"डुङ्ग्राकोट राज्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ५:
इतिहास लेखनकार्य त्यति सहज छैन् जति इतिहासलाई विगतको खाली स्मरण मात्र मान्ने गरिन्छ, यदि यसका लागि प्राथमिक स्रोतको संरक्षण नगर्ने हो भने माध्यमिक स्रोतको आधारमा मात्र प्रमाणित गर्न एवम् विश्वासनीय बनाउन गाह्रो हुने मात्र नभई भावि सन्ततीका लागि इतिहास मेटिन पुग्दछ । [[File:सुरूङ.jpg|thumb|संरक्षणको अभावमा पुरिदै गरेकाे डुङ्ग्राकोटकाे सुरूङ]]
नेपाल सिंगो मुलूक विभिन्न स–सना राज्यमा विभाजित हुने क्रममा कर्णाली र गण्डकी क्षेत्र बाइसी, चौबिसी राज्यमा खस राज्य टुक्रिन गएको कुरा इतिहासका पानाहरुको अध्ययनबाट थाहा पाउन सकिन्छ । इतिहासमा उल्लेख भई आए अनुसार बाइसी राज्यहरुमध्ये शक्तिशाली राज्यको रुपमा रहेको हालको डोटी जिल्ला तत्कालीन राज्यको मौसमी राजधानीका रुपमा रहेको दिपायल, अजैमेरु, उकुबाकु , जोराईल बाहेकको प्रमुख विशेषता बोकेको तर इतिहासमा नाम मात्र उल्लेख गरिएको वर्तमान अवस्थामा पनि उक्त राजधानीको स्थलगत अध्ययन गर्न सकिने तर स्रोत साधनहरु उल्लेख नभएको पाईए तापनि विभिन्न कथा कहानीको रुपमा मात्र सीमित रुपमा रहेको डुग्राकोटलाई परिचित गर्न खोजिएको छ ।
डोटी राज्यका संस्थापक राजा यिरपाल भएको र अन्तिम राजा दीप शाह थिए । एक पटक
१४ हजार ७ सय घर भएको डोटी राज्य जुम्लापछिको दोस्रो शक्तिशाली राज्य भएको र यसका प्रमुख राजधानीहरुमा मौसम अनुसार डुग्राकोटको बेग्लै पहिचान रहेको पाईन्छ ।
यो ऐतिहासिक स्थल पाटन गा.वि.स. वडा नं.५ , महाकाली अञ्चल बैतडी जिल्लामा रहेको छ । विशाल नेपालको एकीकरणपूर्व छुट्टै अस्तित्व रहेको भए तापनि वि.संं १८४५ मा यो राज्य विशाल नेपालमा विलीन भएपछि भने न त डोटी राज्यको इतिहासको चर्चा गर्न सकिन्छ न त यसको मौसमी राजधानी डुग्रोाटको नै ।
|