"शाखा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५:
==विद्वानहरूको मत ==
शाखाको विषयमा जोन ब्रग नामक विद्वानले संस्कृतबाट गरेको आफ्नो पूस्तकमा लेखेका छन् :- " जिवनका हरेक अवसरहरू (जन्म, मृत्यु, विवाह आदी) मा गरिने धार्मिक कर्म गर्दा वेदको कुनै खास शाखाको मातहतमा रहेर सामाजिक कर्म गर्नु भनि वैद्धिक समयमा [[ब्राह्मण]]हरूलाई छुट्याइएको वेदको शाखा नै गोत्रको शाखा हो । "<ref name= "पूस्तक"/>
अथवा वैद्धिक परम्परा अनुसार धार्मिक कर्म गर्दा वेदको कुनै खास शाखा अनुरुप रही काम गर्न ब्राह्मणहरूकालागी छुट्याइएको वेदको शाखा नै गोत्रको शाखा हो । माथिको जोन ब्रगको व्याख्याले दिएको आशय हेर्दा वैद्धिक समयमा विभिन्न ऋषिहरूका सन्तानहरूलाई आफ्नो वंशका धार्मिक सनातन कर्म गर्दा कुनै एक वेदको कुनै खास शाखाद्वारा निर्देशित भइ काम गर्न भाग लगाइएको वेदको शाखा नै त्यस गोत्रको शाखा हो भन्ने दर्शाउँछ । यस धारणामा सत्यता र यथार्थता देखिन्छ । यसैले हरेक गोत्रका व्याक्तिले आफ्नो वैद्धिक शाखा थाहा पाउन आवस्यक छ । वैद्धिक कालमा आ-आफ्नो भागमा परेका शाखाहरूले निर्देशित गरेका आधारमा नै त्यस गोत्रको मुल ऋषिहरू निर्देशित भए र उनिहरूले पनि आफ्नो सन्ततीहरूलाई निर्देशित गर्दै गए । यसरी गोत्रसँगै शाखा क्रमशः अघी बढ्दै गयो ।<ref name= "पूस्तक"/> वास्तवमा वेदका हरेक शाखाले जिवनका धार्मिक पक्षहरू तथा कर्मकाण्डका प्रकृयालाई अलग अलग रुपमा निर्देशित गरेको हुन्छ
"https://ne.wikipedia.org/wiki/शाखा" बाट अनुप्रेषित