालु हुन्छे । कथा जब आफ्नो उत्कर्षमा पुग्छ, त्यसबेला बिहान हुन थालेको हुन्छ । रात समाप्त भएर उज्यालो हुन थाले पनि कथा समाप्त हुंदैन । बिहान हुन थाले पछि उसले निराश स्वरमा भन्छे– यो कथा अझै बांकी छ । मैले यसलाई समाप्त गर्न सकीन । किनभने अब उज्यालो भए पछि मेरो मृत्यु निश्चित छ ।
कथाको अन्त जान्नका लागि उत्सुक शहरयारले एक दिनका लागि उसको मृत्युदण्ड स्थगित गरीदिन्छ ।
अर्को राति शहरजादले पतिको मनोरञ्जनका लागि राति फेरि कथालाई निरन्तरता दिन्छे । त्यो कथा सकिना साथ राजाले अर्को कथा सुनाउन आग्रह गर्छ । शहरजादले नयां कथा सुरु गर्छे तर त्यो कथा पूरा हुन नपाउंदै उज्यालो भइसक्छ । कथाको अन्त जान्न उत्सुक राजाले पुनः एक रातका लागि जीवनदान दिन्छ । यसरी उसले लगातार एक हजार एक रात कथा सुनाउंदै आफ्नो जीवन बचाउंछे । अन्तमा राजाले खुशी भएर आफ्नो राजाज्ञा फिर्ता लिन्छ र कन्याहरुको हत्या त्यस देशमा बन्द हुन जान्छ ।
अरेबयिन नाइट्सका कथाहरुमा घटना प्रधान, विचित्रका तर रमाइला कथाहरु छन् । यसमा ऐतिहासिक कथा, प्रेम कथा, संयोगान्त, वियोगान्त कथा, समुद्री यात्रा, साहसिक कथा, जादू, बोक्सी, भूत प्रेत र हास्य कथाहरु छन् ।
अरेबयन नाइट्समा कथावाचनको अदु्भुत सीप सिक्न पाइन्छ । श्रोताहरुमा रुचि कायम राख्ने तरिककाहरु पनि सिक्न पाइन्छ । यसका कतिपय कथाहरु पञ्चतन्त्रका कथाहरु जस्तै छन् । जसमा कथाभित्र जोडिएका कथा र उपकथाहरु छन् । कार्टुन र एनिमेशनको आजको युगमा अरेबियन नाइट्सका कथाहरुको प्रस्तुतिलाई कल्पनाशक्ति युक्त बनाउन एमिनेशन प्रविधिमा समेत हेर्न सकिन्छ ।