"नारायणगोपाल गुरूवाचार्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
'''नारायणगोपाल''' (वि सं [[सन् १९९६|१९९६]] [[असोज १८]] - [[२०४७]] [[मङ्सीर १९]])(इ.सं.१९३९ अक्टोबर ४ - इ.सं.१९९० डिसेम्बर ५), पूरा नाम '''नारायणगोपाल गुरुवाचार्य''', सबैभन्दा सफल तथा ख्याती प्राप्त नेपाली [[आधुनिक संगीत|आधुनिक]] गायक हुन्। उनलाई नेपालको '''स्वर सम्राट'''को उपाधिले सम्मान गरिएको छ। यद्यपि सम्राट बन्नेले राज्यकोषबाट भत्ता पाउने भएकाले यो सम्मान उनको अपहेलना हो भनेर केहीले विरोध पनि गरेका छन्।
नारायणगोपाल [[नेपाली भाषा]]का पहिलो पुस्ताका गायक हुन् जसले गायनलाइ पेशाको रूपमा अङ्गाले। उनले करीव १ सय ३६ वटा नेपाली गीतहरू गाएका छन्। उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि प्रयोग गरिएका छन्। नारायणगोपाल गुरुबाचार्यको जन्म [[वि.सं.]] १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा [[काठमाडौं]]को किलागलमा भएको हो। वि.सं. २०२७ साल फागुनमा पेमालाका साथ यिनको विवाह सम्पन्न भए पनि सन्तान भएनन्। चार जना दाजु-भाइ र ३ जना दिदी-बहिनीमध्येका एक नारायण गोपालले [[मानविकी शास्त्र]]मा [[स्नातकोत्तर]] गरे। भारतको बडोदामा शास्त्रीय [[संगीत]]को अध्ययन थालेर पूरा नगर्दै छाडे। डिस्क र टेपमा गरी जम्मा १ सय ३६ वटा गीतहरू रेकर्ड गराए।
 
 
==गायन यात्राको सुरुवात==
 
नारायणगोपालले पहिलो पटक [[त्रि-चन्द्र कलेज]]को चालीसौँ वार्षिकोत्वसमा आफ्ना परमप्रिय मित्रहरूका आग्रहमा मञ्चमा उत्रिने आँट गरे। जसमा उनी पहिलो पटक तबलाबादक भएर प्रस्तुत भए। काठमाडौं [[किलागल]]मा जन्मेका गायक नारायणगोपालको स्वरको पहिचान गर्ने उनकै मित्र [[माणिकरत्न]] स्थापित थिए , नजीकैको टोल प्युखामा बस्ने माणिकरत्न र [[भेंडासिंग]] बस्ने [[प्रेमध्वज प्रधान]]ले हिन्दी गीतमा स्वराभ्यास गरे।तरगरे तर नारायण गोपालले भने जहिले पनि ठट्टा गरेर हिन्दी गीत बिगारेर गाउने गर्थे।प्रेम्धोजगर्थे।प्रेमध्वोज प्रधान र मनिक रत्नले भन्छन् उनले हिन्दीलाई नेपाली बनाएर गीतको लय नै बिगारेर गाउथे रे। माणिकरत्नको घर एक किसिमको संगीतशालाजस्तै थियो कारण उनका काका सिद्धिरत्न स्थापित स्वयम् पनि एक कुशल वाद्यवादक थिए। गायक नारायणगोपालको घरमा शास्त्रीय संगीत बाहेक आधुनिक संगीतमा रम्न उनका पिता आशागोपाल गुरुवाचार्यका कारण मनाही थियो। उस्ताद आशागोपाल गुरुवाचार्य आधुनिक संगीतलाई हलुका र रंगहीन मान्दथे।
प्रेम–माणिकले आफ्नै संगीतमा गाउन शुरु गरिसकेका थिए, त्यसैले नारायणगोपाललाई एउटा नयाँ शैलीको संगीतको जरुरत थियो त्यसैले उनले आफ्नै संगीतमा छ ओटा गीत तयार भए। ती सबै गीतका गीतकार उनकै सहपाठी कवि [[रत्नशम्सेर थापा]] थिए। उनले त्यस संकलनमा चारओटा एकल ( [[स्वर्गकी रानी]], [[आँखाको भाखा आँखैले]] , [[भो भो मलाई नछेक]], [[मधुमासमा यो दिल]] ) र दुइटा युगल – [[बिछोडको पीडा]] र [[ए कान्छा ठट्टैमा यो बैंश जानलाग्यो]] ) गीत गाए। यस गीतका सम्पूर्ण रेकर्डिङ भारतको [[कोलकता]]मा सम्पन्न भयो। त्यसपछि यी गीतले विस्तारै नेपाल र नेपालबाहिर नेपालीको जनस्थानमा प्रभाव जमाउन थाल्यो। उनी एकाएक नेपाली मूलका प्रमुख स्वर भएर देखापरे।
राणाकालबाट मुक्त भएर नयाँ परिवर्तनको लहरमा उभिरहेको नेपालको नयाँ स्वरलाई उनले विस्तारै प्रेम, जीवन र राष्ट्र निर्माणका हरेक गीतबाट उच्चता दिए। पूर्व पश्चिम राजमार्ग बन्दै गर्दा उनले ‘जाग, जाग चम्क हे नौजवान हो’ वा देशप्रेमबाट प्रभावित भएर ‘आमा ! तिमीलाई ज¨लभरिका औंलाहरूले चुम्न’ जस्ता गीत गाए। यी गीतले नारायणगोपालको गीतको गायन र स्वरको गमकलाई मात्र होइन उनको घनत्वभरि आवाजलाई प्रत्येक नेपाली युवासँग परिचित गरायो। उनी युवा हृदयका प्रिय गायक नै मानिए। उनले त्यसपछि विस्तारै आङ्खनो गायनमा परिवर्तनको स्वर ल्याए , उनले गीतको चयन, शब्दको छनौट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासि नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामा अक्कासिँदै गयो। यससमय नेपाली संगीतमा जम्जमाएर आइरहेका पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशंकर आदिका गीतसँग स्पर्श गर्दै नारायणगोपालले नेपाली गीतको आधुनिकतामा एक विशेष आयाम थपे। उनले शुरुवाती चरणमा गाएका गीतबाट बढी जसो स्रोता पछि विस्तारै कवि लेखक प्रभावित हुँदै गए। उनले आफ्नो गायन शैलीलाई व्यापक बनाउन आफ्ना प्रशंसक, आफ्ना प्रतिस्पर्धी र आफ्ना समकालीनसँग विचारविमर्श गर्न थाले। यसै क्रममा उनको भारतको पश्चिम बँगालस्थित पहाडी राज्य दार्जीलिङको भ्रमाण भयो , बीसको दशकको शुरुवातमा भएको यो भ्रमणले उनले दार्जीलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमाललाई प्रेमीको रूपमा पाए भने त्यहीँ संघर्ष गरिरहेका एक होनहार संगितकर्मी [[गोपाल योञ्जन]]लाई एक मीतका रूपमा पाए।
 
