"केदारमान व्यथित" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''केदानमाथकेदारमान व्यथित''' (वि. स‌ं. १९७१- वि. स‌ं. २०५५) नेपालका चर्चित साहित्यकार हुन्। यिनी नेपालका पूर्वमन्त्री पनि हुन्। यिनी वि. स‌ं. २०१७ पुष १मा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री [[विश्वेश्वरप्रसाद कोइराला|विश्वेश्वर प्रसाद कोइराला]] लाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि वि. स‌ं. २०१९ चैत २० गते गठीत [[तुल्सी गिरीकोगिरी]]को मन्त्रीमण्डलमा मन्त्री भएका थिए।
 
==जीवनी==
केदारमानको जन्म बाबु सूर्यमान श्रेष्ठ र आमा पद्‍मकुमारीका सुपुत्रका रूपमा बाँसबारी, बनाउने पाटी, [[सिन्धुपाल्चोक]]मा वि. स‌ं. १९७१ साल कात्तिक महिनामा भएको हो। उनको निधन वि. स‌ं. २०५५ साल भाद्र २५ गतेका दिन भयो। उनले स्वाध्यायनबाट शिक्षा लिएका थिए ।
 
==कृतिहरू==
उनले बढी संख्यामा कविता लेखे । उनका प्रकाशित कृतिहरूः
* संगम (कवितासंग्रह, वि.सं. २००३)
* प्रणव (कवितासंग्रह, वि.सं. २००३)
* २००९ सालको कविता (कवितासंग्रह, वि.स. २००९)
* एक दिन (कवितासंग्रह, वि.स. २०११)
* त्रिवेणी (कवितासंग्रह, वि.सं २०१५)
* संचयिता (कवितासंग्रह)
* जुनेली (कवितासंग्रह, वि.सं. २०१९)
* सप्तर्ण (कवितासंग्रह, वि.सं. २०२८)
* नारी-रस माधुर्य आलोक (कवितासंग्रह, वि.सं. २०२५)
* आवाज (कवितासंग्रह, वि.सं. २०३१)
* बदलिरहने बादलका आकृति (कविता संग्रह, वि.सं. २०३३)
* मेरो सपनामा हाम्रो देश र हामी (कविता संग्रह, वि.सं. २०३४)
* मेरी प्रियसी प्रजातान्त्रिक स्वतन्त्रता (काव्य, वि.सं. २०३६)
* रस त्रिफला (कवितासंग्रह, वि.सं. २०३८
* अग्नि श्रृङ्गार (मुक्तकसंग्रह, वि.सं. २०३९)
* फेरि अर्को एउटा कुरुक्षेत्र (कवितासंग्रह)
* प्रतिक्षा (नेवारी कवितास्रंगह)
* दिवस चित्र (नेवारी कवितासंग्रह)
* स्वविं प्याः गुम्ये (नेवारी कवितासंग्रह)
* छ्वास (नेवारी कवितासंग्रह)
* हमारा देश हमारा स्वप्न (हिन्दी कवितासंग्रह)
* त्रयी (हिन्दी कवितासंग्रह)
* अग्नि श्रृंगार (हिन्दी कवितासंग्रह)
* सेलेक्टेड पोयम्स् (अंग्रेजी कवितासंग्रह)
 
==संलग्नता==
* ने.प्र.प्र.का कुलपति,
* नेपाल साहित्यकार संसदका सदस्य,
* नेपाली साहित्य संस्थानका सचिव
* साहित्य परिषद्का अध्यक्ष,
* काव्य प्रतिष्ठानका सदस्य,
 
==पुरस्कार==
उत्कृष्ट काव्य-कृति र विभिन्न संस्थागत माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिका निम्ति आधा शताब्दीभन्दा बढी समयदेखि अनवरत रूपमा सृजनशील र क्रियाशील रही नेपाली भाषा र साहित्यको प्रतिष्ठा बढाएबापत उनलाई वि. स‌ं. २०४८ को [[जगदम्बाश्री पुरस्कार]] प्रदान गरिएको थियो । यसबाहेक उनलाई वि.स.२०४६ को [[वेदनिधि पुरस्कार]], [[ज्योर्तिमय त्रिशक्ति पट्ट]] प्रथम, नेपाल एवं भारतमा अभिनन्दन गरिएको थियो ।
 
==सन्दर्भ सामग्री==
<references/>
 
==बाहिरी लिङ्कहरू==
* [http://www.madanpuraskar.org/guthi/kedarman.php मदन पुरस्कार गुठी]
* [http://www.samakalinsahitya.com/?show=detail&art_id=3336 केदारमान व्यथित]
* [http://srrasta.blogspot.com/2008/09/blog-post_237.html नेपाली लेखकहरूको वैयक्तिक विवरण पुस्तकालय]
* [http://madanpuraskar.org/view_books_written.php?author=%E0%A4%95%E0%A5%87%E0%A4%A6%E0%A4%BE%E0%A4%B0%E0%A4%AE%E0%A4%BE%E0%A4%A8+%27%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%A5%E0%A4%BF%E0%A4%A4%27 केदारमान 'व्यथित' द्वारा लेखिएका पुस्तकहरू]
 
[[श्रेणी:साहित्यकार]]
Line ८ ⟶ ५४:
[[श्रेणी:पञ्चायतकालिन मन्त्री]]
[[श्रेणी:जीवनी]]
 
 
{{stub}}