"सूत्र (हिन्दु धर्म)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २०:
माथि उल्लेखित १० प्रकारका श्राउदसुत्र हालसम्म प्रचलनमा रहेका सबै गोत्रहरूमा प्रचलित रहेको पाइन्छ । माथिका १० सुत्रमा कुनै एक सुत्र प्रत्यक गोत्रले मान्ने गरेको देखिन्छ । तर हाल आएर प्राय जसो सबै गोत्रमा सुत्रलाई खासै महत्व दिएको देखिदैन । कतिपय गोत्रमा त सुत्र के हो भन्ने अन्यौल रहेको देखिन्छ । वास्तवमा सुत्र हरेक गोत्रको एक अभिन्न अङ्ग हो । <ref name= "पूस्तक"/>
===गृहसुत्र===
गृहसुत्र भन्नासाथ शाब्दिक रुपमा नै अनुमान लगाउन सकिन्छ की यो घरको सुत्र हो । अर्थात गृहसुत्र भन्नाले घर परिवार सञ्चालन गर्ने विधि भन्ने बुझिन्छ । यो सुत्र अन्तर्गत घर भित्रका नियमहरू पर्दछन् । जस्तै:- भात, भान्सा, नित्यपूजा, कामको बाँडफाँड लगायतका विधिहरू पर्दछन् । गृहसुत्र भन्नाले एक प्रकारको घरायसी सन्धी भन्ने बुझिन्छ, जसले घर अथवा परिवारभित्र गरिने विभिन्न प्रकारका धार्मिक कर्महरूको बारेमा व्याख्य गरेको हुन्छ । गृहसुत्रले विशुद्ध परिवार भित्र अपनाइने धार्मिक विधि विधानको व्याख्य गर्दछ, जुन विभिन्न गृहसुत्र अनुसार फरक फरक हुन्छ र गोत्रानुसार गृहसुत्र पनि फरक हुन्छ । जसरी श्राउदसुत्र फरक हुन्छ त्यस्तै गृहसुत्र पनि फरक हुने देखिन्छ । गृहसुत्र पनि गोत्रको एक अभिन्न अङ्ग हो । <ref name= "पूस्तक"/> शास्त्रानुसार निम्न लिखित गृहसुत्रहरू प्रचलनमा रहेको पाइन्छ ।
* अपस्तम्व गृहसुत्र
* अस्वलयन गृहसुत्र
* वौद्ययान गृहसुत्र
* गोभिल गृहसुत्र
* हिरण्यकेसिन गृहसुत्र
* जैमिन्य गृहसुत्र
* कत्यायन गृहसुत्र
* कौथुम गृहसुत्र
* शंखयान गृहसुत्र
 
[[श्रेणी:हिन्दू धर्म]]