पङ्क्ति ३१:
 
==परिवर्तनको संघारमा==
हेटौँडाको छोटो बसाइँपछि नारायणगोपाल काठमाडौं आए र जागीरे भए नाचघरमा।नाचघरमा । आफ्ना मित्र माणिकरत्न र जनार्दन समको सहयोगले। नाचघर पस्दा उनी बाद्यवादकका रूपमा गएका थिए र उनी विस्तारै त्यहीँका हाकिमसम्म भए। उनले त्यहीँ रहँदा आफ्ना धेरै साथीहरू गुमाए वा उनले विस्तारै आफ्ना सहकर्मी, साथीहरूलाई छोड्दै गए। त्यसका धेरै कारणमध्ये उनको प्रसिद्धी, सफलता र उनीसँग हुर्कंदै आएको अहम् प्रमुख कारण बन्न पुग्यो।
उनी चर्चित हुँदै गएपछि आफ्ना पुराना गीतकार साथी रत्नशमसेर थापाबाट टाढिँदै गए र उनका गीत गाउनै छोडिदिए। उनी हाकिम भए पछि आफ्ना दोस्रो गुरु माणिकरत्नसँग बोलचाल बन्दको अवस्था बन्न पुग्यो। उनले मित्रता तोड्ने क्रममा आफ्ना बालसखा प्रेमध्वज प्रधानसँग पनि दुरी बढाए। आफ्ना मितज्यू [[गोपाल योञ्जन]]को विवाह पछि उनको गोपालसितको सम्बन्धमा पनि चिसोपन आयो। उनी एक्कासित परिवर्तनको नयाँ सँघारम पुगे जहाँ उनका सामू आफूपछिको नयाँ पुस्तासँग भेट भयो। त्यसमध्ये दिव्य खालिङसँग उनको जोडी जम्न पुग्यो र उनले खालिङका रचना र संगीतमा आफ्नो दोस्रो इनिङ शुरु गरे। त्यो दोस्रो इनिङमा उनले सँधै नै म हाँसे तिमीलाई रुवाई, मायाको आधारमा सम्झौता नै हुन्छ, बिपना नभइजस्ता गीतले उनलाई पुनस्र्थापित हुने मौका दियो। यसैसमय उनको गीतकार क्षेत्रप्रताप अधिकारी, कालिप्रसाद रिजाल, नोर्देन रुम्बा, दिनेश अधिकारी, विश्वम्भर प्याकु¥यालसँग उठबस शुरु भएपछि पुराना साथीसँगाती छुट्दै गए। संगीतकारमा नयाँ पुस्तामा शम्भुजित बास्कोटा, भूपेन्द्र रायमाझी, शुभबहादुर आदि देखापरे।
यस ख्यातिको समय नारायणगोपालको गायनको मूल्याँकन गर्दा उनी यतिबेला संगीतजगतमा स्थापित हुने चाहने नयाँ पुस्ताका सहायक मात्र बन्न पुगेको पनि देखिन्छ। उनले धेरै युवा पुस्तालाई जगदिन कमजोर गीत पनि गाए भन्न सकिन्छ।