"दधिचि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
भगवान बिष्णुको आज्ञा सुनेर ब्रह्मादी देवताहरू महिर्षि दधिचि भए ठाउँ गए। महर्षि दधिचिले देवताहरूको परीक्षा लिनकोलागी "म कसरी आफ्नो जिउँदो शरीर तपाईहरूलाई दिउँ ?"भनेर सोद्दा देवताहरूले लाचार भएर ऋषिसँग उनको प्राण माग्नै परेको थियो। यो देखेर महर्षि दधिचिले देवताहरूको भलाईकोलागी आफुले [[प्रणायम]] गरेर प्राण त्यागी दिए।<ref name="सुक सागर"/> महर्षिले प्राण त्यागी दिएपछि उनको मृत शरीरलाई गाईहरूले चाटेर हाड निकालि दिए। त्यो हाडहरू लिएर देवताहरूका मिस्त्री बिश्वकर्माले बज्र बनाएर देवराज ईन्द्रलाई दिए।महर्षि दधिचिलाई महादानीको रूपमा लिईएको छ। किन भने अरुको भलाईको लागि सबै सबैले आफ्नो प्राण दिन सक्दैन।
==बृतासुरको बध==
बृतासुरलाई मार्नकोलागी देवराज ईन्द्रले घोर परिश्रम गर्नु परेको थियो।महर्षिथियो। महर्षि दधिचिको हाडबाट निर्माण गरिएको "ईन्द्र बज्र"प्रहार गरेर देवराज ईन्द्रले पहिले बृतासुरका दुबैहात काटी दिएका थिए आफ्ना दुबै हातहरू काटीए पछि बृतासुरले देवराजलाई जिउदै निलेर पेटमा एक बर्ष सम्म राखेको थियो।<ref name="सुक सागर"/> एक बर्ष सम्म देवराज ईन्द्रले [[नारायण कवच]]को ध्यानपाठ गरेका थिए देवराजलाई नारायण कवच विश्वरूप ऋषिले सिखाएका थिए। ऋषि विश्वरूप पनि नारायण कवच जपेर शुद्ध भएका थिए। नारायण कवचका प्रतापले गर्दा देवराज इन्द्र बृतासुरको पेटबाट बाहिर आएको दुईटा मत रहेको छ।
*सरस्वती देविले बृतासुरको आलस्य बढाई दिईन् बृतासुरलाई हाई आएर देवराज बाहिर निस्के।<ref>देवी भागवत पुराण</ref>
*बज्रको प्रयोग गरेर बृतासुरको पेट चिरेर देवराज ईन्द्र बाहिर निस्केका थिए।<ref name="सुक सागर"/> बृतासुरको पेटबाट बाहिर आएर देवराज इन्द्रले बृतासुरसँग मित्रता गाँसेका थिए। एक साल पछि बृतासुरलाई धोका दिएर देवराज ईन्द्रले बज्रको प्रयोग गरी बृतासुरको बध गरेका थिए। धोका दिएर एक ब्रह्म ज्ञानी व्याक्तिको हत्या गरेका कारण देवराज ईन्द्रलाई ब्रह्म हत्या लागेको थियो। ब्रह्म हत्याको पाप काट्नको लागी ईन्द्रले मानसरोवरमा गएर भारी तपस्या गरेका थिए। पछी गएर यो ब्रह्म हत्यालाई देवराजले अग्नी, जल, वनस्पती र स्त्री लाई चार भागमा बाँटेका थिए। आगोमा जे बाले पनि भस्म हुने, पानि जती फोहोर गरे पनि सुद्ध मानिने, स्त्रीहरूले सधैं सहवास गराउन सक्ने र वनस्पतिहरू जति काटे पनि पलाउने देवराज ईन्द्रले आफ्नो पाप लगेको बदलामा बर दिएका थिए। स्त्रीहरू रजश्वाला हुनु, रुख काट्दा चोप निस्कनु, आगोमा धुवाँ निस्कनु र पानीमा फिंज आउनु यसै ब्रह्म हत्याको प्रभाव मानिन्छ। साथै रजस्वाला स्त्रीसँग सहवास गरेमा, फलेको वनस्पति काटेमा, आगोमा खाना पकाएर आहुती नदिएमा र पानीमा दिशा पिसाब गरेमा ब्रह्म हत्या जत्तिकै पाप लाग्ने कुरा पौराणीक ग्रंथहरूमा उल्लेख छ।<ref name="सुक सागर"> सुब्बा होमनाथ केदारनाथ कृत सुक सागर</ref>
 
==स्रोत==
"https://ne.wikipedia.org/wiki/दधिचि" बाट अनुप्रेषित