"नेपालमा आर्थिक चिन्तनको इतिहास" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५:
==[[पृथ्वीनारायण शाह]]==
राजा पृथ्वीनारायण शाहको सैनिक परिचालन, विस्तार र एकीकरणको प्रक्रियाबाट वर्तमान नेपालको भौगोलिक सीमानाको जग निर्माण भएको <ref>महत, राम शरण,वि.सं. २०६३, लोकतन्त्रका पक्षमा, नेपाली अर्थ राजनीतिका चरण र चुनौती, काठमाडौं ः मकालु प्रकाशन गृह, पृ. १ ।</ref>मानिए तापनि व र्तमान भौगोलिक स्वरूप सुगौली सन्धिद्वारा निर्धारित भएको हो । सिलभां लेभीको ‘नेपाल’ पुस्तकमा उद्धृत नक्शाको दृष्टिले सुगौली सन्धिमा नेपालले वर्तमान क्षेत्रफलभन्दा पनि बढी भौगोलिक क्षेत्र त्याग गर्नु परेको स्पष्ट हुन्छ । यसमा आर्थिक संभावना भएका केही क्षेत्रहरू पनि परेका छन् । नेपालमा अंग्रेज राजदूत रहने प्रचलन पनि त्यस बेलादेखि नै सुरु भएको हो ।
<br />
पृथ्वीनारायण शाहको अवधारणामा राज्यका दुइवटा मजबूत आधार स्तम्भ हुन्छन्– किसान र अनुशासित सैनिक । पृथ्वीनारायणले उपलब्ध भएसम्म सबै जमीनहरू खेती गराइ उपयोगमा ल्याउन चाहन्थे । कृषियोग्य जमीनमा घर बनेका भए त्यस्ता घरहरू भत्काउनु पर्दछ भन्ने र जमीन जोगाउन धेरै तला भएका भवन निर्माण गर्ने पक्षमा उनी रहेको पाइन्छ । उनको विचारमा घूस दिने र घूस लिने दुवै मुलुकका लागि शत्रु हुन्, त्यसैले तिनीहरूलाई मृत्युदण्डसम्म दिनु पर्दछ भन्ने थियो ।<ref>महत, राम शरण, वि.सं. २०६३,लोकतन्त्रका पक्षमा, नेपाली अर्थ राजनीतिका चरण र चुनौती, काठमाडौं ः मकालु प्रकाशन गृह, पृ. ९</ref> कृषिलाई महत्त्व र आर्थिक भ्रष्टाचार गर्नेलाई कडा दण्ड दिने पृथ्वीनारायण शाहको नीति थियो । अर्थव्यवस्थालाई आत्मनिर्भर र स्वदेशी अर्थतन्त्रका पक्षधर उनले घरेलु उत्पादन, कला, संगीत र संस्कृतिलाई अभिवृद्धि गर्न निर्देशन जारी गरे । घरेलु उपभोगका लागि कपडा आयात गर्ने कुराको उनले विरोध गरे । वैदशिक व्यापारीलाई देशमा ल्याउने कुराका उनी समर्थक थिएनन् । घरेलु उद्योगधन्दालाई राष्ट्रिय दृष्टिकोणबाट प्रोत्साहन दिइएको मात्र नभइ स्वदेशी वनसम्पदा र जडीबूटीको पनि सदुपयोग र निर्यात गरी राष्ट्रिय आय बढाउने निर्देश दिइएको छ । त्यसबेला नेपालमा प्रशस्त जडीबूटी काठ आदि उत्पादन हुन्थ्यो । पृथ्वीनारायण शाहले उपत्यका जितेपछि यातायात बढाउने जुन नीति लिइएका थिए त्यो दिव्य उपदेशमा व्यक्त छ– पुरुब पछिम्को रस्ता चलाइ दिउंला । आर्थिक दृष्टिकोणबाट बाटो खोल्नु आवश्यक भए तापनि त्यसबेला राजनीतिक दृष्टिले सतर्क रहनु आवश्यक थियो । त्यसैले टाढाको क्षेत्र अर्थात् पूर्व र पश्चिमको बाटोहरू बन्द नै राखेर नेपाल उपत्यकामा मात्र बाटो खोले । उत्तर दक्षिणको व्यापार कायम गर्न लिएको नीति तत्कालका लागि उपयुक्त थियो ।