"फाल्गुनन्द लिङ्देन" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: बि,स, १९४२को कार्तिक २५ गते आइतबारकादिन बाबु जगनबाज लिम्बु, लिङद...
(कुनै भिन्नता छैन)

१४:०६, १८ फेब्रुअरी २०१० जस्तै गरी पुनरावलोकन

बि,स, १९४२को कार्तिक २५ गते आइतबारकादिन बाबु जगनबाज लिम्बु, लिङदेन र आमा हंसमती लिम्बुको कोखवाट शांहिला छोराका रुपमा जन्मिएका फाल्गुनन्दका न्वारान तथा जन्मदा ज्योतिषले राखेका नाम भने नरध्वज लिङदेन हो। बाल्यकालमा सिकिस्त बिरामी भएका फाल्गुनन्दलाई फलामका चुरा बनाएर हातमा लाईदिनाले ठीक हुने परम्पराबादी अन्ध बिश्वासका कारण उनका हातमा बांधिएका चुराकै भरमा उनको नाम फलामसिंह रहन गएको थियो । समयकालसंगै गाउँका युबाहरु जस्तै उनी पनि बेलायती फौजमा भर्तीपछि फलामसिंबाट उनको नाम फाल्गुनन्द रहन पुग्यो।

करिब आठ बर्षकै उमेरमा हत्या हिंसा गर्न नहुने, झुट्ठो बोल्न नहुने,नारीजाती सृस्टिकर्ता हुनाले उनीहरुलाई समाजमा उच्चो सम्मान गर्नु पर्ने, आफ्नो कुल देवतालाई सदा बिहान बेलुकि चोखो नीतोसंग ‘माङसेवा’ (पुजा आराधना) गर्न पर्ने, मासु मंस तथा मदिरापान गर्नु नहुने जस्ता कुराको दीब्य ज्योती प्राप्त गर्नुभएका फाल्गुनन्द लिङदेनले सेनामा रहदा पनि सांझ बिहान पूजा पाठमा लीन रहने गरेका हुनाले उनलाई ‘ध्यानी’ ‘योगी’ ‘तपस्वी’ जस्ता उपनामले पुकारिने गरिन्थ्यो । लडाईबाट बिश्व शान्ति स्थापना हुन नसक्ने कुरोको बोध गरेका फाल्गुनन्द अन्तत् बेलायती सेनाको जागीरबाट राजिनामा गरी आफ्नो ग्यान तथा समस्त किंराती जातीहरुका मौलिक धर्म संस्कृतीको प्रचार गर्दै उनी भारतका बिभिन्न भाग लगायत भुटान हुदै पुर्बी नेपालको ईलाम आफ्नो जन्मस्थल आइपुगे । आफ्नो गाँउ,ठाँउ आफ्नो जात तथा बिशेष गरी किराँती जातिका लिम्बु समुदायमा सामाजिक बिसंगति, बिकृतीले गांजेको भयाबह स्थितिलाई देखेर फाल्गुनन्द लिङदेनले बिक्रम सम्बत १९८८ बैशाक २५ गते तत्कालिन ‘दश लिम्बुवान सत्रथुम’का समाजका बरिष्ठ ब्याक्तित्वहरुलाई बोलाएर पाँश्थर जिल्लाको फिदिम नजिक लेब्रे कुटीमा हामी आफ्नो वास्तबिक धर्मबाट अञ्जान रहेको, जांड, रक्सी धेरै सेवन गरेर हामी मतिभ्रष्ट भएको, थेग्नै नसकिने गरी बिबाह भोज गरी आर्थिकरुपमा दलदलमा फसिएको आदित्यादीले हामी समाजबाट हर क्षेत्रमा माथी उठनै नसकिने गरि पछि परेको हुनाले अब उप्रान्त हामी सबैले यी सबै बिंसगती, बिकृती र कुरितीहरुबाट मुक्त हुने र आ-आफ्नो थुममा गई सबैलाई सम्झाउने, बुझाउने, मौलिक्ताको पहिचान गराउने, भनी दश बुंदे लिखित मुचुल्का जसलाई ‘सत्यहाङमा मुचुल्का’ पनि भनिन्छ, बनाईयो र करीब हजारौका संख्यामा उपस्थितहरुले आ-आफ्नो थुममा गएर आफ्नो मौलिक धर्म, संस्कृती तथा दश बुदे मुचुल्काको प्रचार प्रसार गर्ने बचन बांधेर छुट्टिए ।

