"मनुस्मृति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति १०:
== मनुस्मृतिका प्रणेता एवं काल ==
मनुस्मृतिकोके काल एवं प्रणेताको विषयमा नवीन अनुसंधानकारी विद्वानहरूले पर्याप्त विचार गरेकाछन्। कसैको मत यो छ कि "मानव" चरण (वैदिक शाखा)मा आधारित भएको कारण यस ग्रन्थको नाम मनुस्मृति भएको हो। कसैले भन्छन्- मनुस्मृतिभन्दा पहिला कुनै मानव धर्मसूत्र थियो (जसरी मानव गृह्यसूत्र आदि छन्) जसको आश्रय लिएर कसैले एक मूल मनुस्मृति बनायो जो पछि गएर परिवर्तन् हुँदैर वर्तमान रूपमा प्रचलित भयो। मनुस्मृतिका अनेक मत वा वाक्य जो निरुक्त, महाभारतादि प्राचीन ग्रन्थमा पाइंदैनन्, यसका कारणमाथि विचार गर्दा धेरै उत्तर प्रतिभासित हुन्छन्।
यस प्रकारक अनेक तथ्यहरू बूहलर (Buhler, G.) (सैक्रेड बुक्स अफ ईस्ट सीरीज, संख्या २५), मदृ मदृ काणे (हिस्ट्री अफ धर्मणात्रमा मनुप्रकरण) आदि विद्वानहरूले पर्याप्त विवेचना गरेकाछन्। यो अनुमान तर्कसंगत प्रतीत हुन्छ कि मनुको नामले धर्मशास्त्रीय विषय परक वाक्य समाजमा प्रचलित थिए, जसको निर्देश महाभारतादिमा छ तथा जुन वचनको आश्रय लिएर वर्तमान मनुसंहिता बनाइयो, साथै प्रसिद्धिको लागि भृगु नामक प्राचीन ऋषिको नाम यसको साथ जोडियो। मनुभन्दा अघि पनि धर्मशास्त्रकार थिए, यो मनुको "एके" आदि शब्दहरूबाट नैं ज्ञात भएको हो। कौटिल्यले "मानवा: (मनुमतानुयायीहरू)को उल्लेख गरेकाछन्।
|