<ref>नेपाली, चितरंजन, वि.सं. २०५८, वर्तमान नेपालको निर्माणमा श्री ५ पृथ्वीनारायण शाह, पृथ्वी जयन्ती २०५८, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref>
पृथ्वीनारायण शाहको अवधारणामा राज्यका दुइवटा मजबूत आधार स्तम्भ हुन्छन्– किसान र अनुशासित सैनिक । पृथ्वीनारायणले उपलब्ध भएसम्म सबै जमीनहरू खेती गराइ उपयोगमा ल्याउन चाहन्थे । कृषियोग्य जमीनमा घर बनेका भए त्यस्ता घरहरू भत्काउनु पर्दछ भन्ने र जमीन जोगाउन धेरै तला भएका भवन निर्माण गर्ने पक्षमा उनी रहेको पाइन्छ । उनको विचारमा घूस दिने र घूस लिने दुवै मुलुकका लागि शत्रु हुन्, त्यसैले तिनीहरूलाई मृत्युदण्डसम्म दिनु पर्दछ भन्ने थियो ।<ref>महत, राम शरण, वि.सं. २०६३,लोकतन्त्रका पक्षमा, नेपाली अर्थ राजनीतिका चरण र चुनौती, काठमाडौं ः मकालु प्रकाशन गृह, पृ. ९</ref>
<br />
कृषिलाई महत्त्व र आर्थिक भ्रष्टाचार गर्नेलाई कडा दण्ड दिने पृथ्वीनारायण शाहको नीति थियो । अर्थव्यवस्थालाई आत्मनिर्भर र स्वदेशी अर्थतन्त्रका पक्षधर उनले घरेलु उत्पादन, कला, संगीत र संस्कृतिलाई अभिवृद्धि गर्न निर्देशन जारी गरे । घरेलु उपभोगका लागि कपडा आयात गर्ने कुराको उनले विरोध गरे । वैदशिक व्यापारीलाई देशमा ल्याउने कुराका उनी समर्थक थिएनन् । घरेलु उद्योगधन्दालाई राष्ट्रिय दृष्टिकोणबाट प्रोत्साहन दिइएको मात्र नभइ स्वदेशी वनसम्पदा र जडीबूटीको पनि सदुपयोग र निर्यात गरी राष्ट्रिय आय बढाउने निर्देश दिइएको छ । त्यसबेला नेपालमा प्रशस्त जडीबूटी काठ आदि उत्पादन हुन्थ्यो । <br />
पृथ्वीनारायण शाहले उपत्यका जितेपछि यातायात बढाउने जुन नीति लिइएका थिए त्यो दिव्य उपदेशमा व्यक्त छ– पुरुब पछिम्को रस्ता चलाइ दिउंला । आर्थिक दृष्टिकोणबाट बाटो खोल्नु आवश्यक भए तापनि त्यसबेला राजनीतिक दृष्टिले सतर्क रहनु आवश्यक थियो । त्यसैले टाढाको क्षेत्र अर्थात् पूर्व र पश्चिमको बाटोहरू बन्द नै राखेर नेपाल उपत्यकामा मात्र बाटो खोले । उत्तर दक्षिणको व्यापार कायम गर्न लिएको नीति तत्कालका लागि उपयुक्त थियो ।<ref>नेपाली, चितरंजन, वि.सं. २०५८, वर्तमान नेपालको निर्माणमा श्री ५ पृथ्वीनारायण शाह, पृथ्वी जयन्ती २०५८, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref>
 
==राणाकाल==