फाल्गुनन्नदले धर्म प्रचार प्रसार वा साँझ बिहान आ- आफ्नो घरमा युमा साम्माङको ‘माङसेवा’ गर्ने र सामुहीकरुपमा पनि ‘माङ सेवा’ गर्नकालागि मेची र कोशी अञ्चलका बिभिन्न स्थानमा ७ वटा माङहिम(मन्दिर) बनाएका छन । र उनले कुम्भकर्ण हिमाललाइ किँरातीहरुका पबित्र धार्मिक तथा तिर्थ स्थल मान्दै त्याँहा पनि एक ‘माङहिम’ बनाए । र उक्त कुम्भकर्ण हिमालको फेदीमा रहेको माङहिममा भक्तजनहरु ‘माङसेवा’को लागि जाने क्रम दिनानुदिन बृद्धि भइरहेको छ ।

फाल्गुनन्दले यसरी ‘सत्यहाङमा मुचुल्का’ मात्र बनाएनन् समय समयमा लिम्बुबान क्षेत्रका हरेक गाँउ,गाऊँमा निरिक्षण पनि गर्दै रहे, त्यसैक्रममा उनी पटक पटक आफ्ना चेला भुलाहरुसगं कुम्भकर्णका फेदीसम्म पनि पुगेका छन् र जंहा महिनौ दिन सम्म ध्यान तपस्या पनि गरेका छन् । यसरी धर्म प्रचार तथा मौलिक्ताको पहिचान गराउदै हिड्दा तत्कालीन राणा सरकारले यसले राजनीति गरी राणा शासनको बिरोधमा जन्ताहरुलाई जागरुक तुल्याउदै छ कि भन्ने आशंकामा राणा शासकका तत्कालिन धन्कुटाका बडा हाकिमको निर्देशनमा उनलाई काठमाण्डौमा पुर्याई सोधपुछ पनि गरिएको थियो ।

त्यसैले आफ्नो मौलिकतालाई बिर्सिएर पथ भ्रष्ट हुन हुदैन, मदिरा सेवनगरी असामाजिक क्रियाक्लाप गरी मति भ्रष्ट हुनु हुदैन,बिबाहमा आफ्नो आर्थिक गच्छे भन्दा अत्याधिक तडक भडकसंग खर्च गरी उक्सनै नसक्ने आर्थिक दलदलमा फस्न हुन्न,समाजका जननी ‘युमा साम्माङ’ नै नारी भएका हुनाले समाजमा नारीलाई उच्चो स्थान दिनु वा सम्मान गर्नु पर्दछ, ‘मेजमान’ तथा खानकालागी पशु, प्राणीको हत्या गर्नु हुन्न, अन्नबाली होस, चाहे जस्तो सुकै खाने कुरा पनि ‘हिम साम्माङ’, ‘युमासाम्माङ’लाई नचढाइ खानु हुन्न, ‘हिम साम्माङ’ तथा ‘युमासाम्माङ’लाई पशुबली चढाउदा उनी खुशी हुदैनन् त्यसैले पशुबली नगर्नु, त्यसको अलवा फलफूल, नैबेद्ध, चढाएर मात्र ‘माङसेवा’ गर्नु भन्दै सामाजिक चेतना फैलाउने फाल्गुनन्नदलाई महान धार्मिक तथा समाज सुधारक, आफ्नै मौलिक भाषा, लिपीको अध्ययन गर्नु पर्छ भन्ने महान शिक्षाका ज्योती अनि तत्कालिन सामाजिक अर्थ ब्यावस्थालाइ राम्ररी आंकलन गरी समाजलाई आर्थिक दलदलबाट उकास्न समाजकालागि ब्यावहारीक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थबिदकरुपमा पनि लिन सकिन्छ । बर्तमान बिश्वका सन्दर्भमा झनै यसो भनौ, दोश्रो बिश्वयुद्धमा तत्कालिन ब्रिटिश साम्रज्यबादका सिपाहीकारुपमा भारतलगायतबर्मामालडाईलड्दा लड्दै यो लडाईबाट बिश्वमा शान्ती स्थापना गर्न नसकिने यसले झनै रक्तपात,हत्या र हिंसामात्र निम्त्याउने वास्तबिक शान्ति भनेको शिक्षा,ध्यान, तप र धर्म तथा मौलिक्ताको पहिचान भएमा मात्र आउछ भन्ने कुरा को ज्ञान बाडनु भएको थियो ।