"उपनिषद्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २७:
ब्रिटिश कवि मार्टिन सीमोर स्मिथले उपनिषदहरु लाई विश्वमा लेखिएका सर्वाधिक प्रभावशाली सय पुस्तकहरुको उपमा दिएका छन् । श्रीमदभगवद्गीतालाई पनि उपनिषदमध्येको एक मानिन्छ । इमरसन, थोरो, कान्ट, शोपेनहावर र अन्य केही दार्शनिकहरु उपनिषदका विषय वस्तुको गहनताबाट अत्यन्त प्रभावित छन् । यूरोपेली विद्वानहरुले प्रशंसा गरेकोले उपनिषद्हरुको महत्त्व बढेको भन्ने होइन बरु उपनिषद् पढेर उनीहरु धन्य बनेकोमा हामीहरु गौरवान्वित भएका छौं । <ref>धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौं, वि.सं २०५१ ।</ref> राल्फ बाल्डो इमरसनले आफ्नो इम्मोर्टालिटि निबन्धमा कठ उपनिषदको सानो विवरण उल्लेख गरेका छन् । इमरसन ती अमेरिकन कवि हुन् जसले अंग्रेजीमा ब्रह्म कविता लेखेका छन् । यो कविता त्रि वि मा अंग्रेजीको पाठ्यक्रममा राखिएको छ ।
===१०८ उपनिषद्===
उपनिषदहरुको संख्या १२८० बताइए पनि २६८अधिकांश उपनिषदहरुकोउपनिषद् सूचीअहिले म्याक्सप्राप्त मुलरले उल्लेख गरेका छन्छैनन् । पं. श्रीराम शर्मा आचार्यले यसबाट १०८ उपनिषद संकलन गरी उचित सम्पादन तथा हिन्दी भाषाको बोधगम्भय अनुवाद सहित प्रकाशन गरेर सर्वसाधारणका लागि सुलभ गराउन स्तुत्य कार्य गरेका छन् । यो तीन खण्डको प्रकाशन युगनिर्माण योजना, मथुराले गरेको छ ।<ref>एक सौ आठ उपनिषद (तीन खण्ड)– पं. श्रीराम शर्मा आचार्य, युगनिर्माण योजना, सन् २०१० ।</ref>
 
===नेपाली अनुवाद===
"https://ne.wikipedia.org/wiki/उपनिषद्" बाट अनुप्रेषित