"वैशाख" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 11 interwiki links, now provided by Wikidata on d:q2722717 (translate me)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''बैशाख''' ({{lang-en|Baisakh}}, {{lang-bn|বৈশাখ}}) [[विक्रम संवत|विक्रम सम्बत]] अनुसार पहिलो महिना हो। बैसाखको १ गते नेपालमा धुमधामका साथ नयाँ बर्ष मनाइन्छ। बैसाख महिना विक्रम संवतको पहिलो महिना हो। सौर्यमासका अनुशार बैसाखको सुरुवात मेष संक्रातीको दिनबाट हुन्छ भने चन्द्रमासका अनुशार चैत पूर्णिमाको भोलिपल्टबाट मानिन्छ। शाक्य संवत्सरका अनुशार बैसाख महिनाको सुरुवात मेष संक्रातीको 5 दिन पछाडीबाट हुन्छ। नेपालमा सौर्यमास पद्धतीलाई नै मानिन्छ। बैसाख महिना [[वसन्त ऋतु|बसन्तऋतु]]को दोस्रो महिना हो। अंग्रजी महिनाको आधा अप्रिल र आधा मे बैसाख महिनामा पर्छन्।
==चाड पर्वहरू==
वैसाख महिनामा [[नेपाल]] तथा [[भारत]]का मान्छेहरूले निम्न चाडपर्वहरू मनाउने गर्दछन्।
#वैसाख महिनाको पहिलो दिन [[नयाँवर्ष|नववर्ष]]को आरम्भमा [[भक्तपुर जिल्ला|भक्तपुर]]मा [[बिस्केटजात्रा]] मनाइन्छ। यसै दिनमा [[वाग्द्वार]], [[विष्णुनाभी]] टोखा, [[सपनतीर्थ]], त्रिवेणी यी ३ ठाउँमा स्नान र [[चण्डेश्वरी पीठ]] दर्शन गर्नाले विभिन्न रोगहरू नासिन्छ भन्ने गरिन्छ। पश्चिम [[नेपाल]]को [[मध्य पश्चिमाञ्चल विकास क्षेत्र|मध्य]] तथा [[सुदूर पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]मा यो दिन [[विशुपर्व|विशु]] अथवा विखती मनाइन्छ। विशुको अवसरमा विभिन्न ठाउँहरूमा [[गल्लौडी|गल्लौडी जात्रा]] लाग्दछ। [[भारत]]मा यस दिनलाई "बैसाखी" अथवा "मेष सक्रांती" भनिन्छ। यस दिनमा स्नान दानको ठुलो महत्व मानिन्छ। [[हरिद्वार]], [[ऋषिकेश]], [[इलाहवाद]] जस्ता विभिन्न तिर्थस्लहरूमा भक्तजनहरूको ठुलो घुइँचो लाग्ने गर्दछ।
==हेर्नुहोस्==
{{महिनाहरू}}
"https://ne.wikipedia.org/wiki/वैशाख" बाट अनुप्रेषित