"इन्डियन प्रिमियर लिग" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: आईपीएल(IPL) अर्थात् इन्डियन पि्रमियर लिग। एक महिनाभन्दा लामो अव...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
आईपीएल(IPL) अर्थात्/ इन्डियन पि्रमियर लिग। एक महिनाभन्दा लामो अवधिसम्म हुने ट्वान्टी-ट्वान्टी क्रिकेटको यो संरचनामा विश्वका चर्चित क्रिकेट खेल प्रतियोगिता मा गनिन्छ|
 
==पृष्ठभूमि==
पङ्क्ति ११:
तेस्रो संस्करणसम्म आठ टिमको सहभागिता रहेको आईपीएलमा चौथो संस्करणदेखि दुई टिम पुणे वारियर्स तथा कोचीलाई थप्ने निर्णय गरियो। कोचीको टिम सहभागिताक्रममा निकै विवादास्पद तथ्य देखापरेपछि तत्कालीन भारतीय केन्द्र सरकारका राज्यमन्त्री शशी थरुरले राजीनामा नै दिनुपर्‍यो। यसैक्रममा भारत सरकारका विभिन्न निकायले सम्भावित अनियमितताको श्ाङ्कामा आईपीएल तथा सहभागी सबै टिमको आर्थिक मामिलामा समेत अनुसन्धान गर्‍यो। त्यसलगत्तै बीसीसीआईले सन् २०१० डिसेम्बरमा ललित मोदीलाई आईपीएल अध्यक्षबाट हटायो। कोचीले भने चौथो संस्करणमा सहभागिता जनाउन पायो।
 
कोची टिमको सहभागिता नरहेको यस संस्करणमा आईप्ाीएललेआईपीएलले प्रत्येक टिममा खेलाडी सङ्ख्या ३० लाई बढाएर ३३ पुर्‍यायो। यस संस्करणमा नौ टिमबीच ७६ म्याच खेलाइनेछ, जसको उद्घाटन खेल मुम्बईमा भयो भने समापन मे २७ मा चेन्नईमा हुनेछ। एघार विभिन्न स्थानमा हुने यी म्याच डबल राउन्ड लिगका आधारमा होम एन्ड अवेको तरिकाबाट खेलाइँदै छ। हालसम्मको प्रतियोगिताको सफल टिम चेन्नई सुपर किङ्ग्सलाई मानिन्छ, यसले तेस्रो र चौथो संस्करणको उपाधि हात पारेको छ। यसैगरी, राजस्थान रोयल्स पहिलो संस्करण र डेकन चार्जर्स दोस्रो संस्करण विजेता रहेका छन्।
 
==ट्रफी र पुरस्कार ==
पङ्क्ति ३९:
==प्र्रायोजन तथा आर्थिक कारोबार ==
 
भारतको सबैभन्दा ठूलो प्रोपर्टी डेभलपर्सले आईपीएलको टाइटल प्रायोजन गर्न पाँच करोड डलर तिरेको छ। यस्तै मोटरसाइकल कम्पनी हिरो होन्डासँग दुई करोड २५ लाख डलर, पेप्सीसँग एक करोड २५ लाख डलर तथा वियर निर्माता तथा एयरलाइन्स कम्पनी किङफिसरसँग दुई करोड ६० लाख डलरभन्दा बढीको प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ। बेलायतस्थित ब्रान्ड फाइनान्स नामक कम्पनीले सन् २०१० मा आईपीएलको मूल्य ४ दशमलव १३ अर्ब, सन् २००९ मा २ दशमलव ०१ अर्ब डलर भएको बताएको थियो। तर, सन् २०११ म्ाामा आईपीएलको ब्रान्ड भ्यालु घटेर ३ दशमलव ६७ अर्ब डलर भएको कम्पनीले सार्वजनिक गरेको छ। आईपीएलको झन्डै आठ दर्जनभन्दा बढी आधिकारिक प्रायोजनको सहमति भएको छ भने स्वीस घडी कम्पनी ब्यान्डेलियरले आईपीएलका लागि आधिकारिक घडी निर्माण गर्ने पनि भएको छ। पछिल्ला त्थ्याङ्कहरूमा आईपीएलका टिमहरूको नाफा सम्बन्धमा केही विरोधाभास देखिएका छन्। यसमध्ये केहीले आईपीएलका चार टिममात्र नाफा कमाउन सक्षम भएको बताएका छन् भने द टाइम्सले प्रायः सबै टिमले नाफा कमाइरहेको जानकारी दिएको छ। एक अनुमानअनुसार सहभागी टिमहरूमध्ये पनि सबैभन्दा कमको ब्रान्ड भ्यालु नै झन्डै चार करोड डलर भएको बताइन्छ।
 
==क्रिकेट, राजनीति र बलिउड ==