"ढाँचा:छानिएको लेख" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
[[Image:Sugauli Treaty2.PNG|thumb|400px|सुगौली सन्धिले सीमारेखामा ल्याएको फरक।]]
सुगौली सन्धि नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमाबीच भएको सम्झौता हो जसबाट [[नेपाल अंग्रेज युद्ध]]को विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको एक तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा [[:en:British East India Company|ब्रिटिश ईष्ट इण्डिया कम्पनी]] र [[नेपाल]] बीच २ डिसेम्बर १८१५मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो। यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो। सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू [[गजराज मिश्र]] र [[चन्द्र शेखर उपाध्याय]] तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्श थिए।
सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपीयुरोपेली कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो । यस अघि फ्रांसका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो। यस सन्धिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्यो । नेपालले गुमाएका क्षेत्रहरूमा [[सिक्किम]], मोरङको केही भाग, काली नदीको पश्चिमी भाग [[कुमाउँ]] (वर्तमान उत्तराखण्ड), [[गढवाल]] (वर्तमान उत्तराखण्ड), [[सतलज नदी]]को पश्चिमतर्फका केही क्षेत्रहरू, कांगडा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू पर्दछन्।
 
[[सुगौली सन्धि|पूरा लेख पढ्नुहोस् ...]]