"शङ्खधर साख्वा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ५:
 
== किम्बदन्ति ==
प्रचलित किम्बदन्ति अनुसार ज्योतिषहरूले निकालेको शुभ साइतमा भद्रमती र बिष्णुमतीको दोभान लखुतीर्थबाट बालुवा झिकेर ल्याए त्यो वालुवा सुनमा परिणत हुन्छ भनेर भादगाउँका राजा आनन्ददेवलाई भनेका थिए। सोही बमोजिम राजा आनन्ददेवले शुभ साइतमा बालुवा झिक्न भरियाहरूलाई पठाए कान्तिपुरका व्यापारी शंखधर साख्वाले शुभ साइतमा झिकेको बालुवाको भारी ल्याएको देखे। शंखधरले ती भरियाहरूलाइभरियाहरूलाई फकाइ फुल्याइ पैसा दिएर उक्तवालुवा आफ्नो घरमा खन्याउन लगाए र पुनः खोलाबाट बालुवा झिकी राजाले भने बमोजिम गर्न भरियाहरूलाई अह्राए। ज्योतिषहरूको भविष्यवाणी मुताबिक चारदिनपछि सो बालुवा सुनमा परिण्त भयो। तर राजाको भण्डारमा खन्याएको बालुवा सुनमा परिणत भएन किन भनें तयो बालुवा झिक्दा शुभसाइत बितिसकेको थियो। त्यसपछि शंखधरले त्यो सुनबाट लोकको कल्याण गर्ने विचार गरे। विभिन्न ज्योतिषहरूको राय सुझाब अनुसार उनले कान्तिपुर र भादगाउँका जनताहरूको ऋण मोचन गरीदिने निर्णय गरे। राजाको अनुमति लिएर शंखधरले नेपाल सम्बत १ पनि सुरुगर्न सफल भए। साख्वा:को घर हालको काठमाडौंको मरुसत्तलको इलाछेमा थियो भन्ने लोकोत्ती रहेको छ । त्यस्तै उनले बनाएको चैत्य कंकेश्वोरिमा रहेको बताइन्छ । आफ्नो धनबाट जनताको ऋण तिरि जनताहरुलाई ऋण मुक्त पारिदिएकाले साख्वा:लाई नेपालको तत्कालीन मन्त्रीपरिषदको निर्णय अनुसार २०५६ मंसिर २ गते देखि शंखधर साख्वालाई नेपालको [[राष्ट्रिय विभूति]]का रूपमा घाषणा गरिएको छ।
 
==सन्दर्भ सूची==