"मेवा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
*दाद आएमा
:काँचो मेवाको टुक्रा काटेर दादमा नियमित लगाउने गरे दाद आएको ठिक हुन्छ । तर बासी मेवा भने प्रयोग गर्नु हुँदैन ।
 
*जिब्रो फुटेमा
:काँचो मेवाको [[दूध|दूधमा]] गिलसिरिन मिसाएर जिब्रोमा विहान/वेलुका दल्ने गरे केही दिनमा ठिक हुन्छ ।
 
*अल्काई भएमा
:काँचो मेवा ताछेर नियमित दिनमा ४/५ टुक्रा सेवन गर्ने गरेमा अल्काई बढ्न पाउँदैन र निको हुँदै जान्छ ।
 
*डंडीफोर र चाँया भएमा
:काँचो मेवाको टुक्रा नियमित बेलुका अनुहारमा केही समय दलेर मुख धुने गरेमा डंडीफोर र चाँया निको हुँदै जान्छ ।
 
*घाँटीभित्रबाट सुनिएमा
:काँचो मेवाको टुक्रा पकाएर पानीले गारगल गरेमा २/३ दिनमा ठिक हुन्छ ।
 
*कोलस्टेरोलमा
:अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ ।
 
*चाउरीमा
:मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ। यसले मानिसलाई युवा बनाइराख्छ ।
 
*पेटको समस्यामा
:मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग हुन्छ । यसले पेटका जुका तथा परजीवीलाई मार्छ ।
 
*कन्स्टिपेसनमा
:मेवा कन्स्टिपेसनका लागि अचूक औषधि हो । यसले खानालाई प्राकृतिक रुपमा पचाउन मद्दत गर्छ ।
 
*मलद्वारसंबन्धी समस्यामा
:मेवाको जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ ।
 
*तौल घटाउन
:उच्च पोषण र न्युन क्यालोरी हुने भएकाले तौल घटाउन चाहनेका लागि मेवा निकै लाभदायी मानिन्छ ।
 
*बिहानीको वाकवाकीमा
:खासगरी गर्भवती महिलामा बिहानपख देखिने वाकवाकीको समस्यामा यो काम लाग्छ। बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी र अरूची हट्छ।
 
*हाडजोर्नी
:जलनशिलविरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पुर्याउछ, खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीमा यो लाभदायीमानिन्छ । यसमा क्यान्सरसंग लड्ने क्षमता पनि हुन्छ ।
 
*प्रतिरोधी क्षमतावृद्धिमा
:यो भिटामिन ए र भिटामिन सी को भण्डार नै हो, यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भइरहने बिरामीलाई यो काम लाग्छ ।
 
*स्याम्पुको रुपमा
:मेवाका तत्व मिसाइएको स्याम्पु चाया हटाउन निकै लाभकारी हुन्छ ।
 
*रजस्वला अनियमित भएकोमा
:मेवाको नियमित सेवनले महिलाको मासिक धर्मलाई पनि नियमित बनाउछ।
 
*कलेजोको क्यान्सरमा
:यसले क्यान्सरको कोषको वृद्धिमा ढिला गराउछ र कलेजोलाई बचाउछ।
 
*गर्भनिरोधक
:भाले लंगुरमा गरिएको एक अध्ययनले मेवामा गर्भनिरोधक क्षमता पनि भएको पाइएको छ। त्यसैले पुरुषले मेवा प्रयोग गरेको अवस्थामा सहवास भएकामा तत्काल गर्भ रहने सम्भावना कम हुन्छ।
 
*मिर्गौलाको समस्यामा
:विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा मेवाले पुनः पूरानै अवस्थामा फर्काउन मद्दत गर्छ । यसमा भएका एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउछ ।
 
*डेंगु
:मेवाको पातको जुसले डेंगुको ज्वरोलाई समेत रोकथाम गर्ने छ । मेवाको पातको जुसले शरीरमा रगतको प्लेटलेटमा वृद्धि गर्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/मेवा" बाट अनुप्रेषित